स्वर्णिम वाग्लेले छाडे कांग्रेस

काठमाण्डु टुडे २०७९ चैत १६ गते १६:०९ मा प्रकाशित

काठमाण्डु,१६ चैत – अर्थविद् डा‍. स्वर्णिम वाग्लेले कांग्रेस छोडेका छन् । कांग्रेस नेताहरूलाई पत्र पठाएर वाग्लेले पठाएर पार्टी छाडेको जानकारी दिएका छन ।

१० वैशाख तनहुँ–१ मा हुने उपनिर्वाचनमा तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीपछि वाग्ले कांग्रेसबाट अलग भएको बताएका छन । वाग्लेको पत्रमा कांग्रेसप्रति अपार सद्भावका बाबजुद आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको बताएका छन ।

कांग्रेसको नेतृत्वमा देउवा बाहेकका नेता पुगेको दिन पुनः सहकार्य हुने उनले बताएका छन । उनको पत्रमा भनिएको छ, ‘काँग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’

वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us