
काठमाण्डु,१६ चैत– कांग्रेसले मन्त्री छान्ने जिम्मा पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
आज (बिहीबार) बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन ।
देउवाले सबैसँग सल्लाहकार गरेर मन्त्रीको नाम नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने छन् । प्रधानममन्त्री प्रचण्ड आजै मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका छन ।