चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाण्डु टुडे २०७९ चैत १६ गते ११:४३ मा प्रकाशित

काठमाण्डु,१६ चैत– कांग्रेसले १० वैशाखमा चितवन–२ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज (बिहिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनी चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन् । यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us