काठमाण्डु, १५ चैत –भारत ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टिम बनेको छ । बंगलादेशमा जारी प्रतियोगितामा भारतले आयोजक बंगलादेशलाई आठ विकेटले पराजित गर्दै समूह दुईबाट अन्तिम चारको स्थान सुरक्षित गरेको हो । सन् २००७ पछि भारत पहिलोपटक अन्तिम चारमा प्रवेश गरेको हो...
काठमाण्डु, १४ चैत– बंगलादेशमा जारी टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको राष्ट्रिय क्रिकेट टोलीलाई सशस्त्र प्रहरी बलले सम्मान गरेको छ । सशस्त्र मुख्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले खेलाडीलाई जनही एक जोर सम्मान ट्रयाकसुट प्रदान गरे । वन्तले नेपाली क्रिकेट...
काठमाण्डु, १३ चैत – आईपीएल फिक्सिङ मामलामा भारतीय उच्च अदालतले भारतीय क्रिकेट बोर्ड ‘विसिसिआई’ सामु ३ वटा विकल्प प्रस्तुत गरेको छ । विहीबार फिक्सिङको मुद्दामा भएको सुनुवाईपछि अदालतले यस्तो विकल्प अघि सारेको हो । जसअन्तर्गत विसिसिआईका वर्तमान अध्यक्ष एस श्रीनिवासनलाई हटाएर भारतीय पूर्वक्रिकेटर सुनिल...
काठमाण्डु, १३ चैत – पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलले नेपाली क्रिकेट टीमलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । काठमाण्डुमा विहीबार कार्यक्रम गरी संघले नेपाली क्रिकेट टोलीलाई १ लाख ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । संघका अध्यक्ष दधिराम खरेलले नेपाली क्रिकेट...
काठमाण्डु, १३ चैत –विश्वकप क्रिकेट बंगलादेशमा जारी आइसीसी टि ट्वान्टी विश्वकप क्रिकेटक प्रतियोगितामा आज श्रीलंकाविरुद्ध इंग्ल्यान्ड र दक्षिणअफ्रिकाविरुद्ध नेदरल्यान्ड भिड्दैछन् । चटगाउँ रङगशालामा साँझ सवा सात बजेदेखि इंग्ल्यान्डविरुद्धको खेलमा श्रीलंका स्पष्ट जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा छ । यसअघिका दुइ खेल जीतिसकेको श्रीलंका आजको...
काठमाण्डु, १२ चैत –यमनसँग नेपाल पराजित अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबलमा नेपाल यमनसँग पराजित भएको छ । कतारमा गएराती सम्पन्न खेलमा यमनले नेपाललाई २ – ० गोलअन्तरले पराजित गरेको हो । खेलमा नेपाली टिमले कमजोर प्रदर्शन गरेको थियो । खेलको पहिलो हाफसम्ममा गोलरहित बराबरीको अवस्था रहेकोमा...
काठमाण्डु, ११ चैत –अन्र्तराष्ट्रिय मैत्रीपुर्ण फुटवलमा नेपालले आज यमनसँग खैल्दैछ । खेल आज राती पौने ९ बजे कतारको दोहास्थित अल अरबी स्टेडियममा हुनेछ । आजको खेलमा नेपाल जित हात योजनाका साथ मैदान उत्रदैछ । बिश्व फुटबल महासंघको कार्यक्रम अनुसार नेपालले आज यमनको राष्ट्रिय फुटबल...
काठमाण्डु, ११ चैत –नेपाली टोलीका प्रशिक्षक पुबुदु दासनायकेको कार्यकाल एक वर्ष थपिने भएको छ । पुबुदुको कार्यकाल थप गर्ने निर्णय गरिएको जानकारी नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले दिए । पानीपोखरीस्थित नेपाल क्रिकेट संघ क्यानमा बसेको पदाधिकारीहरुको बैठक पुबुदुलाई थप एक वर्षका लागि नेपाली...
काठमाण्डु, १० चैत– नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायेकेको म्याद थपिने भएको छ । म्याद थप सम्बन्धमा निर्णय लिन नेपाल क्रिकेट संघ क्यानको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । अपराह्न साढे २ बजे बस्ने बैठकमा आफूले दसानायकेको म्याद थपसम्बन्धी प्रस्ताव लैजाने क्यानका अध्यक्ष...
काठमाण्डु, ९ चैत – नेपाली राष्ट्रिय फुटबल टोली यमनसँगको मैत्रीपूर्ण खेल खेल्न दोहा जाँदैछ । मंगलबार हुने मैत्रीपूर्ण खेलमा भाग लिन आज बेलुकी यमन जाने भएको हो । खेलाडीको अखिल नेपाल फूटवल संघ एन्फाले बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान सागर...
काठमाण्डु, ९ चैत – नेपाली क्रिकेट इतिहासमा सफल प्रशिक्षकको सूचिमा पर्छन अहिलेका पुबुदु दसानायके । दसानायकेले सम्हाले यता नेपाली क्रिेकटले छलाङ मारेको छ । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा राष्ट्रिय टोलीलाई पाइला टेकाउन सफल प्रशिक्षक दसानायकेको नेपाल बसाइ पनि छोटिदै छ । नेपाली क्रिकेटलाई नतिजामुखी...
बारा, ८ चैत – सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नव जनजागृति युवा क्लबले जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनलमा विरगञ्ज युथ एकेडेमीलाई २–१ ले पराजित गर्दै नव जनजागृतीले उपाधि जितेको हो । जितमा कप्तान प्रदिप महर्जन र आभा क्रेडिकले १–१ गोल गरे...