अभ्यास खेलमा अर्जेन्टिनाको जित

काठमाण्डु टुडे २०७१ जेठ २२ गते ३:५० मा प्रकाशित

messi_arjentinaविश्वकपको अभ्यास खेलमा अर्जेन्टिनाले ट्रनिडाड एण्ड टोबागोलाई पराजित गरेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले ट्रिनिडाड एण्ड टोबागोमाथि ३–० को जित निकालेको हो ।

रोड्रिगो प्लासिओले पहिलो हाफको अन्त्यमा अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए ।

गोन्जालो हिगुइन १५ औं मिनेटमै घाइते भएपछि उनी मैदान प्रवेश गरेका थिए । यसअघि ४५ औं मिनेटमा लिओनल मेसी एक्लै बल अघि बढाएर दिएको पासमा किपर विट भएपनि गोल गर्न चुकेका थिए ।

५१ औं मिनेटमा मिडफिल्डर जाभियर मस्चेरानोले अग्गरतालाई दोब्बर पारे । मेसीको फ्रिकिक पोष्टमा लागेर फकिर्एको बलमा उनले गोल गरेका हुन् ।

खेलको ६४ औं मिनेटमा म्याक्सी रोड्रिगेजले अर्को गोल गरे ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us