
काठमाण्डु, २५ जेठ –विश्वकप फुटबलको अभ्यासमा पोर्चुगल, अर्जेन्टिना र जापान बिजयी विश्वकप फुटबलको अभ्यास खेलमा पोर्चुगल बिजयी भएको छ ।
गएराति भएको खेलमा पोर्चुगलले मेक्सिकोलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
बुर्नो अल्भेसको अन्तिम मिनेटको गोलको मदतमा पोर्चुगलले १–० को जित निकालेको हो । पोर्चुगलका क्रिष्टियानो रोनाल्डो भने चोटका कारण मैदान बाहिर भएका थिए ।
समूह डीमा रहेको पोर्चुगलले जुन १६ मा जर्मनीसँग खेल्नेछ । समूह डीमा पोर्चुगल र जर्मनीसाग घाना र अमेरिका छन् ।
यसैगरी गएराति भएका खेलमा अर्जेन्टिनाले सोल्भानियालाई २–०, स्पेनले स्लभाडोरलाई २–० र जापानले जाम्बियालाई ४–३ गोल अन्तरले पराजित गरेका थिए ।