लाम्पार्डले छोडे चेल्सी

काठमाण्डु टुडे २०७१ जेठ २० गते १३:३५ मा प्रकाशित

lampard

काठमाण्डु, २० जेठ – मिडफिल्डर फ्रान्क लाम्पार्डले १३ बर्षपछि फुटबल क्लब चेल्सी छोड्ने भएका छन् ।

लाम्पार्ड सन् २००१ देखि सो क्लबमा अनुबन्धित भएका थिए । उनले चेल्सीका लागि ६४९ खेलमा २११ गोल गरेका थिए । साथै उनले ११ वटा ट्रफी जितेका थिए ।

जसमा सन् २००४–०५, २००५–०६ र २००९–१० प्रिमीयर लिग, सन् २००६, २००८,२००९ र २०११ एफए कप, सन् २००४ र २००६ को लिग कप, सन् २०११–१२ को च्याम्पियन्स लिग र २०१२–१३ को युरोप लिग सो क्लबले हात पारेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us