सदस्यसचिव लामाद्वारा पुन: पदबहाली

काठमाण्डु टुडे २०७१ जेठ २० गते १४:२६ मा प्रकाशित

काठमाण्डु,  २० जेठ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले  पुन: सदस्यसचिवको पदबहाली गरेका छन् ।

yubaraj lamaसर्वोच्च अदालतले सोमबार लामालाई जेठ २६ गते सोमबारसम्म नहटाउन र यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेपछि लामाले मंगलबार पदबहाली गरेका हुन् ।

गत जेठ २ युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले लामालाई बर्खास्त गरी मन्त्रालयका सहसचिव चुडामणि पौडेललाई निमित्त सदस्यसचिवमा नियुक्त गरेका थिए ।

पदबहालीपछि सदस्य सचिव लामाले सर्वोच्च अदालतको फैसलाले आम खेलकुद क्षेत्रले न्याय पाएको भन्दै आगामी दिनमा खेलकुदमन्त्रीसँग सहकार्य गरेर खेल र खेलाडीको हितमा काम गर्ने बताए ।

लामाले यसअघि आफ्नो ३५ महिनासम्मको कार्यकालमा पार्टीगत हिसाबले नगई आम खेलकुद क्षेत्रको हितका लागि नि:स्वार्थ रुपमा काम गरेको बताउँदै सर्वोच्च अदालतले गर्ने अन्तिम फैसला आफूलाई मान्य हुने बताए । उनले पदबहाली गर्नुअघि एमाले कार्यकर्ताले कालो झण्डा देखाएर नाराबाजी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us