समाचार

सवारी दुर्घटनामा दुईको मृत्यु

२०७० पुष २२ गते १०:४४

भद्रपुर, २२ पुस – ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएर झापामा सोमबार मध्याह्न दुई जनाको मृत्यु भएको छ । झापाको अनारमणि–४ बस्ने वर्ष २५ का अमन अग्रवाल र भद्रपुर–६ बस्ने वर्ष ३६ का समरजित साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।...

कमल थापा भन्छन्-‘संविधानसभा बैठक आह्वानको विवाद निरर्थक’

२०७० पुष २२ गते १०:२१

भक्तपुर, २२ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभा कसले बोलाउने भन्नेबारेमा ठूला दलले निरर्थक विवाद खडा गरेर संविधानसभा बैठक बोलाउन ढिला गरेको आरोप लगाएका छन् । भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानसभा बैठक जसले बोलाए...

राष्ट्रपतिको सक्रियता अशोभनीय : एमाले

२०७० पुष २२ गते १०:१०

काठमाण्डु, २२ पुस– नेकपा एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रपति रामवरण यादवले पछिल्लो समय देखाएको सक्रियता अशोभनीय भएको बताएका छन् । राजधानीमा सोमबार भएको एक कार्यक्रममा नेता ज्ञवालीले संवैधानिक राष्ट्रपतिले आफ्नो भूमिका खोज्दै ‘ओभर सकृयता’ देखाउन अशोभनीय भएको बताएका हुन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार संविधानसभाको बैठक...

चिसाले जनजीवन थप कष्टकर

२०७० पुष २२ गते ९:२५

लहान, २२ पुस – पछिल्लो दुई सातायता तराईमा चलेको शीतलहर र हुस्सुका कारण अत्यधिक चिसो बढेपछि सिरहाको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरसँगै माथिबाट खस्ने तुषारो र पश्चिमी हावाले अत्यधिक चिसो बढाएपछि सर्वसाधारण कठ्याङ्ग्रिएर घरबाट बाहिर निस्कन सकेका छैनन् । शीतलहरले ग्रामीण क्षेत्रमा...

रकम हिनामिना बारे अनुसन्धान जारी

२०७० पुष २२ गते ९:२२

पाँचथर, २२ पुस – द्वन्द्वपीडितको नाममा किर्ते कागजात बनाई जिल्ला प्रशासन कार्यालय पाँचथरको सिफारिसमा एक करोड भन्दा बढी रकम हिनामिना गरिएको घटनामा प्रहरीले जिल्ला प्रशासन कार्यालय र नेपाल बैंक लिमिटेडलाई रकम सिफारिस र वितरणको सक्कल कागजात पेस गर्न पत्राचार गरेको छ । प्रहरीले फक्ताङ्लुङ...

विद्युत चोरीमा संलग्न ४५ जनालाई जरिवाना

२०७० पुष २२ गते ९:१७

सप्तरी, २२ पुस – विद्युत् चुहावट नियन्त्रण अभियान सुरु गरेको विद्युत् प्राधिकरण कार्यालय राजविराजले विगत एक साताको अवधिमा सप्तरीको विभिन्न गाविसबाट ४५ जनालाई पक्राउ गरी जरिवाना तिराएको छ । हुकिङ गरी विद्युत् चोरी गरेको आरोपमा विद्युत् प्राधिकरण राजविराज शाखाले सप्तरीको नकटी रायपुर, कटैया, झुटकी,...

प्राध्यापक संघका संस्थापक कार्कीको अन्त्येष्टि

२०७० पुष २२ गते ८:२३

काठमाण्डु, २२ पुस – प्रजातन्त्रवादी प्राध्यापक संघका दिवङ्गत संस्थापक अध्यक्ष डा. सौभाग्यजंग कार्कीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । डा. कार्कीको पार्थिव शरीरमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्षसमेत रहेका...

दाङको गोल्टाकुरी गाविस शोकमा

२०७० पुष २२ गते ८:१९

दाङ, २२ पुस – पैसा कमाउन भारत गएका एकै ठाउँका पाँच युवकको भवनले च्यापिएर निधन भएको खबर आएपछि दाङको गोल्टाकुरी गाविस यतिखेर शोकमा डुबेको छ । गत शनिबार दिउँसो भारत गोवाको केनाकोनामा निर्माणाधीन एउटा अपार्टमेन्ट भत्किँदा पाँच युवकको एकैसाथ निधन भएपछि गोल्टाकुरी गाविस तथा...

साइबेरियन चरा मार्न विषादीको प्रयोग

२०७० पुष २२ गते ८:१५

जनकपुरधाम, २२ पुस – जाडो छल्न तथा आहारा खोज्न कोसी टप्पु वन्यजन्तु आरक्षमा आउने साइबेरियन चरा मार्न स्थानीय मध्यवर्ती क्षेत्रका बासिन्दाले विषादीको प्रयोग गर्न थालेका छन् । मंगोलिया, रुस, चीन र साइबेरियाबाट जाडो छल्न तथा आहारा खोज्न नोभेम्बरमा आउने साइबेरियन चरा मार्चसम्म त्यस क्षेत्रमा...

रेग्मीद्वारा क्यान इन्फोटेकको अवलोकन

२०७० पुष २२ गते ८:११

काठमाण्डु – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी ‘क्यान इन्फोटेक २०१४’ को अवलोकन गरेका छन् । मेला अवलोकनपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष रेग्मीले यस्ता मेलाले सूचना तथा प्रविधिप्रति जिज्ञासा राख्नेहरुका लागि अध्ययन गर्ने विद्यालय जस्तै भएको प्रतिक्रिया दिए । मुलुकमा सूचना...

सर्वोच्चमा बहस पहिले राष्ट्रपतिको जलपान

२०७० पुष २२ गते ८:१०

काठमाण्डु, २२ पुस–नेकपा एमाले महासचिव इश्वर पोखरेलले राष्ट्रपति डा. रामवरण यादवलाई सर्वोच्च अदालतको फैसला पर्खन सल्लाह दिएका छन् । नयाँ जनादेशका आधारमा राष्ट्रपति चयन गरिनु पर्ने निर्णय गरेको एमाले महासचिव पोखरेलले एक पक्षीय भएर प्रस्तुत नहुन पनि सुझाव दिएका छन् । ‘संबिधानको संरक्षक र...

वृद्धवृद्धाले औषधिसमेत पाएनन्

२०७० पुष २२ गते ७:२९

नेपालगन्ज, २२ पुस – नेपालगन्ज–१३ स्थित भेरी वृद्धाश्रम संस्थाका पदाधिकारीको गैरजिम्मेवारीपनका कारण त्यहाँ आश्रित वृद्धवृद्धाले औषधोपचारसमेत पाएका छैनन् । एक महिलादेखि ढाड दुख्ने पीडाले छट्पटाइरहेका ६० वर्षीय वृद्ध चौगे रैदासको उपचार गराउनेतर्पm संस्थाका पदाधिकारी आँखा चिम्मेर बसेका छन् । मानवअधिकारकर्मी तथा पत्रकारद्वारा गरिएको अनुगमन,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us