काठमाण्डू, २६ असार– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाण्डूको माइतीघरमा प्रदर्शन भएको छ । आज (शुक्रबार) मुगुवासी, पठाओ राइडर र जेनजीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ नाराबाजीसहित नेपालीको मृत्युको कारण सरकार भएकाले घटनामा संलग्नलाई कारबाहीको माग समेत गरेका छन ।
‘राज्य आतङ्क मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् । माइतीघरमा प्रदर्शनपछि उनीहरू वीर अस्पतालतर्फ लागे पनि प्रहरीले भद्रकालीमा रोकेको छ ।