मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस्: पूर्वगृहमन्त्री अर्याल

काठमाण्डु टुडे २०८३ असार २६ गते १४:५९ मा प्रकाशित

काठमाण्डू, २६ असार– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहलाई सचेत गराएका छन ।

हिजो (बिहिबार) काठमाण्डूको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको घटनालाई जोडर अर्यालले ‘कानुनी राज्य कसरी सञ्चालन हुन्छ भन्ने कुरा सरकार सञ्चालनकर्ताले बुझ्नुपर्ने उल्लेख गर्दै सरकारलाई सचेत पूर्व गृहमन्त्री अर्यालले सचेत गराएका हुन ।

उनले भनेका छन, ‘कानुनी राज्य कसरी सञ्चालन हुन्छ रु सर्वप्रथमः सरकार सञ्चालनकर्ता स्वयम्ले बुझ्नुपर्छ, अनि नागरिकसँग सहकार्य गर्नुपर्छ । आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ । फेरि पनि मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् ।’

कानुनी राज्यमा नागरिकले मात्र होइन, सरकारले पनि विधिविधानको सही रूपमा पालना गर्नुपर्ने उनको भनाइ छ । सबै विचारधारा, वर्ग समुदायहरूका नागरिकसँगको सहकार्यमा सत्य, निष्ठा र मानवताको आधारमा राज्य सञ्चालन हुनुपर्ने बताउँदै उनले भने, ‘तर, कानुनी शासन भएको देशमा आमनागरिकहरूलाई सास्ती नै सास्ती र सरकारसम्बद्ध व्यक्तिहरूलाई चाहिँ उन्मुक्ति नै उन्मुक्ति हुनु हुँदैन ।

अहिले पनि लक्षणहरू राम्रा देखिएका छैनन् ।’ उनले गणेश नेपाली र परिवारजनले न्यायको माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us