काठमाण्डू, २६ असार– प्रधानमन्त्री बालेन शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै काठमाण्डूमा प्रदर्शन गरीएको छ । शुक्रबार प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरिएको हो ।
आत्मदाह गरेका मुगुका २५ वर्षिय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।
बिहीबार महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । त्यसपछि वीर अस्पताल लगिएको उनको आज उपचारकै क्रममा मृत्यु भएको हो ।