असिनाले गहुँ र जौ बाली नष्ट

काठमाण्डु टुडे २०७१ फागुन ७ गते ५:५१ मा प्रकाशित

जाजरकोट, ७ फागुन- गएराति परेको भारी असिनाका कारण जाजरकोटको ढिमे, लहँ, नायकवाडा, रामीडाँडा, सक्ला र खलङ्गालगायतका गाविसमा लगाएको गहुँ, जौ र अन्य तरकारी बालीमा व्यापक क्षति भएको छ ।

imager

करिब आधा घन्टासम्म परेको असिनाका कारण यहाँ लगाएको फूल फल्न लागेको गहुँ, जौ, कला मसुरोलगायतका बालीमा क्षति भएको किसानले बताएका छन् ।

यहाँका किसानले लगाएको बालीले चार महिना पनि खाना नपुग्ने र बजारको चामल खरिद गरेर खानुपर्ने किसान असिनाले बाली नष्ट गरेपछि मर्कामा परेको स्थानीयको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us