द्वन्द्व पीडितहरुको धर्नामा प्रहरी हस्तक्षेप

काठमाण्डु टुडे २०७१ फागुन ७ गते ८:१३ मा प्रकाशित

kathmandu_district_map
काठमाण्डु,७ फागुन– प्रजातन्त्रको वास्तविक अनुभूतिका लागि आफ्नो सरोकारको सम्बोधन माग गर्दै बिहिबार द्धन्द्धपीडित,सहिद,बेपत्ता एवम् घाइते परिवारजनले भद्रकाली अगाडि गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा भएको शान्तिपूर्ण धर्नाबाट प्रहरीले जेबी धौलाकोटी र यमबहादुर टमाटालाई गिरफ्तार समेत गरेको छ । द्धन्द्धपीडित,सहिद,बेपत्ता एवम् घाइते परिवार सरोकार समितिले जनताले प्रजातन्त्रको अनुभूति र उपभोग गर्न नपाएको तथा विभिन्न आन्दोलनमा योगदान पु¥याएकाहरुप्रति राज्य पूर्णतः उदासीन भएको बताउँदै धर्नामा उत्रिन बाध्य भएको जनाएको छ ।

समितिले गिरफ्तार गरिएकाहरुको रिहाइ्को माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us