समाचार

सुनसरीको मदरसामा आगलागी, पाँच लाख क्षति

२०७१ फागुन ८ गते ५:५०

सुनसरी, ८ फागुन– मुसलमान समुदायका बालिका मात्र अध्ययन गर्ने मदरसामा गए राति आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । सुनसरीको पश्चिम कुशाहा– ४ स्थित वनाथ मदरसामा आगलागी हुँदा फुसका तीन घर, टेबुल, कुर्सी, टेबलगायत अन्य शैक्षिक सामग्री जलेर नष्ट भएको स्थानीयवासीले...

दुर्घटनामा एकको मृत्यु, एक घाइते

२०७१ फागुन ८ गते ५:३९

चितवन, ८ फागुन– चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत दारेचोक–४ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिन जाँदै गरेको लु१ख ८६१५ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना४ख ३००० नम्बरको ट्रिपर एकआसपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।...

सुशीलले बामदेवको जिल्लामा ‘जय नेपाल’ भन्दा यस्तो लाजमर्दो

२०७१ फागुन ८ गते ५:३२

प्यूठान, ८ फागुन– जय नेपाल नेपाली काँग्रेसको ‘मुख्य’ नारा हो । तर यही नाराका कारण काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले लज्ज्ति हुनुपरेको छ । बिपी कोइरालादेखि अहिलेका सभापति सुशील कोइरालासहित अधिकांश नेताले भाषण गर्नुअघि र सकेपछि जय नेपालको अभिवादन गर्छन् । तत्कालिन पार्टी...

मोरङमा आगलागी दुई घर जले, साठी लाखको क्षति

२०७१ फागुन ८ गते ५:२७

विराटनगर, ८ फागुन– मोरङमा बिहीबार बेलुकी आगलागी हुँदा दुई घर जलेर पूर्ण रुपमा नस्टा भएका छन् । विद्युत् सर्ट भई सुन्दरदुलारी–१ को गोठगाउँका मधुसूदन घिमिरे र छिमेकी हरि साहको घर जल्दा रु ६० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको...

रमेश खरेलले फेरि भने, ‘नेपाल र भारतका प्रहरी र कर्मचारी सबै भ्रष्ट छन्’

२०७१ फागुन ८ गते ४:५८

वीरगञ्ज, ८ फागुन– एसएसपी रमेश खरेलले नेपाल र भारत दुवै देशका प्रहरी र कर्मचारी भ्रष्ट रहेको आरोप लगाएका छन् । वीरगञ्जमा बिहीबार आयोजित एक कार्यक्रममा खरेलले भ्रष्ट कर्मचारी र प्रहरीका कारण सीमा क्षेत्र असुरक्षित भएको उल्लेख गरे । दुवै मुलुकको सीमा क्षेत्र भ्रष्टहरुको नियन्त्रणमा...

नेकपा माओवादी मोर्चाले काठमाण्डुमा प्रदर्शन गर्ने

२०७१ फागुन ८ गते १:१२

काठमाण्डु, ८ फागुन– नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले जनतन्त्र र जनजीविकाका विषयलाई लिएर यही फागुन २५ गते काठमाण्डुमा जनप्रदर्शन गर्ने भएको छ । माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको मोर्चाको बैठकले संविधानसभाबाट जनताको अपेक्षाको संविधान निर्माण हुन नसक्ने ठहर गर्दै जनप्रदर्शन गर्ने निर्णय गरेको हो...

दलहरु नमिल्दा ज्ञानेन्द्र सल्बलाएः नेपाल

२०७१ फागुन ७ गते १५:३१

रौतहट, ७ फागुन– एमाले नेता माधवकुमार नेपालले दलहरुबीचको विवादको फाइदा गणतन्त्रविरोधी शक्तिले उठाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । गृहजिल्ला रौतहटमा बिहीबार आयोजित कार्यक्रममा उनले परिवर्तनविरोधी शक्ति सल्बलाएकाले दलहरु मिल्नुको विकल्प नरहेको बताए । उनको संकेत पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ थियो । ६५ औं...

केही महिनाभित्रै देशले संविधान पाउँछः ओली

२०७१ फागुन ७ गते १४:००

ललितपुर,७ फागुन– नेकपा एमालेका अध्यक्ष केपी ओलीले अबको केही महिनाभित्र देशले नयाँ संविधान पाउने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बिहिबार ललितपुरमा आयोजित “नेपाल मानवअधिकार वर्षपुस्तक २०१५” को विमोचन एवम् “सन २०१४ को मानवअधिकार अवस्था” विषयक गोष्ठीको उद्घाटन गर्दै  उनले सो...

काँग्रेसभित्र काँग्रेस खोज्न विपिको विचार आवश्यकः गुरुङ

२०७१ फागुन ७ गते १३:४०

विराटनगर,७ फागुन– विपि विचार राष्ट्रिय समाजका केन्द्रीय अध्यक्ष एवम् सभासद् कुलबहादुर गुरुङले नेपाली काँग्रेसभित्र काँग्रेसको खोजी गर्न विपिको विचार लिएर हिडेको बताएका छन् । विराटनगरमा बिहिबार आयोजित विपि विचार आजको सन्दर्भ विषयक कार्यक्रममा सभासद् गुरुङले नेपाली काँग्रेसभित्र पनि धेरैवटा पार्टी भएको बताउँदै बास्तविक काँग्रेसको...

प्रहरीद्धारा कुखुराको चल्ला नष्ट

२०७१ फागुन ७ गते १३:२९

कलैया,७ फागुन– सशस्त्र प्रहरी बल बोडर आउट पोष्ट बैरेनिया बाराले बिहिबार करिव एक लाख ४४ हजार बराबरको १८ कार्टुन कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ । बारा बरैनिया–८ स्थित चिल झप्टी गाउँनजिक तीन वटा साइकलमा कार्टुनमा राखि ल्याइएको अवस्थामा प्रहरीले ती चल्ला बरामद्...

हिन्दु राष्ट्रको पक्षमा नउभिए कांग्रेस समाप्त हुन्छ : खड्का

२०७१ फागुन ७ गते १३:०४

दाङ ,७ फागुन–नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खडकाले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्नका लागि आन्दोलन गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा दाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनँले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नका लागि चैतदेखि देशब्यापि आन्दोलन गर्ने बताएका हुन्...

सुरु भयो नेपाल–भारत सीमा सम्मेलन

२०७१ फागुन ७ गते १२:४२

वीरगन्ज,७ फागुन– नेपाल र भारतबीच शताब्दीऔँदेखिको ऐतिहासिक सम्बन्धलाई अझ बढी प्रगाढ र सशक्त बनाउन सीमा सुरक्षा विवादको मैत्रीपूर्ण समाधान खोज्ने उद्देश्यले बिहिबार ‘नेपाल–भारत सीमा सम्मेलन’ सुरु भएको छ । वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासद्वारा आयोजित उक्त दुई दिने सम्मेलन सिमानासम्बन्धी सुमधुर सम्बन्ध,सुरक्षा र जनमानसको आवागमन,खुल्ला सीमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us