गुल्मी,८ फागुन– वैदेशिक रोजगारीमा रहेका स्थानीय व्यक्तिहरुले बाग्लुङको काडेबास गाविस–८ र ९ मा रहेका नौमती बाजा समूहलाई एक लाख रकम हस्तान्तरण गरेका छन् । कला संस्कृतिको जगेर्ना र प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सो रकम हस्तान्तरण गरिएको उनीहरुले बताएका छन् । संस्कृति संरक्षण मञ्च बाग्लुङ...
काठमाण्डु, ८ फागुन– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेको खुलसा गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले पूर्वराजासँग कांग्रेस–एमालेको गोप्य सहमति भएकाले त्यसको भण्डाफोर हुनुपर्ने बताए । ‘कांग्रेस–एमालेले ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेका छन्,’ पूर्वराजाले मसँग...
विराटनगर,८ फागुन– विराटनगर विमानस्थलको क्षमता विस्तारका लागि सरकारले बजेट छु्याए पनि योजना स्वीकृत हुन सकेको छैन् । योजना स्वीकृत नभएपछि विमानस्थलको क्षमता विस्तारको सम्भावना क्षीण हुँदै गएको छ । नेपाल नागरिक उड्डयन कार्यालय,विराटनगरले योजना स्वीकृतका लागि आफ्नो प्रधान कार्यालयमा पठाइएका योजना अझैँसम्म स्वीकृत नभएकाले...
काठमाण्डु,८ फागुन– नेपालमा सञ्चारकर्मीको भौतिक एवम् व्यावसायिक सुरक्षाको स्थिति चुनौतीपूर्ण बन्दै गएको छ । युनेस्कोको सहयोगमा विकास सञ्चार समाज नेपालद्वारा गर्न लागिएको सञ्चारकर्मीका लागि ‘राष्ट्रिय सञ्चार सुरक्षा’विषयको अनुसन्धानबारे शुक्रबार आयोजित छलफलमा सहभागी वक्ताहरुले नेपालमा सञ्चारकर्मीको सुरक्षा अवस्था दिनप्रतिदिन कमजोर बनिरहेको बताए । सञ्चारकर्मीको सुरक्षा...
कैलाली,८ फागुन– छिमेकी मुलुक भारतको मध्य प्रदेश,राजस्थान र नयाँ दिल्लीमा स्वाइनफ्लु देखा परेपछि कैलालीका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । सुदूरपश्चिमबाट अहिले रोजगारीका लागि भारत नजान र व्यापारीलाई पनि मालसामान झिकाउन भारत नजान यहाँका अधिकारीहरुले आह्वान गरेका छन् । स्वाइनफ्लुजस्तो रोगको...
काठमाण्डु,८ फागुन– नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले ६ महिनाभित्र सबै नेपालीले गर्ब गर्ने खालको संविधान जारी गर्ने तयारी भैरहेको बताएका छन् । शुक्रबार प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा महत्वपूर्ण योगदान पु¥याएका प्रजातन्त्र सेनानीलाई बिपी सङ्ग्रहालयमा सम्मान गर्दैै उनले सो कुरा बताएका हुन् । पशुपतिनाथ र...
काठमाण्डु, ८ फागुन– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो ज्यान खतरामा रहेको बताएका छन् । राजधानीमा शुक्रबार भएको कार्यकर्ता प्रशिक्षणमा उनले आफ्नो हत्याको योजना बनाइको सूचना पाएको बताए । ‘मेरो हत्याको योजना बनाइएको भन्ने सूचना आज (शुक्रबार) मा पाएको छु’, उनले भने, ‘प्रतिगामी...
डडेल्धुरा, ८ फागुन– कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले संविधान सहमतिबाट जारी गर्नका लागि पनि प्रक्रियामै जानुपर्ने बताएका छन् । ‘लोकतन्त्र र समृद्धि हाम्रो चाहना, दिगो शान्तिसहितको विकास हाम्रो कामना’ भन्ने मूल नाराका साथ २०७१ सालको प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिमस्तरीय बृहत् शान्तिसभालाई...
कपिलवस्तु,८ फागुन– एकीकृत नेकपा (माओवादी)का नेता बाबुराम भट्टराईले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका राजनीतिक शक्तिबीच सहमति र एकता कायम गर्दै संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सङ्घीयता र समावेशी समानुपातिक लोकतन्त्रलाई छोडेर २०४७ सालको...
पोखरा,८ फागुन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले आफ्नो पेसागत मर्यादा नबिर्सन सबै लेखा परीक्षकसँग आग्रह गरेका छन् । नेपाल अडिटर्स एसोसिएसन (अडान)को तेस्रो राष्ट्रिय परिषद्को शुक्रबार उद्घाटन गर्दै उनले सबै क्षेत्रको लेखा परीक्षण गर्न सरकार आफैँले नसक्ने भएकाले यसमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको...
काठमाण्डु,८ फागुन– अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना र युनेस्को काठमाडौँको सहआयोजनमा मातृभाषा सङ्गोष्ठी एवम मातृभाषा कविता महोत्सव आरम्भ भएको छ । दुई दिन चल्ने उक्त कार्यक्रमको पहिलो दिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यले उद्घाटन गर्दै बहुभाषिक नेपालमा सबै मातृभाषाको संरक्षण संवर्धन...
धनकुटा, ८ फागुन– एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्तापक्षीय दलहरुले बहुमतीय प्रक्रिया रोकेर वार्ताको वातावरण बनाए आन्दोलनरत दलहरु पहिचानको मुद्दामा पनि लचिलो हुने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घले आज धनकुटामा गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष श्रेष्ठले बहुमतीय प्रक्रिया रोकेमा आन्दोलनरत दलहरु पहिचानको मुद्दामा लचकतासहित तत्काल...