समाचार

समयमै प्रश्नपत्र नदिएको भन्दै परीक्षार्थीद्वारा पिके क्याम्पसमा तोडफोड

२०७१ फागुन ८ गते ८:५७

काठमाण्डु, ८ फागुन–निर्धारित समयमा प्रश्नपत्र नआएको भन्दै शुक्रबार परीक्षार्थीले पिके क्याम्पसमा टोडफोड गरेका छन् । कलेज प्रशासन परीक्षा सकिको भन्दै ढुक्कले बसेको र परीक्षा नियन्त्रण कार्यालयले समयमै प्रश्नपत्र नपठाएका कारण विद्यार्थी आक्रोसमा आई टोडफोडमा उत्रिएको अनेरास्ववियुकी केन्द्रीय सदस्य सम्झना अधिकारीले बताइन् । परीक्षार्थी क्याम्पस...

किन सम्झिए प्रधानमन्त्रीले बुद्ध र गान्धी ?

२०७१ फागुन ८ गते ८:४४

काठमाण्डु,८ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले गौतम बुद्ध र महात्मा गान्धिले देखाएको शान्ति र अहिंसाको बाटोबाटै शान्ति,स्थायित्व र विकासको लक्ष्य प्राप्त गर्ने समावेशी प्रजातन्त्र प्राप्त गर्न सकिनेमा जोड दिएका छन् । विश्व शान्ति महासङ्घ नेपालले शुक्रबार आयोजना गरेको अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनमा प्रधानमन्त्री कोइरालाले सो कुरा...

सरकारका उपलब्धि सार्वजनिक गरिँदै

२०७१ फागुन ८ गते ८:३०

काठमाण्डु,८ फागुन– सरकारले वर्तमान सरकारका उपलब्धि  शुक्रबार अपराह्न सर्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गठन भएको वर्तमान सरकारले गत माघ २८ गते एक वर्षको कार्यकाल पूरा गरेपछि त्यसको उपलव्धी सार्वजानिक गर्न लागिएको हो । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र...

चन्दाको भरमा शिव मन्दिर निर्माण

२०७१ फागुन ८ गते ८:२३

गोरखा बजार,८ फागुन– गोरखा सदरमुकामको चाइनिजधारामा स्थानीयको चन्दा सहयोगबाट शिव मन्दिर निर्माण गरिएको छ । स्थानीय टोल विकास संस्थाले पाँच लाख चन्दा उठाएर मन्दिर निर्माण गरेको हो । चाइनिजधारा टोल विकास संस्थाले सदरमुकाममा बसोवास गर्दै आएका स्थानीय बासिन्दासँग चन्दा उठाएर मन्दिर निर्माण गरेको जनाएको...

राष्ट्रपतिविरोधी कार्यक्रममा बामदेव प्रमुख अतिथि

२०७१ फागुन ८ गते ८:१८

 काठमाण्डु, ८ फागुन–राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको विरोधमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री बामदेब गौतम प्रमुख अतिथि बनेका छन् । शुक्रबार स्टाफ कलेज जावलाखेल चुरे संरक्षण संयुक्त आन्दोलन समितिद्वारा आयोजित कार्यक्रममा बामदेव प्रमुख अतिथि बन्न पुगेका हुन् । यो समितिले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको विरोध गर्दै आइरहेको...

अनुगमनपछि शिक्षकको राजीनामा दिनेक्रम तीब्र

२०७१ फागुन ८ गते ८:०६

चरीकोट,८ फागुन– जिल्ला शिक्षा कार्यालय दोलखाले विद्यालय निरीक्षणलाई तीव्र पारेपछि ५६ शिक्षकले राजीनामा दिएका छन् ।  शिक्षा कार्यालयले आफ्नो पेसाप्रति शिक्षकलाई बफादार बनाई विद्यार्थीको भविष्य उज्ज्वल बनाउनका निमित्त अनुगमनलाई कडाइ गर्न थालेपछि राजीनामा दिने शिक्षकको संख्या बढेको हो । विद्यालयमा शिक्षक नियमित रुपमा नआउने,पढाइमा...

जातीय संघीयताले देश द्वन्द्वमा जान सक्छः गौतम

२०७१ फागुन ८ गते ७:५६

काठमाण्डु,८ फागुन– उपप्रधानमन्त्री वामदेव गौतमले एकात्मक र केन्द्रीकृत राज्यबाट सङ्घीयतामा जाने राजनीतिक उद्घोष भइसकेको अवस्थामा जातीय,सामाजिक र आर्थिक सन्तुलनमा खलल नहुने गरी राज्यको पुनःसंरचना हुनुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० द्वारा शुक्रबार आयोजित‘शिक्षा र सङ्घीयता’ विषयको सम्मेलनको उद्घाटन गर्दै उनले...

हुँदाहुँदा भेटेका बेला बोल्नै छाडे सत्तापक्ष र प्रतिपक्षी नेता

२०७१ फागुन ८ गते ७:००

काठमाण्डु, ८ फागुन– भावी संविधानका अन्तरवस्तुमा विवाद बढेसँगै राजनीतिक दलका नेताहरुबीच व्यक्तिगत र भावनात्मक सम्बन्ध कति कमजोर भएको रहेछ भन्ने राजधानीमा शुक्रबार भएको एक कार्यक्रममा देखियो । प्रसंग राजधानीको मल्ल होटलमा आयोजित १६ औं दक्षिण एसियाली ‘लिडरशीप’ सम्मेलनको हो । कार्यक्रमका प्रमुख अतिथि थिए,...

गरिबीका कारण बालबालिकाको बिचल्ली

२०७१ फागुन ८ गते ६:३७

जाजरकोट, ८ फागुन– जन्म दिने आमाको मृत्यु, बाबुलाई बूढेसकाल लागेपछि अछानी–२ का चार जना बालबालिकाको बिचल्ली भएको छन् । विसं २०६९ वैशाखमा सुत्केरी भएको १५ दिनमा घाँस काट्न गष्एकी आमाको जङ्गलमा लडेर मृत्यु भएपछि अर्छानी–२ का छ वर्षीय गोविन्द जैसी, सात वर्षीया विमला जैसी,...

पूर्वाञ्चलमा राज्यबाट महिलाभन्दा पुरुष बढी पीडित !

२०७१ फागुन ८ गते ६:१७

मोरङ, ८ फागुन– पूर्वाञ्चलमा राज्यको तर्फबाट महिलाभन्दा पुरुष बढी पीडित रहेको एक तथ्याङ्कले देखाएको छ । पूर्वाञ्चलमा यस वर्ष राज्य पक्षबाट १० महिला र ६० पुरुष तथा गैरराज्य पक्षबाट १ हजार ३ सय ५८ महिला र १ सय ४१ पुरुष पीडित भए । अनौपचारिक...

पाठेघरको क्यान्सर रोक्न किशोरीलाई यस्तो मौका

२०७१ फागुन ८ गते ६:०८

काभ्रे, ८ फागुन– काभ्रेपलाञ्चोकका ११ देखि १३ वर्षका किशोरीलाई विभिन्न विद्यालयमा नै पुगेर पाठेघरमा हुने क्यान्सरविरुद्धको (एचपिभी) खोप निःशुल्क दिइएको छ । विद्यालयको कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने पाँच हजार ७ सय ४० छात्रालाई पाठेघरको क्यान्सरबाट बचाउन तीनपटकसम्म सो खोप दिएको नेपाल...

युवती बलात्कार गर्ने ६ जना यसरी पुगे प्रहरी खोरमा

२०७१ फागुन ८ गते ६:०४

कञ्चनपुर, ८ फागुन– कञ्चनपुरको पुनर्वासमा ६ दिनअघि एक युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले छ जनामाथि मुद्दा दायर गरेको छ । पुनर्वास नगरपालिका–५ उध्रीमा स्थानीय भजौरा रानाको घरमा विवाहमा आएको बाजा बजाउने टोलीका छ जनामाथि मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us