काठमाण्डु, ९ फागुन– एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार राजधानीमा सिठी जुलुस निकालेको छ । सत्तापक्षले दम्भ प्रदर्शन गर्दै संविधान निर्माणमा बहुमतीय प्रक्रिया अघि बढाएको भन्दै मोर्चाले त्यसविरुद्ध देशव्यापी आन्दोलन गर्दै आएको छ । प्रदर्शनीमार्गबाट सुरु भएको सिठी जुलुस सहिदगेट, सुनधारा, वीर अस्पताल...
कलैया,९ फागुन– बाराबो कलैयामा शनिबार बिहान एक बालिका अचेत अवस्थामा फेला परेकी छन् । कलैया–८ बस्ने बद्रीनारायण साहकी सात वर्षीया छोरी पूजा शनिबार बिहान करिब ६ बजे कलैया–६ मोतीमागस्थित कपास उद्योगको फोहर फ्याँक्ने ठाउँमा अचेत अवस्थामा फेला परेकी हुन् । कलैया बजारमा रहेको आफ्नो...
सल्यान, ९ फागुन– एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले संविधानसभाभित्रको मतदानको प्रक्रिया खारेज नभएसम्म आफूहरु वार्तामा नबस्ने बताएका छन् । सल्यानको सदरमुकाम खलङ्गामा एमाओवादीले शनिबार बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले भने, ‘सुशीलजी र केपीजीले पहिले ढोका खोल्नुस्, त्यसपछि मात्रै हामी घरभित्र आउन...
काठमाण्डु,९ फागुन– काभ्रेपलाञ्चोक खनालथोक–२ का आरबी ९रामबहादुर० न्यौपाने वाग्मती अञ्चलमा एक गौधाम बनाउने योजनामा रहेका छन् । पाँच महिनाअघिदेखि ‘छाडा गाई बाच्छा चौपाया उद्धार एवं संरक्षणः हाम्रो अभियान’भन्ने अभियानका साथ पशुपति वनकालीमा मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान चलाइरहेका न्यौपानेका साथमा हाल...
सप्तरी,९ फागुन– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संविधान कुनै दल,व्यक्ति वा पार्टीको नभएर सम्पूर्ण जनताको भएकाले त्यस आधारमा सबैलाई समेटेर सहमतिको आधारमा संविधान जारी गर्नुपर्ने बताएका छन् । उनले शुक्रबार राजविराजमा सङ्क्षिप्त कुराकानी गर्दै संविधान निर्माणको कार्य सहमतिबाट नभई प्रकियाबाट बनेमा कसैले...
काठमाण्डु, ९ फागुन– आम आदमी पार्टीका प्रवक्ता आशुतोषले नेपालमा भ्रष्टचार रोक्नका लागि नयाँ शक्ति आवश्यक भएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा प्रवक्ता आशुतोषले संविधानका अन्र्तवस्तुमा सहमति खोज्न नेपालका राजनीतिक दलहरुले न्यूनतम साझा अवधारणा तयार पार्दै अगाडि बढ्नु पर्ने बताएका छन्...
काठमाण्डु, ८ फागुन– सुशील कोइराला नेतृत्वको वर्तमान संयुक्त सरकारले आफ्नो एक वर्षे काम र उपलब्धीको विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाका प्रतिनिधिका रुपमा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सिंहदरबारमा शुक्रबार एक कार्यक्रमबीच सरकारका तर्फबाट भएका कामको विवरण सार्वजनिक गरेका हुन् । सरकारले...
काठमाण्डु,८ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय एकता,सहमति,सहकार्य र मेलमिलापको भावनाप्रति प्रतिबद्ध भएर वार्तामा आउन एनेकपा (माओवादी) तथा मधेस केन्द्रित दललाई पुनः आग्रह गरेका छन् । आफ्नो नेतृत्वमा गठन भएको वर्तमान सरकारको एकवर्षे कार्यकाल पूरा भएको अवसरमा शुक्रबार दिइएको सन्देशमा उनले एनेकपा (माओवादी) तथा मधेस...
कैलाली, ८ फागुन– काँग्रेस नेता बालकृष्ण खाँडले सभापति सुशील कोइराला नेतृत्वको वर्तमान सरकार पूर्णतः असफल भएको भन्दै सरकार परिवर्तन हुनुपर्ने बताएका छन् । प्रेस युनियन कैलालीले शुक्रबार गरेको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका खाँडले असफल सिद्ध भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । कोइराला सरकार र पार्टी...
रसुवा,८ फागुन– नेपाल–चीनको सीमा क्षेत्र रसुवागढीमा मोबाइल सेवा सञ्चालन भएको छ । नेपाल टेलिकम रसुवाका प्रमुख तोयानाथ रिजालका अनुसार औपचारिकरुपमा नेपाल–चीनको नाका खुला भई व्यावसायिक कारोबार सुरु भएका कारण सञ्चार सेवाको पहुँच पु¥याउन रसुवागढी क्षेत्रमा मात्र सीमित हुनेगरी नेपाल टेलिकमले जिएसएम सेवा पहिलोपटक सञ्चालन...
काठमाण्डु,८ फागुन– एमाओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको अध्यक्षमा भोला सापकोटा निर्वाचित भएका छन् । सङ्गठनको पोखरामा हालै सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले सङ्गठनको पुनःगठन गर्दै वरिष्ठ उपाध्यक्ष रहेका सापकोटालाई अध्यक्षमा चयन गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सङ्गठनका महासचिव शङ्कर अधिकारीले...
दाङ, ८ फागुन– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रसँग काँग्रेस–एमालेले गरेको भनिएको गोप्य सहमति सार्वजनिक हुनुपर्ने माग गरेका छन् । रिपोर्टर्स क्लबले तुलसीपुरमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा उनले सहमति सार्वजनिक गर्न माग गरे । ज्ञानेन्द्रले सहमति भएको अभिव्यक्ति दिएकाले त्यसबारे जनतामा उत्पन्न भएको...