समाचार

तीन मधेसी दल मिल्दै

२०७० पुष २५ गते ३:३२

काठमाण्डु, २५ पुस–चुनावमा अप्रत्यासित पराजय बेहोरेपछि तीन मधेसी दलले फेरि पार्टी एकीकरणका लागि पहल थालेका छन् । यसका लागि पार्टीका नेताहरूले विभिन्न चरणमा छलफल गरेका छन् । मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीले एकीकरण प्रयास थालेका हुन् । सानोठिमीस्थित...

दुर्घटनामा दुईजनाको मृत्यु, १ घाइते

२०७० पुष २५ गते २:४६

काठमाण्डु, २५ पुस–रौतहट र सर्लाहीमा विहीबार विहान भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । रौतहटको विरेन्द्र राजमार्गमा गौर तर्फ जाँदै गरेको ना ४ त ५६६७ नम्बरको ट्याक्टर बिहान सवा १ बजे अनियन्त्रीत भई पल्टिदा ट्याक्टर चालक हैदर मन्सुरीको घटनास्थलमै मृत्यु...

काँग्रेस सभासदहरुसँग परामर्शमा

२०७० पुष २५ गते २:४१

काठमाण्डु, २५ पुस – नेपाली काँग्रेसले संविधान निर्माणबारे सभासदहरुसँग परामर्श गरिरहेको छ । केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा संविधानसभामा खेल्नुपर्ने भुमिका र नयाँ संविधान जारी गर्ने काँग्रेसको कार्यतालिकाबारे सभासदहरुलाई शीर्ष नेताहरुले जानकारी गराइरहेका छन् ।  निर्वाचित भएपछि पहिलोपटक शीर्ष नेता र सभासदहरुबीच भएको यो...

एमाले समानुपातिक सभासदको सपथ आज

२०७० पुष २५ गते २:४०

काठमाण्डु, २५ पुस–नेकपा एमालेले समानुपातिक सभासदहरुलाई विहीबार सपथ गराउदै छ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा दिउँसो प्रमाणपत्र वितरण गरी सपथ गराइने एमालेले जनाएको छ । अध्यक्ष झलनाथ खनालले समानुपातिक तर्फका सभासदहरुलाई सपथ गराउने छन् । उनले पार्टीको घोषणापत्र अनुसार एक बर्षभित्र नयाँ संविधान जारी...

प्रधानमन्त्रीमा कोइराला र पौडेलको दावी

२०७० पुष २५ गते २:१३

काठमाण्डु, २५ पुस-कांग्रेसमा प्रधानमन्त्रीका लागि सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले औपचारिक दाबी गरेका छन् । कोइरालाले आफ्नै निवास महाराजगन्जमा बुधबार डाकेको तीन शीर्ष नेताको बैठकमा कोइराला र पौडेल दुवैले प्रधानमन्त्री दाबी गरेका हुन्। बैठकमा सहभागी वरिष्ठ नेता शेरबहादुर देउवाले भने प्रधानमन्त्रीमा दाबी...

उपस्वास्थ्य चौकी अनमीको भरमा

२०७० पुष २५ गते २:०५

बेनी, २५ पुस–म्याग्दीको दुर्गम बस्ती निस्कोटमा रहेको उपस्वास्थ्य चौकी विगत ९ महिनादेखि अहेबविहीन अवस्थामा सञ्चालन भैरहेको छ । गत चैतमा निस्कोट उपस्वाथ्य चौकीमा कार्यरत अहेब रेशम सुनवार सरुवा भएर गएपछि अहिलेसम्म उक्त उपस्वास्थ्य चौकी अनमीको भरमा सञ्चालन हुँदै आएको छ । स्वास्थ्य चौकी अहेबविहीन...

‘बाबुराम पानीमाथिको ओभानो बन्न मिल्दैन’

२०७० पुष २४ गते १५:४७

काठमाण्डु, २४ पुस – एकीकृत माओवादीका नेता वर्षमान पुनले चुनावमा पार्टीले भोगेको पराजयको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित हेर्डक्वारटरले लिनुपर्ने बताएका छन् । चुनावमा जाने निर्णय अध्यक्षसहित वरिष्ठ नेताहरु सम्मिलित हेर्डक्वाटरले गरेको भन्दै पुनले अहिले कुनै पनि नेताले हारको दोष अरुलाई लगाउन नहुने बताए...

अवैध बँदेलको मासुसहित दुईजना पक्राउ

२०७० पुष २४ गते १४:५७

मोरङ, २४ पुस– मोरङको उर्लावारी ५ स्थित राजमार्गमा चोरी गरी ल्याएको एकसय किलो बँदेलको मासुसहित दुईजनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ । मोरङको पूर्व–पश्चिम राजमार्गमा को १ च ४२७९ नम्बरको भ्यानमा राखेर अवैधरुपमा चोरी सिकार गरी ल्याएको बँदेलको मासुसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले...

भाइबुहारीको कुटाइबाट दाजुको मृत्यु

२०७० पुष २४ गते १४:१४

राजविराज, २४ पुस– सप्तरीको डाढा गाविसमा भाइ र बुहारीको कुटाइबाट दाजुको मृत्यु भएको छ । डाढा गाविस–६ मा कुटपिटबाट स्थानीय ५६ वर्षीय ईश्वरीप्रसाद साहको मृत्यु भएको प्रहरीले जनाएको छ । पारिवारिक विवाद बढ्दै कुटपिट हुँदा साहको मृत्यु भएको प्रहरी उपरीक्षक दिनेश अमात्यले बताए ।...

गोपाल किराँतीको अन‌ौठो अनुसन्धान

२०७० पुष २४ गते १३:२३

काठमाण्डु, २४ पुस- एकीकृत नेकपा माओवादीको पार्टी इतिहासमा आन्तरसंघर्षका कयौं निर्णायक मोडहरु छन् । जसमध्ये धोवीघाट गठबन्धन पनि एक चर्चित परिघटनाका रुपमा रहेको छ । २०६४ वैशाखमा मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मिलेर गरेको गठबन्धनलाई एकीकृत माओवादीमा धोवीघाट गठबन्धनका नाममा चिनिन्छ ।...

एमाले भन्छ, ‘वकिल र अदालतले बिगारे’

२०७० पुष २४ गते १२:३६

काठमाण्डु, २४ पुस– नेकपा एमालेले संविधानसभा बैठक कसले बोलाउने भन्ने विवादलाई वकिलहरुले अनावश्यक रुपमा उचालेको आरोप लगाएको छ । राजनीतिक समझदारीमा टुंगो लगाउनु पर्ने विषयलाई अदालतमा पुर्‍याएर वकिलहरुले थप जटिल बनाएको ठहर एमालेको छ । ‘संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्ने विषयलाई वकिलहरुले अनावश्यक...

आफ्नै छोरी बलात्कार गरेपछि…

२०७० पुष २४ गते १२:३५

बुटवल, २४ पुस – आफ्नै १२ वर्षकी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा रुपन्देहीको सिद्धार्थ नगरमा प्रहरीले एक जनालाई नियनत्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पुष १३ गते रातीदेखि १८ गतेसम्म पटक पटक आफ्नै छोरीलाई बलात्कार गरेको उजुरीपछि प्रहरीले सिद्धार्थनगर ७...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us