समाचार

द्वन्द्व पीडितहरुको राहतका लागि भीड

२०७१ फागुन १० गते १०:३६

हुम्ला,१० फागुन– द्वन्द्वको समयमा राज्य र विद्राही दुवै पक्षबाट पीडित नागरिकको स्थानीय शान्ति समितिको कार्यालय,सिमीकोटमा भीड लागेको छ । राहत लिन उनीहरु शान्ति समितिको कार्यालयमा ओइरिएका हुन् । राहत लिन द्वन्द्वपीडित नागरिकले गाविस र प्रहरी चौकीको मुचुल्का ल्याउन अनिवार्य भएको समितिका सचिव देवकी ऐडीले...

के–के हुन् वार्ताका लागि फोरम नेपालको तीन सर्त ?

२०७१ फागुन १० गते १०:३०

राजविराज, १० फागुन– मधेसी जनअधिकार फोरम, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वार्ताका लागि तीनवटा सर्त अघि सारेका छन् । नेपाल पत्रकार महासङ्घ सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारले आह्वान गरेको वार्ताका लागि तीनवटा सर्त अघि सारेका हुन् । पहिले गरिएको...

मानसिक सन्तुलन ठीक नभएकाले आगजनी गर्दै हिँडेपछि…

२०७१ फागुन १० गते १०:०६

सल्यान, १० फागुन– लेखपोखरा–२ पाखापानी सार्कीगाउँमा शनिबार बिहान भएको आगलागीबाट पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मानसिक सन्तुलन ठीक नभएको भनिएका स्थानीयवासी २७ वर्षीय राजेश सार्कीले स्थानीयवासीका घरमा आगजनी गर्दै हिँडेपछि एकै पटक सबै घरमा आगलागी भएको थियो । आगलागीबाट घरमा...

सिन्धुपाल्चोकमा एक प्रहरीको मृत्यु

२०७१ फागुन १० गते ९:५०

चौतारा,१० फागुन– काममा खटिइरहेका बेला अचानक बिरामी भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एक प्रहरी जवानको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको छ । रौतहट जिल्लाको सरुआट गाविस–३ स्थायी घर भएका प्रहरी जवान ३४ वर्षीय राजकुमार राय यादवको आइतबार बिहान मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार...

आमाको हत्या गर्ने छोरा पक्राउ

२०७१ फागुन १० गते ९:३१

झापा, १० फागुन– झापाको डागीवारीका एक व्यक्तिले मादक पदार्थ सेवन गरी आमाको हत्या गरेका छन् । डागीवारी–८ निवासी ३३ वर्षीय बुद्धिमान राईले ६८ वर्षीया आमा फूलमाया राईलाई कञ्चटमा चिर्पटले हिर्काएर हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सञ्जयबहादुर राउतले जानकारी दिए। राउतका अनुसार बुद्धिमानले...

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ७ जना घाइते

२०७१ फागुन १० गते ९:३०

परासी,१० फागुन– घटनाको सत्यतथ्य छानबिनको माग गर्दै शनिबार नवलपरासीमा विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुवै पक्षका गरी सातजना घाइते भएका छन् । गत माघ २ गते नवलपरासी रामनगर भूमही निवासी १९ वर्षीया ओसिम गुरुङ कावासोती स्थित मनोज गुरुङको घरमा मृत अवस्थामा फेला...

बामदेवले भने, ‘प्रचण्डलाई सुरक्षा दिन सरकार तयार छ’

२०७१ फागुन १० गते ९:२७

काठमाण्डु, १० फागुन– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा कुनै कमी हुन नदिने बताएका छन् । रिपोर्टर्स क्लबले आइतबार राजधानीमा गरेको कार्यक्रममा गौतमले सुरक्षाको विषयलाई लिएर चिन्ता नगर्न प्रचण्डलाई आग्रह गरेका हुन् । राजधानीमा शुक्रबार भएको एउटा कार्यक्रममा...

किन गर्यो गृहमन्त्रालयले प्रचण्डको सुरक्षा चिन्ता (विज्ञप्ति सहित)

२०७१ फागुन १० गते ९:१४

गृहमन्त्रालयले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाप्रति आफूहरु सजग रहेको बताएको छ। गृहमन्त्रालयले निकालेको विज्ञप्तिमा पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेताको सुरक्षा संवेदनशीलताप्रति नेपाल सरकार पूर्ण सजग रहेको बताइएको छ। साथै उनलाई अहिले पनि अत्यन्त उच्चस्तरको सुरक्षा व्यवस्था गरिएको र सुरक्षाप्रति कुनै शंका नगर्न आग्रह...

दलीय भागबन्डाले कर्णालीको पर्यटन विकासमा अवरोध

२०७१ फागुन १० गते ९:१०

जुम्ला,१० फागुन– बर्सेनि कनिका छराइका रुपमा आउने बजेट तथा दलीय भागबन्डाका कारण कर्णाली क्षेत्रको पर्यटन विकास तथा त्यसको प्रवद्र्धन हुन नसकेको सम्बन्धित सरोकारवालाहरुले बताएका छन् । कर्णाली क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति जुम्लाद्वारा आयोजित कार्यक्रममा समितिका अध्यक्ष शिवराज शर्माले विगतदेखि एकद्वार प्रणालीबाट बजेट निकासा...

अहिलेको जनशक्तिबाट आयोजना अघि बढ्न सक्दैनन्ः ऊर्जा मन्त्रालय

२०७१ फागुन १० गते ८:५९

काठमाण्डु,१० फागुन– व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिको आइतबारको बैठकमा ऊर्जा मन्त्रालयले अहिलेकै जनशक्तिबाट आयोजना अघि बढाउन नसकिने जानकारी दिएको छ । आयोजना कस्तो प्रणाली र पद्धति अपनाएर अघि बढाउनुपर्छ भन्नेमा मन्त्रालयको राजनीतिक र कर्मचारीतन्त्रको नेतृत्वबीच गम्भीर मतभेद र टकराव देखिए पनि जनशक्ति अपुगका कारण...

आर्थिक सङ्कट झेल्दै सामुदायिक विद्यालय

२०७१ फागुन १० गते ८:३३

नेपालगञ्ज,१० फागुन– सरस्वती मावि,फत्तेपुर,बाँकेका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार बुढालाई यतिबेला आफ्ना शिक्षकलाई तलब खुवाउन नसक्दा ऋण लाग्न सक्ने कुराले टाउको खाइरहेको छ । निजी स्रोतका शिक्षकलाई गत साउनदेखि तलब भुक्तानी गर्न नसकेपछि सो विद्यालयले जिल्ला शिक्षा कार्यालय र गैरसरकारी संस्थामा वैकल्पिक स्रोतका लागि हात...

स्थानीय बासिन्दाको नमुना विद्यालय बनाउने अभियान

२०७१ फागुन १० गते ८:१५

मेलम्ची,१० फागुन– सिन्धुपाल्चोक जिल्लाको महेन्द्रोदय उच्च मावि पाटीडाँडालाई शैक्षिक नगरीका रुपमा विकास गर्न स्थानीय बासिन्दा लागिपरेका छन् । विद्यालयको भौतिक तथा शैक्षिक विकास गरेर जिल्लाकै नमुना विद्यालय बनाउने उनीहरुको अठोट रहेको छ । विद्यालयको हितका निम्ति शिक्षक र अविभावक सबै आर्थिक सहयोग गर्न अग्रसर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us