इलाम,११ फागुन– यस जिल्लाका ४३ गाउँ विकास समिति र तीन वटा नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियान सुरु गरिएको एक वर्षमै सबै गाविस र नगरपालिका पूर्ण खोपयुक्त घोषणा भएका हुन् । महिला स्वास्थ्य स्वयम्सेविकाले जन्मेदेखि २३ महिनासम्मका बालबालिकाको...
इनरुवा,११ फागुन– सुनसरीको चाँदवेला–९ बरछवाको श्री प्राथमिक विद्यालयमा द्वितीय श्रेणीमा कार्यरत शिक्षक ठोमप्रसाद नेपालको निधन भएपछि शोक मनाउन सोमबार एक दिनका लागि सुनसरी जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । नेपाल शिक्षक युनियन सुनसरीले शिक्षक नेपालको निधनप्रति दुःख व्यक्त गर्दै जिल्लाका सम्पूर्ण सामुदायिक...
फागुन, ११ जाजरकोट– एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफूलाई वार्ता विरोधीका रुपमा प्रस्तुत गरिएको भन्दै आफू वार्ता र सहमतिको विरोधी नभएको बताएका छन् । मोर्चाका अन्य नेताहरु सहमतिको पक्षमा रहेको र बाबुराम सहमति र बार्ता विरोधी भएको समचार प्रति इंगित गर्दै उनले भने,...
म्याग्दी,११ फागुन– जिल्ला निर्वाचन कार्यालय म्याग्दीले ग्रामीण क्षेत्रमा खटाएको घुम्ती टोलीले १५ दिनको अवधिमा करिब ८ सय जनाको तस्बिरसहितको मतदाता नामावली दर्ता गरेको छ । यसअघि विभिन्न कारणले नाम दर्ता गर्न छुटेका,नयाँ थपिएका मतदातालाई समेट्न तथा पहिले दर्ता गरेको विवरणमा भएको त्रुटि सच्याउन र...
गौशाला,११ फागुन– महोत्तरी जिल्लाको बर्दिवास—जलेश्वर सडकखण्डमा ट्र्याक्टर पल्टिँदा एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हलखोरी–९ बस्ने ३० वर्षीय सुकदार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाको रातु खोलाबाट बालुवा लिएर आइरहेको ज १ त ४६१८ नम्बरको ट्र्याक्टरमा काम...
एजेन्सी, ११ फागुन–भूमि अतिक्रमण बिलमा संसद्भित्र विपक्षी दलहरु घेराबन्दीमा जुटिरहेका छन् भने बाहिरको माहोल पनि चर्कँदै गएको छ । जन्तरमन्तमा यसका विरुद्धमा अन्ना हजारेले दुई दिने अनासन गर्दै छन् । चार वर्षपछि अन्ना फेरी फेरी अन्नाले समाजिक मुद्दामा दिल्लीलाई हल्लाउनका लागि आन्दोलनमा गएका छन्...
इलाम, ११ फागुन– इलामको गोदक–९ जौबारीका एक युवक सोकबार मृत अवस्थामा फेला परेका छन् । जौबारीका ३५ वर्षीय कर्णबहादुर तामाङ आइतबार साँझदेखि घरबाट हराइरहेकोमा आफन्तले उनको खोजी गर्ने क्रममा घर नजिकै मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ आइतबारेबाट प्रहरी टोली गइसकेको...
बारा, ११ फागुन– सेवा केन्द्र स्थापनाको माग गर्दै सेवा ग्राहीले लगातार प्रदर्शन गर्न थालेपछि स्थानीय प्रशासनले बाराको सिमरा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । हाल कलैयामा रहेको मालपोत र नापी कार्यालय सिमरामा विस्तार गर्ने निर्णय फिर्ता लिएको विरोधमा हरेक दिनजसो झडप हुन थालेपछि जिल्ला...
नुवाकोट, ११ फागुन– राजधानी काठमाण्डुको फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको ओखरपौवा–४ सिसडोलमा स्थानीय राजनीतिक दलहरुको अगुवाइमा फोहोर फ्याँक्न अवरोध गरिएको छ । काँग्रेस–एमालेलगायतका राजनीतिक दलहरुका स्थानीय सरोकार समितिले सोमबार बिहानैबाट फोहोर फाल्न अवरोध गरेको हुन् । बिहानैबाट दलहरुको नेतृत्वमा सिसडोलमा फोहोर फ्याँक्न अवरोध गरी...
मोहत्तरी, ११ फागुन– कार्यालय प्रमुखको लापरबाहीका कारण मालपोत कार्यालय महोत्तरीमा चार सयभन्दा बढी मुद्दा लामो समयदेखि थन्किएर बसेको छ । गुठी संस्थानको नामसारी, मोही नामसारी, हकसाफी मुद्दाअन्तर्गतको जग्गासम्बन्धी लेनदेनलगायत गम्भीर प्रकृतिका मुद्दा लामो समयदेखि थन्किएको जिल्ला मालपोत कार्यालय महोत्तरीले जनाएको छ । सो कार्यालयका...
सोलुखुम्बु, ११ फागुन– सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले देशमा अहिले एकथरी मारकाट र अर्कोथरी माघ १९ दोहो¥याउने खेलमा लागेको बताएका छन् । जिल्ला विकास समिति सोलुखुम्बुको आइतबार साँझ अबेर सम्पन्न २३औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण कार्यक्रममा मन्त्री रिजालले अहिले एमाओवादी नेतृत्वको मोर्चा मारकाटमा...
पर्सा, ११ फागुन– पर्सा जिल्लाको प्रसौनीभाठा–८ की स्थानीय एक महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । घरमा नै गएराति पासो लगाएर झुन्डिएको अवस्थामा सोही ठाउँका जितेन्द्र पटेलकी २० वर्षीया श्रीमती बिनिता पटेलको शव फेला परेको हो । शङ्कास्पद अवस्थामा शव फेला परेका कारण...