काठमाण्डु, २५ पुस – सरकारले सशस्त्र प्रहरी बलका १२ जना डीआईजीको सरुवा गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । साथै बैठकले दक्षिण सुडानमा ८ सय ५० जना नेपाली सेना पठाउने निर्णय गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिए ।...
काठमाण्डु, २५ पुस – नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानमाथिको आक्रमण नियोजित नभएको प्रहरीले दाबी गरेको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकाले पत्रकार सम्मेलन गरेर प्रधानमाथिको आक्रमण नियोजित नभएको बताएको हो । पुस २३ गते काठमाण्डुको भीमसेनगोलामा प्रधान चढेको गाडीमा युवाहरुको एक समूहले अन्धाधुन्ध...
काठमाण्डु, २५ पुस- नेकपा(माले) का केन्द्रीय नेताहरु सहित ३ सय ५० जना एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष झलनाथ खनालले पार्टी मुख्याल बल्खुमा उनीहरुलाई पार्टी प्रवेश गराए । मालेका केन्द्रीय सदस्यहरु देउमान साम्वाहाम्फे, भाष्कर काफ्ले, चन्द्रकला सुब्बा, वासुदेव आमात्य र सुकदेव यादव सहितका...
काठमाण्डु, २५ पुस– नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरम नेपाल र सद्भावना पार्टीबीच पार्टी एकीकरण हुन लागेको बताएका छन् । यसकालागि तीन पार्टीका अध्यक्षकोबीचमा सहमति भइसकेको कर्णले बताए । काठमाण्डु भएको कार्यक्रममा कर्णले संविधानसभाको पहिलो बैठक भन्दा...
काठमाण्डु, २५ पुस – राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नयाँ म्याण्डेट अनुसार राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले विहीबार रिट दायर गरेका हुन् । नयाँ राष्ट्रपति चयन गर्ने कि नगर्ने भन्ने...
काठामडौं, २५ पुस– एमाओवादी नेता वर्षमान पुनले संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले नै बोलाउनु पर्ने बताएका छन् । रिपोटर्स क्लबमा भएको कार्यक्रममा पुनले सर्वोच्च अदालतले राष्ट्रपतिलाई बैठक बोलाउन रोक नलगाएको भन्दै संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले बोलाएर छिटो सरकार गठन गर्नुपर्ने बताए । ‘अदालतमा मुद्दा परेपनि...
काठमाण्डु, २५ पुस – सडक विभागले काठमाण्डु उपत्यकामा हालसम्म ४० किलोमिटर सडकखण्डको पुनर्निर्माण कार्य सम्पन्न भएको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले सडक विभागअन्तर्गत ८८ वटा सडकमा १०५ किमि पुनर्निर्माण कार्य भइरहेकामा हालसम्म ४० किमि पूरा भएको, यसै आवभित्र...
काठमाण्डु, २५ पुस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले देशमा अपार प्राकृतिक सौन्दर्य र सम्पदा हुँदाहुँदै पनि सक्षम नेताको अभावमा पर्यटनको उचित विकास गर्न नसकिएको बताएका छन् । नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्टस (नाट्टा)को ५० औँ वार्षिक साधारणसभालाई विहीबार राजधानीमा...
चितवन, २५ पुस – विगत लामो समयदेखि मर्मतसम्भारको अभावमा बिग्रिएको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–लोथर सडकखण्डलाई पूर्णरुपमा मर्मत गरिने भएको छ । सडकखण्डका बिग्रिएका ठाउँको मर्मत गरी पूरै क्षेत्रमा एक तह थप गरिने भएको छ । प्राविधिक भाषामा ‘अस्पाल्ट ओभरलेस’ नामको सो मर्मत गर्न बोलपत्र आह्वान...
काठमाण्डु, २५ पुस– नेकपा मालेका केही केन्द्रीय सदस्य विहीबार नेकपा एमालेमा प्रवेश गरेका छन् । भाष्कर काफ्लेको नेतृत्वमा एक दर्जन भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा काफ्लेसहित देउमान सम्बाहाम्फे, चन्द्रकला सुब्बा, बासुदेव अमात्य, सुकदेव यादवलगायत छन् । पार्टी...
महोत्तरी, २५ पुस । गोली हानी २० लाख लुट्ने एक अभियुक्तलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ । जेल चलान हुनेमा सर्लाही जिल्लाको धनकौल गाविस–२ बस्ने ३२ वर्षीय राकेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त भण्डारीले एक वर्ष...
दैलेख, २५ पुस – नौमूले बजारबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको भे १ त ४३८२ नम्बरको ट्रयाक्टरले किचेर एक जनाको मृत्यु भएको छ । सोही ट्रयाक्टरका सहचालक द्धारी गाविस–४ जैसीडाँडाका १८ वर्षिय बलबहादुर रानाको मृत्यु भएको हो । बिहान १० बजे सदरमुकाम आउँदै गर्दा विनीखोलानजिक...