मोदी सरकारको विरोधमा अन्ना हजारे जन्तर–मन्तरमा

काठमाण्डु टुडे २०७१ फागुन ११ गते ६:४५ मा प्रकाशित

anna_hazare_650_022315063747एजेन्सी, ११ फागुन–भूमि अतिक्रमण बिलमा संसद्भित्र विपक्षी दलहरु घेराबन्दीमा जुटिरहेका छन् भने बाहिरको माहोल पनि चर्कँदै गएको छ । जन्तरमन्तमा यसका विरुद्धमा अन्ना हजारेले दुई दिने अनासन गर्दै छन् ।

चार वर्षपछि अन्ना फेरी फेरी अन्नाले समाजिक मुद्दामा दिल्लीलाई हल्लाउनका लागि आन्दोलनमा गएका छन् । यसपटक अन्ना किसानको मुद्दालाई लिएर आन्दोलनमा उत्रिएका हुन् ।

जमिन अतिक्रमण कानुन संशोधनको विरुद्धमा सोमबारबाट जन्तरमन्तरमा किसानहरुलाई साथ दिँदै धर्ना दिनेछन् ।

अन्नाले जन्तरमन्तरमा धर्नादिनुभन्दा अगाडि शुक्रबार पलबलबाटै किसान अधिकार चेतावनी सत्याग्रह पैदलयात्र पनि हरियो झण्डा देखाइसकेका छन् । यो पदयात्र पनि सोमबार जन्तरमन्तरमा पुग्दै छ ।

अन्नाका अनुसार आगामी तीन चार महिनासम्म किसानको जगाउने कार्यक्रम जारी रहनेछ ।

दिल्लीमा आम आद्मी पार्टीले जितेपछि अन्ना हजारेको यहाँ पहिलो पदर्शन हुन लागेको हो । आशा गरिएको छ कि यसमा आम आद्मी पार्टीका नेता पनि सामेल हुनेछन् ।

संसदको बजेट सत्रमा यो कानुन मोदी सरकारका लागि समस्या बन्न सक्ने देखिन्छ किनकि अन्ना मात्रै नभएर धेरै पार्टी यस कानुको विरोधमा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us