समाचार

श्रीमान श्रीमती लजमा बस्दै हुनुहुन्छ ? प्रहरीको फन्दामा पर्नुहोला

२०७१ फागुन १० गते १५:०७

चितवन, १० फागुन के श्रीमान श्रीमती लजमा बस्दै त्यसो हो भने त्यस्तो गल्ती नगर्नुस् । प्रहरीले श्रीमान श्रीमती भए पनि लजमा बस्नेलाई प्रहरीले नछाड्ने भएको छ । प्रहरीले भरतपुर र नारायणगढका जलबाट पाँच जोेडी श्रीमान श्रीमतीलाई नियन्त्रणमा लिएको छ । अवैध यौन क्रियाकलापमा संलग्न...

काठमाण्डुमा छाला जुत्ता प्रदर्शनी हुँदै

२०७१ फागुन १० गते १३:२८

काठमाण्डु,१० फागुन– नेपालका साना तथा लघु घरेलु उद्योगलाई आधुनिकीकरण गर्दै विदेशी बजारमासमेत परिचित गराउने उद्देश्यले फागुन १३ देखि १९ सम्म भृकुटीमण्डपमा ‘चौँथो बृहत छाला जुत्ता तथा वस्तु प्रदर्शनी’ हुने भएको छ । नेपाल छाला जुत्ता उत्पादक सङ्घले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका कार्यवाहक...

विपक्षीहरु वार्तामा नआए प्रक्रिया अघि बढ्छः साउद

२०७१ फागुन १० गते १३:१४

रुपन्देही,१० फागुन– सिँचाइ मन्त्री नारायणप्रकाश साउदले फागुन १६ सम्म पनि विपक्षीहरु वार्ता र संवादमा नआए प्रक्रियामा गएर संविधान निर्माण गरिने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल पश्चिमाञ्चल क्षेत्रीय समितिले आइतबार भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आयोजना गरेको साक्षात्कारमा मन्त्री साउदले आम नागरिकको चाहना शान्ति र संविधान...

एक लाख घुससहित भट्टराई रंगेहात पक्राउ

२०७१ फागुन १० गते १२:४९

काठमाण्डु, १० फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक व्यक्तिलाई घुस लिदालिदै रंगेहात पक्राउ गरेको छ । राष्ट्रिय अनुसन्धान विभागको कार्यालय हेटौडामा कार्यरत अनुसन्धान सहायक मिठाराम भट्टराई एक लाख घुससहित रंगेहात पक्राउ परेका हुन्। अनुसन्धान सहायक पदमा नाम निकालीदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने...

ग्यास वितरणमा प्रहरीको सक्रियता

२०७१ फागुन १० गते १२:३१

म्याग्दी,१० फागुन– गत मङ्सिरदेखि खाना पकाउने एलपी ग्यास अभावको समस्या भोगिरहेका म्याग्दीवासीलाई आइतबार एक हजार ४ सय सिलिन्डर वितरण गरिएको छ । प्रहरीको रोहबरमा ग्यासको अधिकृत बिक्रेताले उपभोक्तालाई ग्यास वितरण गरेका हुन् । ग्राहकको विवरण टिपेर प्राथमिकताका आधारमा प्रहरीको रोहबरमा उपभोक्तालाई ग्यास वितरण गरिएको...

उद्योग वाणिज्य सङ्घ मकवानपुरमा नयाँ नेतृत्व

२०७१ फागुन १० गते १२:२५

हेटौँडा,१० फागुन– मकवानपुर उद्योग वाणिज्य सङ्घको ४८औँ वार्षिक साधारणसभाको निर्वाचनबाट राजकुमार न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचनमा अध्यक्ष पदमा न्यौपानेले ६०९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ज्योति रत्न बज्राचार्यले ५५९ मत पाएका छन् । सङ्घको ४८औँ वार्षिक...

खानेपानीको हाहाकारपछि गाउँ छाड्दै

२०७१ फागुन १० गते १२:०६

मेलम्ची,१० फागुन– सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० मा खानेपानीको हाहाकार भएपछि गम्भीरमान राजभण्डारीको परिवारै बसाइँ स¥यो । एक गाग्री पानीकै लागि सिङ्गो बिहान खर्चिनुपर्ने भएपछि राजभण्डारी परिवार आफ्नो पुख्र्यौली गाउँ छाड्न बाध्य बनेको हो । दैनिक आवश्यकताका लागि खानेपानीको सहज आपूर्ति नभएपछि राजभण्डारीसहित पाँच परिवारले...

चर्को ब्याज दिने भन्दै रकम लुट्ने पक्राउ

२०७१ फागुन १० गते ११:५९

काठमाण्डु, १० फागुन– राजधानीको विभिन्न स्थानमा चर्को ब्याज दिने भन्दै विभिन्न ब्याक्तिलाई ठगी गर्ने दुई जना दीदी भाई पक्राउ परेका छन् । विभिन्न ब्यक्तिलाई दुई दिनका लागी चर्को ब्याज दिने भन्दै रकम ल्याएर विभिन्न स्थानमा मानीसलाई बोलाउने र रकम हातमा परेपछि लड्याउने औषधी खुवाएर...

दैनिक ५० युवाद्वारा राहदानीका लागि आवेदन

२०७१ फागुन १० गते ११:४३

चरिकोट,१० फागुन– दोलखामा दैनिक ५० जना युवाले राहदानीका लागि आवेदन दिने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय,दोलखाको तथ्याङ्कअनुसार गत साउन महिनादेखि माघसम्म करिब तीन हजार युवाले राहदानीका लागि आवेदन दिएका छन् । त्यस्तै द्रुत गतिको राहदानी काठमाडौँबाट लिन तीन हजार...

झिमरुक उपत्यकामा हरित करिडोर निर्माण हुँदै

२०७१ फागुन १० गते ११:२२

प्यूठान,१० फागुन– प्यूठानको झिमरुक उपत्यकालाई एउटै सडक सञ्जालमा जोड्ने गरी झिमरुक नदी किनारमा ‘हरित करिडोर’ निर्माण कार्य सुरु भएको छ । दाखाक्वाडीदेखि बाग्दुला हुँदै दम्तीसम्म बिस्तार गरिने सडक १२ किलोमिटर लामो हुने सडक डिभिजन कार्यालय नयाँगाउँले जनाएको छ । सडक निर्माणका लागि यस वर्ष...

पर्यटन बोर्ड र टानमा आन्दोलन चर्काउने मजदुरहरुको चेतावनी

२०७१ फागुन १० गते १०:५३

काठमाण्डु,१० फागुन– नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)  र मजदुर सङ्गठनबीच भएको सहमति तत्काल कार्यान्वयन गर्न नेपाल ट्रेकिङ–ट्राभल्स–याफ्टिङ–एयरलाइन्स ९युनिट्राभ० मजदुर युनियनले माग गरेको छ । युनिट्राभले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष श्यामकुमार राईले पर्यटन क्षेत्रमा देखापरेको भ्रष्टाचार,विकृति र विसङ्गतीविरुद्ध...

काँग्रेसले संविधान ल्याएरै छाड्छः प्रधानमन्त्री

२०७१ फागुन १० गते १०:४३

धादिङ, १० फागुन– प्रधानमन्त्री सुशील कोइरालाले नेपाली काँग्रेसले संविधान ल्याउनकै लागि लामो समयदेखि राजनीतिक सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै जतिसुकै ठूलो मूल्य चुकाएर भए पनि लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्। आइतबार धादिङको बैरेनीमा आयोजित गणेशमान सिंह बलिदान अभियान कार्यक्रमलाई सम्बोधन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us