दैनिक ५० युवाद्वारा राहदानीका लागि आवेदन

काठमाण्डु टुडे २०७१ फागुन १० गते ११:४३ मा प्रकाशित

pasport
चरिकोट,१० फागुन– दोलखामा दैनिक ५० जना युवाले राहदानीका लागि आवेदन दिने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय,दोलखाको तथ्याङ्कअनुसार गत साउन महिनादेखि माघसम्म करिब तीन हजार युवाले राहदानीका लागि आवेदन दिएका छन् ।

त्यस्तै द्रुत गतिको राहदानी काठमाडौँबाट लिन तीन हजार ५ सय युवा काठमाडौँ गएको राहदानी फाँटमा कार्यरत कर्मचारी सुमना थापाले बताए ।

जिल्ला प्रशासन कार्यालय,दोलखाले परराष्ट्र मन्त्रालयलाई राहदानी आवेदकले फाराम भर्दा विभिन्न त्रुटि गर्दा राहदानी पाउन ढिला हुने गरेको थापाले बताए ।

राहदानी लिन सदरमुकाम चरिकोट आएका लापिलाङ गाविस–४ का सहदेव श्रेष्ठले परराष्ट्र मन्त्रालयको लापर्बाहीका कारण काठमाडौँबाट राहदानी लिन जाँदा विभिन्नखाले समस्या झेल्नु परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us