शङ्कास्पद अवस्थामा भेटियो महिलाको शव

काठमाण्डु टुडे २०७१ फागुन ११ गते ४:३७ मा प्रकाशित

susaid-atmahatyaपर्सा, ११ फागुन– पर्सा जिल्लाको प्रसौनीभाठा–८ की स्थानीय एक महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ ।

घरमा नै गएराति पासो लगाएर झुन्डिएको अवस्थामा सोही ठाउँका जितेन्द्र पटेलकी २० वर्षीया श्रीमती बिनिता पटेलको शव फेला परेको हो । शङ्कास्पद अवस्थामा शव फेला परेका कारण उनको हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक निशान्त थापाले बताए ।

उनका पति जितेन्द्र वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका कारण पनि उनको हत्या भएको हुन सक्ने आशङ्का गरिएको हो । घरपरिवारका सदस्यहरु सबै फरार रहेको प्रहरीले जनाएको छ । शवपरीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us