समाचार

‘नेपाल विश्वशान्ति र निःशस्त्रीकरण चाहन्छ’

२०७० पुष २६ गते ८:०२

काठमाण्डु, २६ पुस – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले विश्वशान्ति र निःशस्त्रीकरण नेपालको चाहना भएको बताएका छन् । संयुक्त राष्ट्र संघका उपमहासचिव एवम् निःशस्त्रीकरण मामिलासम्बन्धी उच्च प्रतिनिधि एन्जिला केनसँग विहीबार आफ्नै कार्यकक्षमा भएको भेटमा रेग्मीले शान्ति, विकास र आमविनाशका हतियाररहित विश्व हुनुपर्ने नेपालको चाहना रहेको...

अपाङ्ग महासंघको राजधानी केन्द्रित आन्दोलन स्थगित

२०७० पुष २६ गते ७:५६

काठमाण्डु, २६ पुस – संविधानसभा सदस्यमा मन्त्रिपरिषदद्वारा मनोनयन हुने २६ जनामा अपाङ्गता भएका कम्तीमा चार जनालाई समावेश गर्नुपर्ने माग राख्दै आन्दोलनरत राष्ट्रिय अपाङ्ग महासंघले काठमाण्डुमा केन्द्रित आन्दोलन ४८ घन्टाका लागि स्थगन गरेको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वार्ताका लागि महासंघका पदाधिकारी बोलाए पछि...

कक्षा ११ को परीक्षाफल प्रकाशित

२०७० पुष २६ गते ७:३४

काठमाण्डु, २६ पुस–उच्च माध्यमिक शिक्षा परीषदले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार प्रकाशित नतिजा अनुसार ४० प्रतिशत अर्थात १ लाख ४ हजार ९ सय ६९ परीक्षार्थी उत्तिर्ण भएका छन् । यस्तै आंशिकतर्फ ३२.९३ प्रतिशत अर्थात ५० हजार ९ सय ८ परीक्षार्थी...

चिसोबाट मृत्यु हुनेको संख्या पाँच

२०७० पुष २६ गते ७:२७

बर्दिवास, २६ पुस – महोत्तरीमा यस वर्ष चिसोका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मंसिर अन्तिम सातादेखि चलेको पश्चिमी वायुसँगैको चिसो स्याँठ चलिरहेको छ ।  लगातारको स्याँठ छल्न न्यानो लुगा र पोषिलो खानाको जोहो हुन नसक्दा जिल्लाका गाउँनगर बस्तीका दीर्घरोगी वृद्ध चिसोले...

दलहरुबीच विवाद भएपछि किसान आफैंले गोरु जुधाउने

२०७० पुष २६ गते ७:१३

नुवाकोट, २६ पुस – तारुका गाविसको ऐतिहासिक महत्व बोकेको गोरु जुधाइ मेला यस वर्ष एकै स्थानमा आयोजना गरिने भएको  छ । हरेक वर्ष मकर संक्रान्तिको दिन तारुका–५ चन्दनीको बारीको ठूलो पाटोमा हुँदै आएको मेला गत वर्ष राजनीतक दलको विवादका कारण दुई स्थानमा भएको थियो...

डेढ किलो सुनसहित एकजना पक्राउ

२०७० पुष २६ गते ५:५८

वीरगन्ज, २६ पुस–पर्साको वीरगन्जमा डेढ किलो सुनसहित शुक्रबार विहान एक युवक पक्राउ परेका छन् । प्रहरीले जगरनाथपुर–३ वगहीका २२ बर्षीय सन्जिव सर्राफलाई वीरगञ्ज बसपार्कबाट सुन सहित पक्राउ गरेको हो । विहान ६ बजे बसपार्कमा हिँडिरहेको अवस्थामा उनलाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक...

यातायात बन्दले जनजीवन प्रभावित

२०७० पुष २६ गते ५:२१

कञ्चनपुर, २६ पुस–कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि सञ्चालन हुने लामो र छोटो दूरीका यातायातका साधनहरू  अनिश्चितकालको लागि बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । यातायातका साधनहरू बन्द हुँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ । यातायातका साधनहरू सञ्चालन नहुँदा यात्रु पैदल नै गन्तव्यमा जान बाध्य भएका छन्...

गैंडाको आक्रमणबाट मृत्यु

२०७० पुष २६ गते ४:१५

रत्ननगर, २६ पुस–चितवनको मंगलपुरमा गैंडाको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । मंगलपुर–८ निवासी ४५ वर्षीय बुद्धिमान थापाको गैंडाले हानेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार जङ्गलमा घाँस काट्न गएका बेला बिहीबार अपराह्न थापालाई गैँडाले आक्रमण गरेको थियो । गम्भीर अवस्थामा फेला...

विवादित शर्मा डिन बनेपछि केसी अनसन बस्ने

२०७० पुष २६ गते ४:०६

काठमाण्डु, २६ पुस–त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा नयाँ डिन नियुक्ति विरुद्ध शिक्षण अस्पतालका बरिष्ठ हार्डजोर्नी विशेषज्ञ डा. गोविन्द केसी अनसन बस्ने भएका छन् । विहीबार त्रिवि कार्यकारी परिषदले डा. प्रकाश सायमीको राजीनामा स्वीकृत गरी डा. शशि शर्मालाई आईओएममा डिन नियुक्त गरेको...

घर जल्दा ४० लाख क्षति

२०७० पुष २६ गते ३:४७

धरान, २६ पुस–सुनसरीको इटहरीस्थित एक घरमा शुक्रबार विहान आगलागी हुदा चालीस लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । इटहरी नगरपालिका २ को झुल्केचोकस्थित बीरबहादुर राईको दुईतले घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीले सँगै जोडिएका अरु दुईवटा घरमा पनि क्षति...

रेबिजले बृद्धको मृत्यु

२०७० पुष २६ गते २:५६

जाजरकोट, २६ पुस–जाजरकोटमा रेबिजका कारण वृद्धको मृत्यु भएको छ । तीन महिनाअघि बहुला कुकुरले टोकेका जाजरकोट झाप्रा–२ का ६० वर्षीय शान्तबहादुर थापाको बिहीबार मृत्यु भएको हो । रेबिज विरुद्धको खोप गाउँमा नपाएपछि स्थानीय जडीबुटी मात्र गरेका उनको टोकेको तीन महिनापछि मृत्यु भएको स्थानीयवासीको भनाइ...

पार्टी सुधारमा लाग्न एमाओवादीलाई सुझाव

२०७० पुष २६ गते २:१५

काठमाण्डु, २६ पुस – एकीकृत माओवादीका केन्द्रीय सल्लाहकारहरुले पार्टी सुधार्न सम्पूर्ण शक्ति परिचालन गर्न नेतृत्वलाई सुझाव दिएका छन् । केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको सल्लाहकार समिति बैठकमा धारणा राख्नेहरुले पार्टीका शीर्ष नेताहरुबीचको मतभेद रोक्न र मिलेर अघि बढ्न सुझाव दिएका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us