सिरहा, १२ फागुन– सिरहाको लहान नगरपालिका–१३ बस्तीपुरस्थित एक घरमा आज बिहान एक समूहले लुटपाट गरेका छन् । करिब ३०/४० जनाको समूहमा आज बिहान २ बजे आएका समूहले लहान नगरपालिका–१३ स्थित कपिलदेव यादवको घरमा लुटपाट गरेका हुन् । लुटेराले यादवको श्रीमतीलाई कुटपिट गर्दै धाकधम्की देखाएर...
इलाम, १२ फागुन– बहुविवाहको आरोपमा पक्राउ परेका इलाम साङरुम्वा–८ का ३१ वर्षीय तेजबहादुर मगर र सोही स्थानकी ४० वर्षीया चन्द्रकुमारी पिठाकोटेलाई जिल्ला अदालत इलामले सोमबार जनही एक वर्ष कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी...
पर्सा, १२ फागुन– वीरगन्ज–पथलैया सडकखण्डमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । बाराको रामपुरटोकनी–३ मा गएराति भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको हो । दुर्घटनामा पर्सा रामगढवा–७ बस्ने वर्ष...
रौतहट, १२ फागुन– रौतहटमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । जिल्लाको राजपुरमा नम्बर नखुलेको सवारी साधनले ना १४ प ५०४७ नम्बरको मोटरसाईकल ठक्कर दिँदा पछाडि बसेका राजपुर–१ का जगरनाथ मुखियाको घटनास्थलमै मृत्यु भएको...
काठमाण्डु, १२ माघ– एमाले समर्थित युवासंघ नेपाल फुटको संघारमा पुगेको छ । अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षबीचको विवाद बढेसँगै युवासंघ फुटनजिक पुगेको हो । अध्यक्ष महेश बस्नेत मन्त्री भएपछि उनले उपाध्यक्ष निरु पाललाई अध्यक्ष तोकेका थिए । तर नेपाल पक्षले पाललाई...
काठमाण्डु, १२ फागुन– प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बेलुका भेटवार्ता भएको छ । बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच मङ्गलबार बस्ने संवैधानिक परिषद्को बैठक, संविधान निर्माण र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको दाहालका स्वकीय–सचिव चुडामणि खड्काले...
जुम्ला, १२ फागुन– जिल्ला प्रहरी कार्यालय जुम्लाले मरेको रेडपान्डासहित दुईजनालाई पक्राउ गरेको छ । सदरमुकामदेखि करिब आठ किलोमिटर दूरीमा रहेको प्रहरी चौकी हाकुले सदरमुकामबाट नाग्मातिर जाँदै गरेको बसमा हिजो जाँच गर्ने क्रममा मरेको रेडपान्डासहित दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ हुनेमा मालिकाठाटा गाविस–४ का...
काठमाण्डु, ११ फागुन– एमाओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले विवादित छविका ल्यारक्याल लामाको क्षमताबाट प्रभावित भएर उनलाई सभासद सिफारिस गरिएको बताएका छन् । सोमबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै उनले ल्यारक्यालको क्षमता देखेर आफू र नेता बाबुराम भट्टराई प्रभावित भएको बताए । ‘होटल ¥याडिशनमा भएको...
काठमाण्डु, ११ फागुन– नेपाली काँग्रेसले अनुशासनको कारबाहीमा परेका केन्द्रीय सदस्य सुजाता कोइरालासहितका नेतालाई आममाफी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय समिति बैठकले कारबाही फुकुवाको निर्णय गरेको हो । बैठकमा महामन्त्री कृष्ण सिटौलाले कारबाहीमा परेका नेतालाई आममाफी दिने प्रस्ताव पेश गरेका थिए...
काठमाण्डु,११ फागुन– वसन्तपुरस्थित एक ट्युसन सेन्टरमा दुई किशोरी विद्यार्थीको शरीरमा तेजाब (एसिड) प्रहार गरिएको घटनाका सम्बन्धमा शिक्षासम्बन्धी सरोकारवाला सञ्जाल र विद्यार्थी सङ्गठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिइ० नेपाल, बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय सञ्जाल (सिजप), मानव अधिकार...
काठमाण्डु, ११ फागुन– आइतबार एसिड छ्यापिएकी दुई किशोरीको उपचारमा नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सहयोग गर्ने भएको छ । अनेरास्ववियुका महासचिव नविना लामाका अनुसार अहिले उपचारका लागि दुबै किशोरीलाई ५/५ हजार दिने बताएका छन् । अनुहारमा कुनै समस्या भई स्किनको थप उपचार गर्नुपर्ने देखिए अनेरास्ववियुले...
नेपालगञ्ज, ११ फागुन– एमाले नेता माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूहरुको कुनै सहमति नगरेको दाबी गरेका छन् । बाँकेको कोहलपुरमा सोमबार भएको एक कार्यक्रममा उनले ज्ञानेन्द्रसँग सहमति भएकोबारे आफूलाई जानकारी नभएको बताएका हुन् । संक्रमणकालको फाइदा उठाउन ज्ञानेन्द्रले राजतन्त्र राख्ने सहमतिको हल्ला पिटाएको दाबी...