काठमाण्डु, ११ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलको शीर्ष नेतृत्वबीच अनौपचारिक कुराकानी सुरु भएको बताएका छन् । प्रमुख दैनिक, केही अनलाइन र टेलिभिजनका सम्पादकसँग सोमबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा भएको अन्तरक्रियामा उनले दलहरुबीचको अविश्वास हटाएर सहमति निर्माणको प्रयासमा कुराकानी सुरु...
काठमाण्डु, ११ फागुन– पराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले बेलायती राजदूतको घटनाबाट सबै विदेशी कुटनीतिक निकायहरुले पाठ सिक्नुपर्ने बताएका छन् । बोष्टर मिडिया प्रा.लि.ले सञ्चालनगदैं आएको नेपालफ्लोरिडा डटकमको सोमबार उद्धघाटन कार्यक्रममाबोल्दै मन्त्री पाण्डेले नेपालको हितमा बोल्दा ख्यालगर्न समेत सुझाव दिए । उनले कसैले नेपालको अस्मितामाथि आँच...
काठमाण्डु, ११ फागुन– दुबईबाट काठमाण्डु आएका २६ बर्षीय बंगलादेशी नागरीक मोहम्मद अलि हैदरलाई प्रहरीले चेकजाँच गर्ने क्रममा शरीरमा लुकाउको अवस्थामा ६ किलो ५२९ ग्राम सुन सहित पक्राउ गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अन्तराष्ट्रिय उडानतर्फको आगमन भन्सार चेकजाँच एरिया पश्चात प्रि–पेड ट्याक्सी काउण्टर अगाडी...
मेलम्ची,११ फागुन- कारोबार दैनिक सिन्धुपाल्चोकका संवाददाता टङ्क खड्कालाई दुई व्यापारीले धम्की दिएका छन् । खड्काले केही दिनअघि एक रोपनीको वार्षिक भाडा १ सय ६१ रुपैयाँ शीर्षकमा छापिएको समाचारलाई लिएर जग्गा भाडामा लिनेहरू रवीन्द्र श्रेष्ठ र सुदर्शन प्रधानले खड्कालाई समाचार किन छापिस् भन्दै धम्की दिएका...
काठमाण्डु, ११ फागुन– सत्तारुढ दल कांग्रेसभित्र संविधान निर्माणमा नेतृत्वदायी भूमिका नखेलेको भन्दै पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालको कडा आलोचना भएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सबैभन्दा ठूलो दलका नाताले संविधान निर्माणमा नेतृत्वदायी भूमिका नखेलेको भन्दै सदस्यले...
काठमाण्डु, ११ फागुन– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई भौतिक रुपमा सिध्याउने षड्यन्त्र भइरहेको सूचना सरकारले नै दिएको बताएका छन् । राजधानीमा सोमबार प्रमुख दैनिक, अनलाइन र टेलिभिजनका सम्पादकहरुसँगको भेटमा उनले सरबारबाटै आफूले त्यस्तो सूचना पाएको बताए । सरकारले दिएको सूचना आफूले बाहिर...
काठमाण्डु,११ फागुन– नेपाली समाजमा रहेको बोक्सी प्रथाको उन्मूलनका लागि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’राष्ट्रिय जागरण प्रतिष्ठानको सोमबार विधिवत रुपमा स्थापना भएको छ । नेपाली समाजमा रहेको महिलामा हुने हिंसा,चेलीबेटी बेचबिखन,दाइजो प्रथा,बोक्सी प्रथालगायतविरुद्ध आवाज उठाउन संस्था स्थापना गरिएको संस्थाका अध्यक्ष कोविदशरण उपाध्यायले बताए । उनले भनेः...
काठमाण्डु, ११ फागुन–एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्न विलम्ब गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । आफ्नो निवास बालकोटमा ६४ औँ जन्मदिनका अवसरमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले संविधान जारी गर्न नदिने षड्यन्त्र भएरहेको बताउँदै चाँडो संविधान जारी गरेर मुलुकमा कानुनको राज,...
मेलम्ची,११ फागुन– सिन्धुपाल्चोक जिल्लाको ऐसेलुखर्क उच्चमावि बाँडेगाउँको नाममा रहेको जग्गा दोस्रो पक्षलाई भाडामा दिँदा स्थानीय ओक्रोशित भएका छन् । विद्यालयको नाममा नवलपुर गाविस–८ मा रहेको ९ सय रोपनी जग्गा ४९ वर्षका लागि भाडामा दिएपछि स्थानिय आक्रोशित भएका हुन् । विद्यालय व्यवस्थापन समितिले उक्त जग्गा...
दाङ, ११ फागुन– गएको पुस २८ गते दुधरासमा भएको दुर्घटनामा परी ज्यान गुमाएका घोराही नगरपालिका–७ का लालप्रसाद घर्तीमगरका परिवारले उक्त दुर्घटनाका दोषीलाई कारबाहीको माग गरेका छन् । बिजौरी–१ स्थित बा३ख ५३९३ नम्बरको बसको ठक्करले लालप्रसादका मृत्यु भएको थियो । मृतकका परिवारले सोमबार घोराहीमा पत्रकार...
काठमाण्डु,११ फागुन– सञ्चारिका समूह नेपालले गत माघ महिनामा मात्र १० महिलाको हत्या भएको जनाएको छ । गत माघ १ देखि २९ गतेसम्म १४ वटा राष्ट्रिय दैनिक पत्रिकामा गरेको सञ्चार अनुगमनले १० जना किशोरी तथा महिलाको हत्या भएको सञ्चार अनुगमनका संयोजक रामशरण सेढाँइले जानकारी दिए...
झापा,११ फागुन– दक्षिणी झापाको डाँगीबारी निवासी तिवारी परिवारले आफ्ना पितृको स्मृतिमा एक करोड मूल्यबराबरको सात कट्ठा जग्गा उपस्वास्थ्य चौकी डाँगीबारीलाई निःशुल्क प्रदान गरेको छ । डाँगीबारी–६ निवासी चन्द्रमाया तिवारी र उनका छोराद्वय ज्ञानेन्द्र तथा पुण्यप्रसाद तिवारीले स्वर्गीय पति तथा पिता भानुप्रसाद तिवारीको स्मृतिमा उक्त...