चौतारा, १२ फागुन– प्रतिबन्धित चारकिलो सालकको खबटासहित श्रीमान्–श्रीमतीलाई मंगलबार अपराह्न सिन्धुपाल्चोकको अत्तरपुरमा प्रहरीले पक्राउ गरेको छ । चीनको खासा लैजाने क्रममा विशेष सुराकीका आधारमा मुढे प्रहरी र बाह्रबिसे प्रहरीको सक्रियतामा अत्तरपुर–९ निवासी ७४ वर्षीय श्रीमान् हरदेभ मोक्तान र ६० वर्षीय श्रीमती मसली मोक्तानलाई पक्राउ गरिएको...
नवलपरासी, १२ फागुन– एमाओवादीका नेता डा. बाबुराम भट्टराईले सत्तारुढ दलका शीर्ष नेताहरुको प्रवृत्तिका कारण देशमा द्वन्द्व निम्तने खतरा रहेको बताएका छन् । मंगलबार नवलपरासीको डण्डामा क्रान्तिकारी पत्रकार सङ्घले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले ती नेताहरु शान्ति प्रक्रियाका विरोधी रहेको आरोप लगाए । परिवर्तनको...
नुवाकोट, १२ फागुन– विभिन्न माग राख्दै नुवाकोट ओखरपौवा गाउँ विकास समितिका स्थानीय राजनीतिक दलहरुले सिसडोलमा फोहर फाल्न पुर्याएको अवरोध जारी रहेको छ । विभिन्न माग राखी ‘ओखरपौवा फोहरमैला समन्वयन समिति’ले पुर्याउन सुरु गरेको अवरोध समाप्त गर्न सरकारका मुख्य सचिव लीलामणि पौडेलसँग सोमबार भएको वार्ता...
काठमाण्डु, १२ फागुन– मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राजेन्द्रबहादुर क्षेत्रीलाई सेनाको सेकेन्ड म्यान ‘रथी’ मा बढुवा गरेको छ। पवनबहादुर पाँडेले उमेर हदका कारण अवकाश पाएपछि रिक्त रहेको सेकेन्ड म्यानमा सरकारले क्षेत्रीलाई बढुवा गरेको हो। क्षेत्री वर्तमान प्रधान सेनापति गौरवशमशेर राणाले अवकाश पाएपछि अर्को वर्षको भदौ...
काठमाण्डु, १२ फागुन– पूर्वयुवराज्ञी हिमानी शाह गत माघ २९ मा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा जेलमा रहेका पति पूर्वयुवराज पारस शाहलाई भेट्न भन्दै थाइल्याण्ड प्रस्थान गरिन् । पाँच दिन बसेर उनी ६ फागुनमा नेपाल फर्किइन् । पूर्वराजाको सचिवालयको हवाला दिँदै अधिकांश नेपाली सञ्चार माध्यमले...
काठमाण्डु, १२ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष पावर सेयरिङको प्रस्ताव राखेका छन् । सोमबार साँझ आफूलाई भेट्न बालुवाटार पुगेका प्रचण्डसमक्ष कोइरालाले त्यस्तो प्रस्ताव राखेको श्रोतले काठमाण्डु टुडेलाई बतायो । प्रधानमन्त्री भेट्नुअघि बानेश्वरमा विभिन्न सञ्चार गृहका सम्पादकसँगको सामूहिक कुराकानीमा उनले...
बागलुङ, १२ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डुको टोलीले घुस लिँदै गर्दा जिल्ला कार्यालय बागलुङका जिल्ला वन अधिकृत र सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ । फर्निचर व्यवसायीसँग दुईजनाले २५/२५ हजार घुस लिँदै गर्दा बागलुङको एक होटलबाट सोमबार राति जिल्ला वन कार्यालयका जिल्ला वन...
काठमाण्डु, १२ फागुन– संवैधानिक परिषद्को बैठकले मंगलबार पनि संवैधानिक निकायका रिक्त पदमा नियुक्तिको सिफारिस गर्न सकेन । परिषद्का यसअघि दुईवटा बैठक सम्पन्न भएका थिए । लोकसेवा आयोगमा अध्यक्षसहित सदस्य एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सदस्य पद रिक्त छन् । खासगरी लोकसेवा आयोगका अध्यक्ष र...
पर्सा, १२ फागुन– बाराको सिमरामा मालपोत र नापी कार्यालयको सेवा केन्द्र स्थापनाको माग राखेर फागुन ८ गतेदेखि थालिएको अनिश्चितकालीन आमहडताल र राजमार्ग अवरुद्ध पार्ने कार्यक्रम मंगलबार बिहानदेखि स्थगित भएको छ । सिमरामा गएराति अबेरसम्म बसेको मालपोत कार्यालय सिमरा स्थापना सरोकार समिति र राजनीतिक दलका...
सप्तरी, १२ फागुन– सप्तरीको राजविराजस्थित कारागारमा एक कैदीको हृदयघातबाट मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा जेलजीवन बिताइरहेका महोत्तरी जिल्लाको निरगोल गाविस–५ बस्ने ५५ वर्षीय विनोद महतोको हृदयाघातबाट मृत्यु भएको कारागार प्रशासनले मंगलबार जनाएको छ । महतोलाई अचानक छातीमा असजिलो भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह...
काठमाण्डु– वेष्ट इन्डिजका व्याट्सम्यान क्रिस गेलले विश्वकप क्रिकेटमा दोहोरो शतकको किर्तिमान बनाएका छन् । जिम्बावेबिरुद्दको खेलमा गेलले १३८ बलमा २०० रन पुरा गर्दै यो किर्तिमानी बनाएका हुन् । १४७ बलमा उनले ६ छक्का र १० चौकाको मद्दतमा २१५ रन बनाए । यसअघि ग्यारी क्रिष्टियनको...
गोरखा, १२ फागुन– प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल गोरखाको मनकामना मन्दिरमा प्लास्टिकको झोला प्रयोग गर्न निषेध गरिएको छ । भक्तजनले फूल, अक्षता ल्याउँदा प्लास्टिक बढी प्रयोग गर्दा वातावरण प्रदूषित हुनुका साथै मन्दिर वरपर फोहोर बढेको भन्दै मनकामना गाविसले प्लास्टिक निषेध अभियान थालेको जनाएको छ ।...