समाचार

सोलुखुम्बुमा दन्द्व प्रभावित परिवारको जीवन कष्टकर बन्दै

२०७१ फागुन १३ गते ९:३९

सोलुखुम्बु,१३ फागनु– सशस्त्र द्वन्द्वका क्रममा परिवारका सदस्य गुमाएका सहिद परिवारहरुको दैनिकी कष्टकर बन्दै गएको छ । एकपटक राहत पाएपनि त्यसपछि कमाउने मानिस घरमा नहुँदा उनीहरुको जीवनयापन कठिन बनेको हो । द्वन्द्वका क्रममा आफ्नो श्रीमान् गुमाएकी सोलुखुम्बु पञ्चन–१ की देवीकुमारी पौडेलले भनिन्ः घरमा नियमित कमाउने...

उत्पीडित समुदायको अधिकार कटौती हुन नदिने प्रतिबद्दता

२०७१ फागुन १३ गते ९:२६

काठमाण्डु,१३ फागुन– विभिन्न राजनीतिक दलका नेता तथा अधिकारकर्मीले दलित सुमदायको विषयमा पहिलो संविधानसभाबाट प्राप्त उपलब्धिलाई कटौती हुन नदिने विश्वास व्यक्त गरेका छन् । जागरण मिडिया सेन्टर र सामरी उत्थान केन्द्रले बुधबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले सो विश्वास व्यक्त गरेका हुन् । दलित समुदायको अधिकार...

ओलीले ज्ञानेन्द्रलाई भने, ‘मर्न पक्का भइसकेको सर्पले पुच्छर हल्लाए जस्तै भयो’

२०७१ फागुन १३ गते ९:१६

काठमाण्डु, १३ फागुन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यमाथि कडा टिप्पणी गरेका छन् । उनले सहमति कार्यान्वयनको माग गर्दै ज्ञानेन्द्रले दिएको वक्तव्यलाई मर्न पक्का भइसकेको सर्पले पुच्छर हल्लाए जस्तै भएको बताएका छन्। बुधबार युवा संघलाई प्रशिक्षण दिने क्रममा उनले...

महिला आयोद्वारा किशोरीमाथि एसिड प्रहार गर्नेलाई कार्बाहीको माग

२०७१ फागुन १३ गते ९:०८

काठमाण्डु,१३ फागुन– राष्ट्रिय महिला आयोगले एक विज्ञप्ति प्रकाशित गरी गत आइतबार दुई किशोरीमाथि एसिड प्रहार गर्नेमाथि कडा कार्वाहीको माग गरेको छ । रामेछाप जिल्ला घर भई जैसीदेवल बस्ने १६ वर्षीया किशोरी सङ्गीता मगर र रौतहट जिल्ला घर भई भीमसेनस्थान बस्ने १५ वर्षीया सीमा बस्नेतमाथि...

पवित्र सेवा समाजद्धारा विकलाङ्ग वृद्धालाई राहत

२०७१ फागुन १३ गते ८:४९

पाँचथर,१३ फागुन– हातखुटा चल्न नसक्ने विकलाङ्ग अवस्थामा रहेकी जिल्लाको नाँगी गाविसकी एक वृद्धालाई पवित्र सेवा समाज,धापासी,काठमाण्डुले वुधबार राहत प्रदान गरेको छ । नाँगी गाविस–३ निवासी ७८ वर्षीया तुलसीमायाँ विश्वकर्मालाई लत्ताकपडा,फलफूल,खाद्यान्न, नगदसहित राहत रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । प्रजिअ...

एमाले सातौँ जिल्ला अधिवेशनको रौनक बढदै

२०७१ फागुन १३ गते ८:३५

  उदयपुर,१३ फागुन– नेकपा एमाले उदयपुर जिल्लाको सातौं जिल्ला अधिवेशन आगामी चैत १६ देखि १८ गतेसम्म जिल्लाको सदरमुकाम गाईघाटमा आयोजना हुने भएको छ । जिल्ला अधिवेशन हुने भएपछि अहिले नेकपा एमाले उदयपुरलाई त्यसको रौनकले तताएको छ । चैत १६ गते उदयपुरको सातौं जिल्ला अधिवेशनलाई...

स्वाइनफ्लू संक्रमणप्रति सतर्कता अप्नाउँदै सरकार

२०७१ फागुन १३ गते ८:१७

काठमाण्डु,१३ फागुन– पछिल्लो समयमा भारतका विभिन्न ठाउँहरुमा स्वाइनफ्लू को संक्रमण चरम रुपमा देखिएका समाचारहरु आएसँगै नेपालमा पनि त्यसको संक्रमण देखिएका समाचारहरु आइरहेका छन् तर नेपाल सरकारले को र कतिजनामा सो रोग संक्रमण भयो भन्ने विवरण सार्वाजानिक गरेको छैन । हालसम्म कतिजनामा ‘इन्फ्लुएन्जा ए’ एच...

माइती नेपालद्धारा एसिड प्रहार गर्नेमाथि कार्बाहीको माग

२०७१ फागुन १३ गते ७:५८

काठमाण्डु,१३ फागुन– केही दिन अघि वसन्त्पुरस्थित ट्युसन सेन्टरमा अध्ययन गरिरहेका किशोरीमाथि एसिड प्रहार गर्ने विरुद्ध तुरुन्तै कार्वाही गर्नुपर्ने माग राख्दै माइती नेपाल लगायतका संघ संस्थाहरुले वुधबार विरोध प्रदर्शन गरेका छन् । राजधानीस्थित बिजुलीबजारमा भएको सो विरोध प्रदर्शनमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले नेपालमा दिनप्रतिदिन...

सरकार र राष्ट्रसंघले सुरक्षा सबलीकरण परियोजना सञ्चालन गर्दै

२०७१ फागुन १३ गते ७:२१

जनकपुरधाम,१३ फागुन– धनुषा जिल्लामा सशस्त्र हिंसाको जोखिम तथा घटनामा न्यूनीकरण गर्ने उद्देश्यले हिंसा न्यूनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण परियोजना सञ्चालन हुने भएको छ । नेपाल सरकार,गृह मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त पहलमा यस जिल्लामा सो परियोजना सञ्चालन हुन लागेको हो । परियोजना सञ्चालन...

ट्रिपरको ठक्करले बालकको निधन भएपछि मोरङमा तनाव

२०७१ फागुन १३ गते ७:१३

मोरङ, १३ फागुन– मोरङमा ट्रिपरको ठक्करले बालकको निधन भएपछि विराटचौक बजार तनावग्रस्त बनेको छ । बुधबार बिहान ट्युसन पढेर साइकलमा घर र्फकंदै गरेका ११ वर्षीय बालक निशान चापागाँईंलाई को१ख २६७३ नम्वरको ट्रिपरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो । उनी स्थानीय सुविजीमुर इङलिस...

दाङलाई हवाइ ‘हव’ बनाउनुपर्छ : पोख्रेल

२०७१ फागुन १३ गते ६:५१

शरद रेग्मी दाङ, १३ फागुन– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोख्रेलले हाल ४० लाख युवाहरु रोजगारको सिलसिलामा विदेशमा पुगेको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न निजी क्षेत्रको लगानी अपरिहार्य भएको वताएका छन् । बुधवार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट...

माध्यमिकी परिक्रमा यात्रीको मृत्यु

२०७१ फागुन १३ गते ६:२३

महोत्तरी, १३ फागुन– मिथिलाको महाकुम्भ मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको धु्रवकुण्डमा बुधबार बिहान एक परिक्रमा यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको सोनामाई– २ बस्ने सन्तोष गिरीकी पत्नी ४५ वर्षीया उर्मिला गिरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गत बुधबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us