म्याग्दी, १४ फागुन– एसएलसीको तयारी गरिरहेका म्याग्दीको सदरमुकाम बेनीबजारका विद्यार्थीले परीक्षा नजिकिँदै गर्दा सम्बन्धित निकायलाई विद्युत् भार कटौती नगरी दिन आग्रह गरेका छन् । परीक्षाको समयमा बिजुली नहुँदा अध्ययनमा बाधा पुगेको भन्दै उनीहरूले सो आग्रह गरेका हुन् । एक दर्जनभन्दा बढी विद्यालय रहेको सदरमुकाम...
काठमाण्डु, १४ फागुन– नेपाली राजनीतिमा दलित महिलाको उपस्थिति सशक्त र अर्थपूर्ण हुन नसकेकै कारण उनीहरु पार्टी राजनीतिमा भोट बैंक मात्र बन्न परेको एक कार्यक्रमका वक्ताले बताएका छन् । दलित महिला सङ्घद्वारा आयोजित ‘राजनीतिक संरचना’ विषयक प्रशिक्षण कार्यक्रममा सङ्घका अध्यक्ष दुर्गा सोबले पार्टी राजनीतिमा दलित...
काठमाण्डु, १३ फागुन– भारतीय नागरिक उड्डयन प्राधिकरणले आज साँझ अबेर नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘सगरमाथा’ लाई नयाँ दिल्ली उडान अनुमति प्रदान गरेको छ । भारतीय उड्डयन प्राधिकरणले आज साँझमात्र उडान अनुमति दिएको जानकारी दिँदै निगमका प्रवक्ता रामहरि शर्माले आगामी शुक्रबारदेखि उडान सुरु...
वीरगन्ज, १३ फागुन- काँग्रेस नेता एवं सभासद् अमरेशकुमार सिंहले सुशील कोइराला नेतृत्वको वर्तमान सरकार आगामी वैशाखमा ढल्ने दाबी गरेका छन् । वीरगन्जमा बुधबार आयोजित पत्रकार भेटघाटमा उनले वैशाख अन्तिमसम्ममा सरकार ढल्ने बताए । दलहरुबीच चैतभर सहमति नभए विपक्षी मोर्चाको आन्दोलन चर्कने र त्यसपछि सरकार...
काठमाण्डु, १३ फागुन- एमाले सम्वद्ध युवासंघ नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्न माग गरेको छ । संघको दुई दिनसम्म राजधानीमा बसेको केन्द्रीय समिति बैठकले त्यस्तो माग गरेको हो । महासचिव राजिव पहारीले नागरिकमा परिणत भइसकेका ज्ञानेन्द्रले राजतन्त्र ब्युँताउने सपना देखेको र जथाभावी बोल्दै हिँडेकाले...
काठमाण्डु, १३ फागुन- एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई मरेको सर्पको संज्ञा दिँदै पुच्छर नहल्लाउन चेतावनी दिएका छन् । युवासंघको राजधानीमा बुधबार भएको भेलालाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्र सल्बलाउनु मरेको सर्पले पुच्छर हल्लाएजस्तै भएको बताए । सर्प मरेपछि पनि केहीबेर पुच्छर हल्लाउँछ, उनले...
काठमाण्डु,१३ फागुन– भारतले नेपालमा उत्पन्न पछिल्लो राजनीतिक गतिरोध वार्ताको माध्यमबाट सहमतिमा टुङ्गिने विश्वास व्यक्त गरेको छ । नेपालको राजनीतिक अस्थिरताबारे भारतका विदेश राज्यमन्त्रीले बुधबार त्यहाँको संसद्मा मन्तव्य राख्दै राजनीतिक दलहरूबीचको सहमतिमा नै समस्याको समाधान निस्कनेमा भारत आशावादी रहेको बताए । “छिमेकसँगको सहकार्यात्मक भविष्यमा भारत...
काठमाण्डु,१३ फागुन– एकीकृत नेकपा माओवादी सहितको ३० दलीय मोर्चाको मंगलबारको जुलुसमा भएको लाठी प्रयोगप्रति आफ्नो ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ । लाठी प्रयागले जनजीवन आतङ्कित बनाएको भन्दै मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत जनप्रदर्शनका नाममा कानुन हातमा लिई जनजीवन आतङ्कित पार्ने कार्य गैरकानुनी भएको हुँदा...
सिराहा,१३ फागुन– राष्ट्रपति रामवरण यादवले मुख्य राजनीतिक दलले राष्ट्रको सर्वोत्तम हितलाई ध्यानमा राखेर वार्तामार्फत् सहमति गरी नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् । सिरहा जिल्ला सदरमुकामस्थित चन्द्र उच्च माविको शत वार्षिकी समारोहको उद्घाटन गर्दै राष्ट्रपति यादवले सो कुरा बताएका हुन् । सबै विषयमा सहमति...
दमौली, १३ फागुन– तनहूँको मनपाङ– ८ मा मङ्गलबार राति मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाउने २६ वर्षीय सुवास नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा आगो लगाउने ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार मदिरा सेवन...
काठमाण्डु,१३ फागुन– तत्कालीन पश्चिमाञ्चल ग्रामिण विकास बैंकका कर्मचारी हरिश्चन्द्र गौतमले बढुवा प्रयोजनका लागि पेस गरेको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वुधबार आरोपपत्र दायर गरेको छ । हाल नेपाल ग्रामिण विकास वैंक शाखा कार्यालय वासमढी रुपन्देहीमा सहायक अधिकृत पदमा कार्यरत गौतमले पेस...
बाँके,१३ फागुन– बाँके जिल्लाका विपन्न समुदायका महिला च्याउखेती व्यवसायवाट जीविकोपार्जन गरिरहेका छन । केवट समुदायका महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै आएका हुन । उनिहरुले साँझ–बिहानको जोहो मात्र नभै आफ्ना छोराछोरीलाई विद्यालय पढाउने सम्मको खर्च च्याउखेतीबाटै जुटाउँदै आएका छन् । जिल्ला कृषि विकास कार्यालय र...