ज्ञानेन्द्रलाई जेल हाल्न एमाले युवासंघको माग

काठमाण्डु टुडे २०७१ फागुन १३ गते १५:१९ मा प्रकाशित

ganendraकाठमाण्डु, १३ फागुन- एमाले सम्वद्ध युवासंघ नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्न माग गरेको छ ।

संघको दुई दिनसम्म राजधानीमा बसेको केन्द्रीय समिति बैठकले त्यस्तो माग गरेको हो ।

महासचिव राजिव पहारीले नागरिकमा परिणत भइसकेका ज्ञानेन्द्रले राजतन्त्र ब्युँताउने सपना देखेको र जथाभावी बोल्दै हिँडेकाले जेल हाल्न माग गरिएको बताए ।

ज्ञानेन्द्रले कानुनी र संवैधानिक दायरा नाघेकाले जेल हाल्न माग गरिएको उनको भनाइ थियो ।

संघले दलहरुसँग गोप्य सम्झौता गरेको भन्ने अभिव्यक्ति सरासर झुठ र गैरजिम्मेवारपूर्ण रहेको निष्कर्ष निकालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us