काठमाण्डु,१४ फागुन– दुवै मिर्गौला खराबका कारण अस्वस्थ बनेका भोजपुरका पत्रकार श्यामकृष्ण दाहाललाई भोजपुर सेवा समाज बेलायतले आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष दिलमान राईको अगुवाइमा सङ्कलित एक लाख ३१ हजार ६ सय बुधबार हस्तान्तरण गरिएको छ । समाजका सदस्य पवन राईले नेपाल पत्रकार...
दार्चुला,१४ फागुन– एक्कासि आएको मौसम परिवर्तनका कारण भएको वर्षापछि माथिल्लो दार्चुलाका एक दर्जन गाविसमा हिमपातसँगै अत्यधिक चिसो बढ्न थालेको छ । जिल्लाका एरकोटे,घुसा,खण्डेश्वरी,राप्ला,सुन्सेरा,सिप्टी,व्यास माथिल्ला भेग तथा कैलाशमान सरोवर पर्यटकीय तथा चीनको ताक्लाकोट क्षेत्र आसपासका गाविसमा यस वर्ष यससमेत छैटांै पटक हिमपात भएको हो ।...
काठमाण्डु,१४ फागुन– मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको जनाएको छ । महाशाखाका अनुसार मौसम फेरिएर भएको वर्षा बिहिबारदेखि शुक्रबार बिहानसम्म हुने जनाइएको छ । भूमध्यसागरबाट विकास भएको हावापानीले माथिल्लो वायुमण्डलमा गतिविधि गर्दै जमिनसँग नजिक भएपछि अहिले त्यसको असरले काठमाडौँ उपत्यकालगायत स्थानमा...
कञ्चनपुर,१४ फागुन– पतञ्जलि योगपीठ हरिद्वारका महामन्त्री आयुर्वेद शिरोमणि बालकृष्ण आचार्यले नेपालको जडीबुटी सदुपयोग गर्ने योजना रहेको बताएका छन् । महाकाली–मेची राष्ट्रिय योग जागरण यात्राको उद्घाटन गर्न बुधबार महेन्द्र्रनगर आएका आचार्यले पतञ्जलि योग समिति कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्...
काठमाण्डु,१४ फागुन– विगतमा प्रमुख दलबीच भएको सहमतिका आधारमा संविधान जारी गर्न माग गर्दै क्रान्तिकारी पत्रकार सङ्घले बिहिबार प्रभातफेरीको आयोजना गरेको छ । सुन्धाराबाट सुरु भएको प्रभातफेरी शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष सूर्यमणि गौतमले कोणसभालाई सम्बोधन गर्दै पूर्ण प्रेस...
काठमाण्डु, १४ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले महिलामाथि हुने घटनाका बारेमा सरकार अत्यन्त सजक भएको बताएका छन् । प्रधानमन्त्री कोइरालाले महिलामाथि एसिड खन्याउने र बलात्कार गर्ने अपराधीहरुको खोजी गरी कारबाही गर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाउन एनेकपा माओावादीको महिला संगठनकी शशि श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार...
कञ्चनपुर, १४ फागुन– सिँचाइमन्त्री नारायणप्रसाद साउदले एमाओवादी मोर्चाको आन्दोलनका कारण संविधान निर्माणमा ढिलाइ भइरहेको बताएका छन् । भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुरले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले एमाओवादीले सहमतिमा भने पनि व्यावहारिक रुपमा कार्यान्वयन नगर्दा दलबीच वार्ता हुन नसकेको बताए । “एमाओवादीले...
काठमाण्डु, १४ फागुन– सरोकारवाला सबै पक्षको राय र सुझावका आधारमा मात्रै राष्ट्रिय ग्रिड कम्पनी स्थापना गर्नुपर्ने माग गर्दै नेपाल विद्युत् प्राधिकरणमा कार्यरत पाँचवटा कर्मचारी युनियनले ध्यानाकर्षण गराएका छन् । प्राधिकरणले प्रसारण लाइन निर्माणमा समस्या देखिएकाले छुट्टै ग्रिड कम्पनी स्थापना गर्ने घोषणा गरेको छ ।...
काठमाण्डु, १४ फागुन–प्रमुख दलबीच विगतमा भएका सहमतिका आधारमा संविधान जारी गर्न माग गर्दै क्रान्तिकारी पत्रकार सङ्घले आज काठमाण्डुमा प्रभातफेरीको आयोजना ग¥यो । सुन्धाराबाट सुरु भएको प्रभातफेरी शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष सूर्यमणि गौतमले कोणसभालाई सम्बोधन गर्दै पूर्ण प्रेस...
चितवन, १४ फागुन– बहराइनमा ज्यान गुमाएका चितवन नगरपालिका– १० गाजीपुरका प्रकाश पनेरुको परिवारलाई बुधबार एक कार्यक्रमबीच चितवन सेवा समाज बहराइनले आर्थिक सहयोग गरेको छ । सो समाजले बहराइनमा रहेका चितवनका नेपालीको अगुवाइमा सङ्कलित रु २ लाख १ सयको चेक मृतकका बाबु नेत्रप्रसाद पनेरुलाई हस्तान्तरण...
रुपन्देही, १४ फागुन– काम लगाइदिने भन्दै नेपाल भारत सीमानाका सुनौली हुँदै भारतमा बेच्न लाँदै गरेका पाँच युवतीलाई उद्धार गरिएको छ । चेलीबेटी तथा मानव बेचबिखन विरुद्ध कार्यरत संस्था केआई नेपाल रुपन्देहीले सुनौली नाका हुँदै भारततर्फ लैजाँदै गरिएका पाँच जना नेपाली युवतीको बेलहिया सीमा क्षेत्रबाट उद्धार...
इलाम, १४ फागुन– जिल्ला अदालत इलामले लागुऔषध मुद्दामा संलग्न मङ्गलबारेका देवेन्द्र विकलाई दुई वर्ष कैद र रु एक लाख जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार उक्त सजाय सुनाएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिए । सदरमुकामको देउराली होटलमा बास...