बहराइनमा ज्यान गुमाएका पनेरुको परिवारलाई आर्थिक सहयोग

काठमाण्डु टुडे २०७१ फागुन १४ गते ३:५२ मा प्रकाशित

chitwan mapचितवन, १४ फागुन– बहराइनमा ज्यान गुमाएका चितवन नगरपालिका– १० गाजीपुरका प्रकाश पनेरुको परिवारलाई बुधबार एक कार्यक्रमबीच चितवन सेवा समाज बहराइनले आर्थिक सहयोग गरेको छ ।
सो समाजले बहराइनमा रहेका चितवनका नेपालीको अगुवाइमा सङ्कलित रु २ लाख १ सयको चेक मृतकका बाबु नेत्रप्रसाद पनेरुलाई हस्तान्तरण गरेको हो ।

डेढ वर्षअघि रोजगारीको सिलसिलामा बहराइन पुगेका पनेरुको गत मङ्सिरको ९ गते हृदयघातको कारण मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us