समाचार

वन कटानीमा स्वीकृत नदिएको भन्दै किन ढाँट्यो ऊर्जा मन्त्रालयले ?

२०७१ फागुन १४ गते १३:२०

काठमाण्डु,१४ फागुन– वन तथा भूसंरक्षण मन्त्रालयले वन कटानीमा स्वीकृति नदिएका कारण प्रसारण लाइनको काम अगाडि बढ्न नसकेको भन्ने ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको भनाइ वास्तविक नभएको पाइएको छ । मन्त्रिपरिषद्को गत माघ १२ गतेको बैठकले काबेली कोरिडोरअन्तर्गतको प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रमा...

भारतीय प्राध्यापक र नेपाली विद्यार्थीबीचको यौन काण्ड बाहिर आएपछि…

२०७१ फागुन १४ गते १३:१६

एजेन्सी– भारतमा अध्ययनरत एक नेपाली छात्रको भारतीय प्राध्यापकसँगको यौन काण्ड बाहिर आएको छ । नयाँदिल्लीस्थित जवारहलाल नेहरु विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका ती छात्र र भारतीय प्राध्यापकबीचको यौन प्रसंगले बजार तातेको हो । उक्त विषय भारतमा छरपस्ट रुपमा बाहिर आएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पिएचडी...

शिक्षक महासंघको पदाधिकारी चयनमा किन जुटेन सहमति ?

२०७१ फागुन १४ गते १३:०९

काठमाण्डु,१४ फागुन– तीनवटा शिक्षक युनियनलाई एकीकृत गरी गत महिना घोषणा गरिएको नेपाल शिक्षक महासङ्घको अध्यक्षलगायतको पदाधिकारी चयनका सहमति जुट्न नसकेपछि समस्या समाधानका लागि बिहिबार सात सदस्यीय कार्यदल गठन गरिएको छ । नेतृत्व चयनका लागि विगत तीन दिनदेखि जारी ती युनियनमा आवद्ध संस्थाका अध्यक्ष मण्डलको...

नेपालमै अन्तर्राष्ट्रियस्तरको तालिम सञ्चालनको सहमति

२०७१ फागुन १४ गते १२:५८

काठमाण्डु,१४ फागुन– व्यापार सहजीकरणलाई व्यवस्थित गर्न तथा त्यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल उद्योग परिसङ्घ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबीच स्वदेशमै अन्तर्राष्ट्रियस्तरको तालिम सञ्चालन गर्नेसम्बन्धी समझदारीपत्रमा बिहिबार हस्ताक्षर भएको छ । ‘आपूर्ति शृङ्खला व्यवस्थापन’ नाम दिइएको उक्त तालिम निकट भविष्यमा सञ्चालन गरिने...

काँग्रेस–एमालेले ल्याएको बहुमतीय संविधान मान्दैनौंः प्रचण्ड

२०७१ फागुन १४ गते १२:५७

काठमाण्डु, १४ फागुन–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेले बहुमतीय प्रक्रियाद्वारा संविधान जारी गरे मान्न नसकिने बताएका छन् । बलिदान दिवसका अवसरमा बिहीबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले विगतका सहमति र सम्झौताको मर्म र भावनाविपरीत संविधान जारी भए मुलुक द्वन्द्वमा जाने खतरा...

एमाओवादी संविधान निर्माणको जिम्मेवारीबाट भाग्न खोज्योः पौडेल

२०७१ फागुन १४ गते १२:४३

गोरखा,१४ फागुन– नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एनेकपा—माओवादीको लाठीसँग नडराउने बताएका छन् । गोरखाको पालुङटारमा पार्टीद्वारा बिहिबार आयोजित ‘गणेशमान बलिदान अभियान’ लाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् । एमाओवादीको लाठी जुलुस,शक्ति प्रदर्शन जनतालाई स्वीकार्य नभएको बताउँदै पौडेलले जनतामाथिको अन्याय,अत्याचारको भण्डाफोर गरिने...

चौधरी पेस्तोलसहित पक्राउ

२०७१ फागुन १४ गते १२:४१

धनुषा, १४ फागुन– सप्तरीको खोजपुर गाबिस–४ बस्ने १८ वर्षीय दिलीप चौधरीलाई मेड इन युएसए–१११ लेखेको पेस्तोल र त्यसमा लाग्ने ४ थान गोलीसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी कपिलेश्वरको प्रहरीले जनकपुर उप–महानगरपालिका–१६ कपिलेश्वरस्थित सडकमा चेकजाँच गर्दा ना.२ ख...

माओवादी नेताहरुले भनेः‘सबै कम्युनिष्ट पार्टीबीच एकताको आवश्यकता छ’

२०७१ फागुन १४ गते १२:२९

काठमाण्डु,१४ फागुन– माओवादी आन्दोलनसँग नजिक विभिन्न राजनीतिक दलका नेताले विभिन्न समयमा भएका आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिद परिवारको सपना पूरा गर्न निस्वार्थ भावनाले राष्ट्र निर्माणा लाग्नुपर्ने बताएका छन् । सहिद दिलबहादुर रम्तेलको स्मृति दिवसको सम्झ्नामा आयोजित कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् ।...

अख्तियारै कब्जामा लिएर ज्ञानेन्द्रका साथीका छोरासँग किन गराए लोकमानले छोरीको बिहे ?

२०७१ फागुन १४ गते १२:२७

काठमाण्डु, १४ फागुन–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अख्तियार कार्यालयभित्रैबाट छोरी अन्माएका छन् । लोकमानले छोरी अध्याको बिहीबार टंगालस्थित अख्तियार कार्यालयबाटै बिहे गराएका हुन् । लोकमानकी छोरीको बिहे पूर्वराजा ज्ञानेन्द्रका साथीसमेत रहेका व्यापारी रोहिणी थपलियाका छोरा शुभाषिससँग भएको हो । लोकमान शाहीकालीन मुख्यसचिव...

सरकार स्थानीय निर्वाचनमा गराउन केन्द्रीत हुँदैछः सिंह

२०७१ फागुन १४ गते १२:१६

भक्तपुर,१४ फागुन– उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय निकायको निर्वाचन गराउने तयारीमा सरकार रहेको बताएका छन् । बिहिबार जिल्ला विकास समिति भक्तपुरको २७ औं जिल्ला परिषद् बैठकको उद्घाटन गर्दै सिंहले सो खुलासा गरेका हुन् । कार्यक्रममा उनले नेपाली काँग्रेसले सहमतिका आधारमा संविधान जारी...

खुकुरी प्रहार गरी भाग्ने पक्राउ

२०७१ फागुन १४ गते १२:१०

काठमाण्डु, १४ फागुन– खुकुरी प्रहार गरी फरार दुई जनालाई प्रहरीले काठमाण्डुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–३३ मैतीदेबीका २८ वर्षीय समिर उपे्रती र झापा मेचीनगर नगरपालिका–१० का २७ वर्षीय लासाङ तामाङ रहेका छन् । काठमाण्डु महानगरपालिका–७ डेरा गरी वस्ने खोटाङ ऐसेलुखर्क गाबिस–४...

कृष्ण बेकरी एन्ड कन्फेक्सनरीसँग सम्बन्ध छैनः कृष्ण पाउरोटी भण्डार

२०७१ फागुन १४ गते ११:४७

काठमाण्डु,१४ फागुन– वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले मङ्गलबार कमलपोखरीस्थित कृष्ण बेकरी एन्ड कन्फेक्सनरीमा छापामारी सिलबन्दी गरिएको कार्यका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशनको कृष्ण पाउरोटी भण्डारले खण्डन गरेको छ । ‘कृष्ण पाउरोटी’ भन्ने शब्द प्रयोग गरी कृष्ण पाउरोटी भण्डारको नाम र ख्यातिलाई बिनाआधार नकारात्मक असर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us