समाचार

इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा

२०७१ फागुन १४ गते ११:३५

रौतहट,१४ फागनु– रौतहट जिल्लामा युटियल फोनबाट सञ्चालित इन्टरनेट सेवा अवरुद्ध भएको छ । एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । विदेशबाट पठाइएको पैसा लिन गाउँदेखि सदरमुकाममा आएका दर्जनौँ सेवाग्राही इन्टरनेट नचलेपछि मर्कामा पर्ने गरेका छन् । उनिहरु सदरमुकाममै महँगो होटल...

सार्वजनिक यातायातमा पत्रकारलाई भाडा छुट

२०७१ फागुन १४ गते ११:२३

बागलुङ,१४ फागुन– बुर्तिवाङ यातायात व्यवसायी समितिले पत्रकारलाई सवारी भाडामा छुटको व्यवस्था गरेको छ । समितिभित्र आबद्ध सार्वजनिक भाडाका सवारीमा पत्रकारलाई सहुलित दिन थालेको हो । पत्रकारका लागि बसमा ४० प्रतिशत र जिपमा १० प्रतिशत छुट दिइएको समितिका महासचिव नरहरि भुसालले जानकारी दिए । जिल्लाका...

साइबर अपराधको अभियोगमा प्रहरी जवान पक्राउ

२०७१ फागुन १४ गते १०:५२

महोत्तरी,१४ फागुन– विद्युतीय माध्यम प्रयोग गरी युवतीलाई अश्लील तस्बिर,भिडियो र शब्द पठाएर साइबर क्राइम गरेको आरोपमा महोत्तरीमा एक प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्ला फूलबरिया गाविस–४ घर भई जनकपुर अञ्चल प्रहरी कार्यालयमा कार्यरत विकासकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले...

बैद्य भन्छन्, ‘कांग्रेस-एमालेले १० वर्षे जन–विद्रोह जस्तो भुल गरिरहेका छन्’

२०७१ फागुन १४ गते १०:४५

काठमाण्डु, १४ फागुन– नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले नेपाली कांग्रेस र नेकपा एमालेले भुल गरिरहेको बताएका छन् । उनले तत्कालिन जनमोर्चाका तर्फबाट बाबुराम भट्टराईले ४० बुँदे माग बुझाउँदा केही हुँदैन भनेर बेवास्ता गर्दा १० वर्षे जन विद्रोह भएको स्मरण गर्दै अहिले पनि त्यस्तै भुल...

एसिड खनाईएका किशोरीलाई अखिल क्रान्तिकारीको आर्थिक सहयोग

२०७१ फागुन १४ गते १०:१७

अपराधीलाई कारवाही नभए कडा संघर्षमा जाने काठमाण्डु, १४ फागुन– ट्युसन पढ्न गएका बेला एसिड प्रहार गरिएपछि सख्त घाईते बनेका दुई किशोरीहरुको उपचारको लागि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले आर्थिक सहयोग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालको संयोजनमा अखिल क्रान्तिकारीले आयोजना...

प्रचण्डले काँग्रेस–एमालेलाई प्रश्न गरेः “शान्ति सम्झौताको पालना गर्ने कि नगर्ने ?”

२०७१ फागुन १४ गते १०:१३

काठमाण्डु,१४ फागुन– एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शान्ति सम्झौतालाई पालन गर्ने वा नगर्ने भन्ने विषयमा प्रस्ट पार्न नेपाली काँग्रेस र नेकपा एमालेलाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहिबार आयोजित बलिदान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो आग्रह गरेका हुन्...

दोषी अपराधीहरुको खोजी तीब्र पार्दै प्रहरी

२०७१ फागुन १४ गते ९:२८

रसुवा,१४ फागुन– प्रहरीले जिल्ला अदालतले दोषी ठह¥याएका व्यक्तिको खोजी तीव्र पारेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार अदालतले हालसम्म दोषी प्रमाणित गरिसकेका तर फरार रहेका २३ अपराधीमध्ये १६ जनालाई पक्राउ गरिसकेको र बाँकी सात जनाको खोजी तीव्र पारिएको छ...

कसरी मनाउँदैछ एमाओवादीले वलिदान दिवस ?

२०७१ फागुन १४ गते ९:२०

काठमाण्डु, १४ फागुन– एमाओवादीले आजदेखि फागुन २१ गतेसम्म बलिदान दिवस मनाउदैछ । साताव्यापी शहिद सप्ताहको रुपमा मनाउन लागिएको उक्त दिवस बिहिबारदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउन सुरु गरिसकेको छ । फागुन १४ गते अर्थात बलिदान दिवस सुरु भएको आजको दिन सो पार्टीले शहिद दिलबहादुर...

सुशील र केपीलाई कुरा बुझाउन मान्छे खोज्नु पर्ने भो : भट्टराई

२०७१ फागुन १४ गते ९:१८

काठमाण्डु, १४ फागुन– एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले शान्ति सम्झौता र १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने दलहरुको सहमतिविना बनेको संविधान नटिक्ने बताएका छन् । बिहीबार राजधानीमा पत्रकाहरुसँग कुरा गर्दै भट्टराईले सुशील कोइराला र केपी ओलीले यो कुरा नबुझेको भन्दै शान्ति सम्झौतामा हस्ताक्षर गर्ने...

आगलागीमा २ लाख बराबरको क्षति

२०७१ फागुन १४ गते ८:२६

सप्तरी,१४ फागुन– पकरी गाविस–९ मा गएराति आगलागी हुँदा चार चौपाया जलेर मरेका छन् । स्थानीयवासी मगल यादवको गाईगोठमा बालिएको घुरबाट अचानक सल्केको आगाले गोठ पूर्ण रुपमा जल्नाका साथै बाँधेर राखिएका एक गाई,गोरु, बाच्छा र बाच्छी जलेको बताइएको छ । आगलागीबाट करिब दुई लाखको क्षति...

हात्ती आतंक पीडितले सरकारसमक्ष १४ सुत्रीय माग राखे

२०७१ फागुन १४ गते ८:१७

भद्रपुर,१४ फागुन– झापा जिल्लाको पूर्वोत्तर सिमानामा पर्ने बाहुनडाँगी गाविसमा तीन दशकदेखि जङ्गली हात्तीको आक्रमणबाट जनधन क्षति भइरहेको अवस्था विद्यमान छ । सोही अवस्थालाई मध्यनजर मानव–हात्ती द्वन्द्व व्यवस्थापन समिति बाहनडाँगीले सरकारसँग १४ सूत्रीय माग राखेको छ । विसं २०३५ देखि बर्सेनि भारतको आसाम राज्यबाट प्रवेश...

स्वाइनफ्लु नियन्त्रणका लागि हेल्प डेक्सको स्थापना

२०७१ फागुन १४ गते ८:०३

कावासोती,१४ फागुन– नवलपरासीमा स्वाइलफ्लुका बिरामी भेटिएपछि जिल्ला दैवी प्रकोप उद्धार समिति नवलपरासीले सीमा क्षेत्रमा हेल्प डेक्स स्थापना गरेको छ । भारतमा स्वाइनफ्लुका कारण करिब एक हजार १ सय जनाको ज्यान गएको र आठ हजारभन्दा बढी सङ्क्रमित भएकाले सीमा क्षेत्रमा निगरानी बढाइएको जिल्ला पृथ्वीचन्द्र अस्पताल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us