इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा

काठमाण्डु टुडे २०७१ फागुन १४ गते ११:३५ मा प्रकाशित

internet
रौतहट,१४ फागनु– रौतहट जिल्लामा युटियल फोनबाट सञ्चालित इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

विदेशबाट पठाइएको पैसा लिन गाउँदेखि सदरमुकाममा आएका दर्जनौँ सेवाग्राही इन्टरनेट नचलेपछि मर्कामा पर्ने गरेका छन् । उनिहरु सदरमुकाममै महँगो होटल भाडा तिरेर बस्न बाध्य भएका छन् ।

इन्टरनेट सेवा सञ्चालन युटियलद्वारा गरेको उपभोक्ताहरु सँधै मारमा परिँदै आएको सञ्चारकर्मी दिनेश यादवले बताउँछन् । समाचार तयार गरेर पठाउने बेलामा युटियल इन्टरनेट फेल हुने गरेकाले सञ्चारकर्मी समेत मारमा परेको यादवको भनाइ छ ।

बेलाबेला यसरी नै इन्टरनेट अवरुद्ध भएको समयावधि थप गर्नसमेत ग्राहकले माग गरेका छन् । एक महिनामा ५ सय ६५ रुपैयाँको रिचार्ज गरेपछि अनलिमिटेड सुविधामा पाउने गरेका छन् । ग्राहकलाई हप्तौँदिन अवरुद्ध गरे पनि समयावधि उक्त कम्पनीले नबढाई उपभोक्तालाई ठगी गरेको आरोपसमेत अर्का सञ्चारकर्मी दिनेश साहले लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us