दोषी अपराधीहरुको खोजी तीब्र पार्दै प्रहरी

काठमाण्डु टुडे २०७१ फागुन १४ गते ९:२८ मा प्रकाशित

rasuwa-district
रसुवा,१४ फागुन– प्रहरीले जिल्ला अदालतले दोषी ठह¥याएका व्यक्तिको खोजी तीव्र पारेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार अदालतले हालसम्म दोषी प्रमाणित गरिसकेका तर फरार रहेका २३ अपराधीमध्ये १६ जनालाई पक्राउ गरिसकेको र बाँकी सात जनाको खोजी तीव्र पारिएको छ ।

पक्राउ परेकामध्ये बुहारी हत्याकाण्डमा संलग्न धैबुङ –३ धारापानीका ९७ वर्षीय आइतराम तामाङ र सोही उमेरकी उनकी श्रीमती सन्तमाया छन् । उनीहरुले दश वर्षअघि सो वारदात गरेका थिए । हाल जिल्ला प्रहरी कार्यालयले पुराना अपराधबारे अनुसन्धान गरिरहेको पोखरेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us