समाचार

सहमतीय सरकारको नेतृत्व पनि कोइरालाले नै गर्ने : देउवा

२०७१ फागुन १५ गते ६:४३

विराटनगर, १५ फागुन– नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले तराईमा पहाडी भाग नमिसाइएको दुई राज्य र अर्को उत्तर–दक्षिणको भाग मिसाएर सङ्घीय राज्यको निर्माण हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा शुक्रबार बिहान विराटनगरमा आयोजित कार्यक्रममा उनले यी दुई प्रकारका विचारलाई समन्वय गरी पूर्वका...

नेपाली चेली बेच्ने भारतीय पक्राउ

२०७१ फागुन १५ गते ६:२१

चितवन, १५ फागुन– नेपालमा मानव तस्कर गर्दै आएको आरोप लागेका एक जना भारतीय नागरिक चितवनको सौराहाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई पक्राउ गरी अहिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रत्ननगरमा राखिएको छ । गएराति पक्राउ गरेका उनीसँगैका अन्य भने...

सतर्क हुनुस् है नवलपरासीमा पनि स्वाइन फ्लुका बिरामी भेटिए

२०७१ फागुन १५ गते ६:१८

नवलपरासी, १५ फागुन– भारतसँग सीमा जोडिएको नवलपरासीमा पनि स्वाइन फ्लुका बिरामी फेला परेका छन् । जिल्लाको दिव्यपुरीका एक बिरामीमा स्वाइन फ्लु ए, एचवान एनवानको सङ्क्रमण फेला परेको हो । चितवनको भरतपुर अस्पतालबाट नमुनाका लागि पठाएकामध्ये नवलपरासीका एक जनामा स्वाइन फ्लु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय...

घरको छतबाट लडेर बालकको मृत्यु

२०७१ फागुन १५ गते ६:०५

वीरगन्ज, १५ फागुन– घरको छतबाट लडेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा निधन भएको छ । बारा कलैयामा बिहीबार दिउँसो घरको छतबाट लडेर एक बालकको वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । कलैया नगरपालिका–१२ का प्रदीप चौधरीका ९ वर्षीय छोरा पल्टुको छतबाट लडेर गम्भीर...

पक्लिहवा कृषि क्याम्पसमा अखिल र क्रान्तिकारीबीच झडप

२०७१ फागुन १५ गते ५:५९

रुपन्देही, १५ फागुन– पक्लिहवा कृषि क्याम्पस, भैरहवामा दुई विद्यार्थी सङ्गठनबीच झडपपछि क्याम्पस प्रशासनले होस्टल खाली गर्न निर्देशन दिएको छ । प्रशासनले होस्टेल खाली गर्ने आदेश दिएपछि विद्यार्थी समस्यामा परेका छन् । एमाओवादी निकटको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी र एमाले निकटको अनेरास्ववियुबीच बिहीबार साँझ झडप...

सप्तरीमा प्रहरी र गाँजा तस्करबीच भिडन्त, एक पक्राउ

२०७१ फागुन १५ गते ५:२७

सप्तरी, १५ फागुन– सप्तरीको टिकुलिया गाविस–८ स्थित बलान खोलाबाट पाँच बोरा गाँजा भारत लैजाने तस्कर समूहसँग प्रहरीको दोहोर फायरिङ भएको छ । फायरिङ पछि ६ जना फरार भए पनि एक जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । शुक्राबार बिहानै प्रहरी र तस्करबीचमा सप्तरीको...

पूर्वमा भएका सवारी दुर्घटनामा प्रहरी अधिकृतसहित चारको मृत्यु

२०७१ फागुन १५ गते ५:२६

सुनसरी, १५ फागुन–पूर्वका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ । सुनसरीको इटहरीमा ना २ ख ५८२८ नम्बरको ट्रकको ठक्करबाट को ५ प ६६१५ नम्बरको मोटरसाइकलमा सवार तीलकराम चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते उनको बिपी कोइराला स्वास्थ्य विज्ञान...

अब एकीकृत सेवा केन्द्रबाटै राहदानी सेवा

२०७१ फागुन १५ गते ५:०४

बागलुङ, १५ फागुन– समय र पैसा खर्चेर राहदानी बनाउन सदरमुकाम धाउनुपर्ने बुर्तिवाङ क्षेत्रका बासिन्दाको बाध्यता अब हटेको छ । बुर्तिवाङमा रहेको एकीकृत सेवा केन्द्रले बिहीबारदेखि राहदानी सेवा सुरु गरेपछि सो बाध्यता हटेको हो । यसबाट जिल्लाको क्षेत्र नं ३ का दर्जनभन्दा बढी गाविस प्रत्यक्ष...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

२०७१ फागुन १५ गते ४:५९

सप्तरी, १५ फागुन– बलान खोलाबाट ढुङ्गा लोड गरेर कडोरबोनातर्फ लैजाने क्रममा सप्तरीको दोलतपुर–७ स्थित मोहलियापुलमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुर्नेमा ट्र्याक्टर चालक सप्तरीको हर्दिया–६ का ३५ वर्षीया कुमार परियार रहेको सप्तरी प्रहरीले जनाएको छ । ढुङ्गा लोड गरेको स।१त १८३८...

प्रधानमन्त्रीको ठाडो आदेशमा सर्वस्वसहित जन्मकैद सुनाइएका तीन काँग्रेस कार्यकर्ताको मुद्धा फिर्ता

२०७१ फागुन १५ गते ४:५४

बाँके, १५ फागुन–सरकारले सर्वस्वहरणसहित जन्मकैद फैसला सुनाइएका बाँकेका तीन जनाको मुद्धा फिर्ता लिएको छ । प्रधानमन्त्री सुशील कोइरालाको ठाडो आदेशमा महान्यायाधिवक्ता कार्यालयले जिल्ला अदालत बाँकेलाई निर्देशनात्मक पत्र पठाएपछि उनीहरुको मुद्धा फिर्ता भएको हो । दुई व्यक्तिको हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालतले सर्वस्वसहित...

झलनाथ खनाल किन गए मलेसिया ?

२०७१ फागुन १५ गते ४:५२

काठमाण्डु, १५ फागुन– एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन आइक्यापको स्थायी कमिटीको २४ औं बैठकमा भाग लिन आज मलेसियाको राजधानी क्वलालम्पुरतर्फ प्रस्थान गरेका छन् । बैठकमा एसियाली देशका आपसी सम्बन्धलाई गहिरो र घनिष्ठ बनाउने तथा एसियाली महाद्वीपलाई अग्रगामी...

पत्रकार महासंघभित्र मारामार, केन्द्रीय समिति बैठकमा लफडा

२०७१ फागुन १५ गते ४:३४

काठमाण्डु, १५ फागुन–केही दिनअघि सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठकमा झण्डै हानाहान भएको खुलासा भएको छ । केही सदस्यले महासंघ नेतृत्व श्रमजिवी पत्रकारका मुद्धामा गम्भीर नभएको भन्दै परिणाममुखी योजना बनाउन दबाब दिएपछि दुई पक्षबीच विवाद भएको हो । विवादका क्रममा केन्द्रीय सदस्य रोशन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us