काठमाण्डु,१५ फागुन– निर्धारित समय अगावै आयोजनाको काम सम्पन्न गर्ने दुईवटा योजनाका ठेकेदार कम्पनी र व्यवस्थापनमा संलग्न कर्मचारीलाई सम्मान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपालकै लामो कर्णाली पुल र कोहलपुर–नेपालगन्ज सडक आयोजनामा संलग्नलाई मन्त्री विमलेन्द्र निधिले सम्मान गरेका...
चितवन,१५ फागुन– सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले सहमतिमा नभए बहुमतीय प्रक्रियाबाट संविधान जारी हुने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ रामपुर क्याम्पस इकाइले शुक्रबार आयोजना गरेको स्वागत तथा बृहत सांस्कृतिक कार्यक्रममा उनले सहमतिका लागि धेरै समय पर्खन नसक्ने धारणा राखेका थिए । दुई...
काठमाण्डु,१५ फागुन– राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा २४ सैँ घन्टा विद्युत् आपूर्ति हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले पर्यटकहरुको भीडभाड रहने ठमेल क्षेत्रका मुख्य सडक र चोकमा सौर्यबत्ती जडान गरेपछि ठमेल रातमा पनि झलमल्ल हुने भएको हो । परिषद्ले पहिलो चरणमा ठमेलको...
काठमाण्डु,१५ फागुन– विश्व बैंक समूह र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) विकास कोष (एसडिएफ) ले आठवटै सदस्य मुलुकमा बहुवर्षीय सामाजिक उद्यम विकास कार्यक्रम (एसइडिपी) कार्यान्वयन गर्ने घोषणा गरेका छन् । सार्क मुलुकका गरिबलाई आधारभूत सेवा प्रवाहको गुणस्तर सुनिश्चित गर्न एकसय वटा सामाजिक उद्यम...
काठमाण्डु, १५ फागुन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले आफ्नो पार्टी अझैपनि सहमतिबाटै संविधान जारी गर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको शनिबारको बन्द फिर्ता गरेको भए सहमति खोज्न अझ धेरै मद्यत पुग्ने विश्वास व्यक्त गर्दै...
काठमाण्डु, १५ फागुन– नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले वार्तामा बस्नुअघि कुनैपनि शर्त अमान्य हुने बताएका छन् । उनले वार्ताबाटै सबै कुराको टुँग्गो लगाउनुपर्ने भन्दै राष्ट्रियतामाथि खतरा हुने, देशमा जातीय हिंसा फैलाउने खालका विषयमा आफूहरु कुनैपनि हालतमा सम्झौता नगर्ने जिकिर गरेका छन् । शुक्रबार रिपोर्टर्स...
काठमाण्डु,१५ फागुन– नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको अभावमा राजधानी लगायतका स्थानमा विद्युत् भार कटौती कम गर्न सकेको छैन । प्राधिकरणले लहान पूर्व र दाङको लमही पश्चिममा विद्युत् भार कटौतीलाई आठ घन्टामा सीमित गरेको छ । तर राजधानी आसपासका क्षेत्रमा कम गर्न सकेको छैन...
काठमाण्डु, १५ फागुन– एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले तराईका विवादित पाँच जिल्लाबाहेक संविधानको अन्र्तवस्तुमा सहमति भईसकेको दाबी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले संघीयताका नाममा तराईका विवादित पाँच जिल्ला झापा, मोरङ्ग, सुनसरी, कैलाली र कञ्चनपुरबाहेक संविधानका...
फागुन ११ गते राजधानीको एक रेस्टेरेन्टबाट केटीसहित पक्राउ परेका कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायलाई खराव आचरणको भन्दै सञ्चालक समितिले निलम्बन गरेको छ । उनलाई बिहीबारबाट लागू हुने गरी निलम्बन गरिएको एक सञ्चालकले बताए । फागुन ३ गतेदेखि १५ दिने बिदामा बसेका उनी...
दाङ, १५ फागुन–राप्रपा अध्यक्ष पशुपतिशम्सेर जबराले पूर्वराजा ज्ञानेन्द्र शाह र दलहरुबीच सहमति भएको दाबी गरेका छन् । रिपोटर्स क्लब दाङले शुक्रबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष जवराले दल र ज्ञानेन्द्रबीच सहमति भएको बताए । यद्यपि औपचारिक रुपमा भने कुनै सहमति नभएको उनको भनाइ थियो...
ललितपुर,१५ फागुन– बाल अधिकारका लागि काम गर्ने गैरसरकारी सङ्घसंस्थाले नेपालको नागरिक समाजका तर्फबाट संयुक्त राष्ट्रसङ्घमा पठाइने छाया प्रतिवेदनमाथि छलफल गरेका छन् । शुत्रबार बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान (सिजप),बाल सहभागितामा कार्यरत संस्थाको सञ्जाल (कन्सोर्टियम) लगायतका सञ्जालको पहलमा नेपालको बालअधिकार सेवामा केन्द्रित...
काठमाण्डु,१५ फागुन– त्रिभुवन विश्वविद्यालय र इटालीको पाडोभा विश्वविद्यालयको आयोजनामा शुक्रबारदेखि दुई देशबीच अनुसन्धानात्मक कार्यमा सहकार्यसम्बन्धी दुईदिने सम्मेलन सुरु भएको छ । ती दुई विश्वविद्यालयबीच १३ वर्षअघि प्राज्ञिक सहकार्य प्रारम्भ भएको थियो । सम्मेलनको उद्घाटन गर्दै परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले प्राज्ञिक बहस,अनुसन्धान,प्रकाशन र दुई देशका...