काठमाण्डु, १७ पुस–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवाद मिलाउन पहल थालेका छन् । समानुपातिक सभासदको सूची निर्वाचन आयोगमा बुझाएपछि उत्पन्न विवाद मिलाउन प्रचण्डले पहल थालेका हुन् । असन्तुष्टपक्षसँग छलफल गरी विवाद मिलाउने उनको प्रयास छ । बुधबार आफू निकटका नेताहरुसँग...
वीरगन्ज, १७ पुस–पर्साको गादि गाविसबाट प्रहरीले बुधबार विहान एकजना काठ तस्करलाई पक्रेको छ । सालको गोलिया सहित गादि गाविस ६ का गोविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सुगौली, पल्टेवा र रंगपुर रेन्जपोष्ट संयुक्त गस्ती टोलीले चौधरीलाई काठ सहित रंगेहात पक्राउ...
काठमाण्डु, १७ पुस–नेपाली काँग्रेसले संविधानसभा निर्वाचनमा प्राप्त जनादेश कार्यान्वयन गर्न सबै दलसँग संवाद र सहकार्य गर्ने भएको छ । संवाद र सहकार्यमार्फत् नै देशलाई समृद्धितर्फ लैजाने काँग्रेसको प्रतिबद्धता छ ।...
काठमाण्डु, १७ पुस–संघिय समाजवादी पार्टीले समानुपातिक सभासदको सूची बुधबार निर्वाचन आयोगमा बुझाउदै छ । बुधबार दिउँसो आयोगमा नामावली बुझाउने महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए । समाजवादीले अध्यक्ष अशोक राई सहित ५ जनालाई सभासद बनाएको छ । अध्यक्ष राई सहित राधा तिम्सीना, उर्मिला शाह, कासिकी...
काठमाण्डु, १७ पुस–अँग्रेजी पात्रो अनुसार नयाँ बर्ष सन् २०१४ बुधबारबाट शुरु भएको छ । नेपाल लगायत विश्वभर शुभकामना आदान प्रदान र मनोरन्जनात्मक कार्यक्रम गरी नयाँ बर्ष मनाइदै छ । साथीभाइ र आफन्त जम्मा भएर मिठो परीकार बनाएर खाने र रमाइलो गरिदै छ । सन्...
काठमाण्डु, १६ पुस– नेकपा एमालेका महासचिव ईश्वर पोखरलले मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने अगुवा महिला भएकैले राज्यलक्ष्मी गोल्छालाई सभासद बनाएको बताएका छन् । बिबिसी नेपाली सेवासँगको कुराकानीमा पिछडिएको क्षेत्रकै महिला भएकाले उनलाई सभासद बनाएको स्पष्ट पारे । चन्दा दिएकै भरमा कसैलाई सभासद नबनाइएको भन्दै उनले...
नारायणप्रसाद घिमिरे/कृष्ण सापकोटा । काठमाण्डु– विगत वर्ष झैं यस वर्ष (२०१३) पनि प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना जारी रहे तर अघिल्लो वर्षको तुलनामा सन् २०१३ मा प्रेस स्वतन्त्रताका क्षेत्रमा केही सुधार देखिए । सन् २०१२ मा उल्लङ्घनका घटना १४७ थिए भने विगत एक वर्षमा यो...
काठमाण्डु, १६ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टी उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यलयमा सोमबारदेखि जारी केन्द्रीय कार्य समितिको बैठकमा मंगलबार गठन गरिएको सो समितिमा वरिष्ठ केन्द्रीय सदस्य निरञ्जन थापा र केन्द्रीय सदस्य खगेन्द्र बस्न्यातलाई...
काठमाण्डु, १६ पुस – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र नेपालका लागि अमेरिकी राजदूत पिटर बोडीबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै समसामयिक विषयका कुराकानी भएको थियो । सो अवसरमा बोडेले नयाँ सरकार गठनका विषयमा जिज्ञासा राखेका...
काठमाण्डु, १६ पुस– एकीकृत माओवादीका नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशबीच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध गठबन्धन निर्माणको प्रयास भएको छ । सोमबार निर्वाचन आयोगमा पार्टीकोतर्फबाट बुझाइएको समानुपातिक सभासदको सूचीप्रति तीव्र असन्तुष्टि जनाएका दुई नेताहरु अध्यक्षविरुद्ध गठबन्धन निर्माणको तयारीमा जुटेका हुन् ।...
चितवन, १६ पुस – पूर्वी चितवनको सबैभन्दा विकट मानिने लोथर–९, कान्दाका चेपाङ समुदायमा अत्यधिक चिसोका कारण श्वासप्रश्वासमा समस्या देखिएका छ । गर्मी समयमा समेत खासै गर्मी नहुने र ठन्डीमा हिउँ पर्ने सो क्षेत्रमा जाडोले चेपाङ परिवारको स्वास्थ्यमा विभिन्न समस्या देखिएको चिकित्सकले बताएका छन् ।...
कञ्चनपुर, १६ पुस– जग्गाधनी प्रमाणपत्र पाएर पनि कञ्चनपुरका दुई सयभन्दा बढी मुक्तकमैया परिवारले जग्गा पाउन सकेका छैनन् । जिल्लाको दक्षिणी क्षेत्र बाइसेविचवाको पचगडियामा दुई सयभन्दा बढी मुक्तकमैया परिवारका लागि छुट्याएको जग्गा स्थानीय बासिन्दाले कब्जा गरेपछि मुक्तकमैया परिवारले जग्गा पाउन नसकेका हुन् । ‘पचकडिया र...