समाचार

प्रचण्ड समक्ष भट्टराई र श्रेष्ठको लिखित असहमति

२०७० पुष १७ गते १५:१२

काठमाण्डु, १७ पुस- समानुपातिकतर्फको सभासद् छनौट गर्दा तयार गरिएको मापदण्ड मिचेको भन्दै एकीकृत माओवादीका नेता द्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष लिखित असहमति राखेका छन् । दुवै नेताले अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमै पुगेर विरोधपत्र बुझाएका हुन् । नेता द्वयले...

माटोको ढिस्कोले च्यापिएर दुई महिलाको मृत्यु

२०७० पुष १७ गते १४:५८

काभ्रे, १७ पुस– रातो माटोको ढिस्कोले च्यापिएर गम्भीर घाइते भएका तीनजनामध्ये दुई महिलाको बुधबार मृत्यु भएको छ । मंगलबार घर पोत्ने रातो माटो खन्न जाँदा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएका महाकालचौर गाविस ४ की ३६ वर्षीया कल्पना थापामगर, २६ वर्षकी खिलकुमारी रानामगरको उपचारको...

ट्याक्टरको ठक्करबाट दुई बालबालिकाको मृत्यु

२०७० पुष १७ गते १३:५५

नेपालगन्ज, १७ पुस– बाँकेमा राप्तीपारी बघौडा क्षेत्रमा ट्याक्टरको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । बाँकेको ग्रामीण क्षेत्र कटकुइँया गाविसमा रहेको सुइया प्रहरी चौकी अगाडि अभिभावकसँग गइरहेका बेला ट्याक्टरको ठक्करबाट  लक्ष्मणपुर गाविसका २ बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मुत्यु हुनेमा लक्ष्मणपुर गाविसका–२...

द्वन्द्वपीडितलाई राहत माग्दै सर्वोच्चमा रिट

२०७० पुष १७ गते १२:५१

काठमाण्डु, १७ पुस– युद्धको समयमा विभिन्न किसिमका हिंसामा परेका पीडितको पहिचान गरी तिनलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । द्वन्द्वकालमा बालबालिका र किशोरीलगायतका महिलाले यौन हिंसा तथा अन्य अमानवीय क्रुर व्यवहारको पीडा भोग्नुपरेको, त्यसबाट उनीहरूको...

फेसबुकमा एमाओवादी केन्द्रीय समिति विघटनको माग

२०७० पुष १७ गते १२:३८

काठमाण्डु, १७ पुस – समानुपातिक सभासदको नामावली निर्वाचन आयोगमा बुझाएसँगै प्रणालीलाई नै विवादमा तान्ने गरी विभिन्न दलका नेताहरु आन्तरिक झगडामा व्यस्त छन् । यही विवादका कारण राप्रपा नेपाल विभाजित हुन पुग्यो भने अन्य ठूला दलहरुमा ठूलै किचलो छ । एकाथरी नेता कार्यकर्ता विभिन्न जिल्ला...

संघीय समाजवादीमा बाहुनलाई चिठ्ठा

२०७० पुष १७ गते १२:३१

काठमाण्डु, १७ पुस– जातीय नारालाई प्रमुख बनाएर संविधानसभा चुनावमा गएको संघीय समाजवादीमा ब्राम्हण क्षेत्री समुदायका प्रतिनिधिलाई भने निकै फाइदा भएको छ । आदिवासी जनजाति बाहुल्य रहेको समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठलगायत शीर्ष नेताले सभासद बन्ने अवसर गुमाउँदा केही तल्ला तहका नेता भने सभासद बन्न सफल...

नेकपा-माओवादीका नेता शाहीविरुद्ध भ्रष्टाचारको आरोप

२०७० पुष १७ गते १२:०७

काठमाण्डु, १७ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा-माओवादी नेता मनरुप शाहीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । समाज कल्याण परिषद्को कोषाध्यक्ष रहँदा शाहीले भ्रष्टाचार गरेको दावीसहित अख्तियारले मनरुपविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । शाहीले परिषदमा रहँदा नयाँ कार्णाली विकास केन्द्रलाई...

महिलामाथि हुने हिंसाका घटना बढ्दो

२०७० पुष १७ गते ११:३३

पोखरा, १७ पुस – महिला हिंसासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको इन्सेकद्वारा सार्वजनिक प्रतिवेदनमा जनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालयद्वारा बुधबार आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक–२०१४ को वार्षिक पूर्व समीक्षा गोष्ठीमा सन् २०१३ मा कास्की...

भारतीय सवारी साधनको क्षमता निर्धारण

२०७० पुष १७ गते ११:२५

विराटनगर, १७ पुस– विराटनगर भन्सार कार्यालयले नेपाल–भारत सीमा जोगवनी नाकाबाट नेपाल भित्रिने मालबाहक सवारी साधनको क्षमता निर्धारण गरेको छ । साथै तोकिएभन्दा बढी क्षमता बोकी नेपाल प्रवेश गर्ने मालवाहक सवारी साधनलाई यही पुस २५ गतेदेखि अनिवार्यरूपमा भन्सार बिन्दुबाट नियन्त्रणमा लिने विराटनगर भन्सार कार्यालय रानीले...

संविधानसभाबाट बाहिरिन एमाओवादीलाई वैद्यको सुझाव

२०७० पुष १७ गते ११:२४

काठमाण्डु, १७ पुस – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाबाट राजीनामा दिएर बाहिरिन एकीकृत नेकपा माओवादीलाई आग्रह गरेका छन् । माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष वैद्यले संविधानसभाबाट जनताको पक्षमा संविधान लेखिने सम्भावना नरहेको हुँदा पदका लागि लुछाचुँडी...

बागवानी केन्द्रमा बेमौसममै स्याउ फल्यो

२०७० पुष १७ गते ११:२०

सोलुखुम्बु, १७ पुस । सामान्यतया माघ महिनाको मध्यबाट स्याउमा फूल फुल्न थाल्छ तर जिल्ला बागवानी केन्द्र फाप्लुमा भने अहिले स्याउ फुलेको मात्र हैन फल समेत लागिसकेको छ । केन्द्रको बगानमा रहेको लोचेलिङ जातको स्याउको बोटमा मङ्सिरमा फूल फुलेको र अहिले फल लाग्न थालेको बागवानी...

अज्ञात समूहको गोली प्रहारबाट एक घाइते

२०७० पुष १७ गते ११:२०

बारा, १७ पुस – सशस्त्र हतियारधारी समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका बारा जीतपुरका व्यवसायीको उपचारको क्रममा मृत्यु भएको छ । वीरगन्ज पथलैया औद्योगिक करिडोरअन्तर्गत बाराको जितपुर भवानीपुर गाविस–३ मा बुधबार मध्यान्ह गोली प्रहारबाट गम्भीर घाइते भएका ट्रक व्यवसायी जितपुर–३ का ३५ वर्षीय अफताब...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us