समाचार

वैदेशिक नीतिको सुधारलाई तीव्रता दिंदै उद्योग मन्त्रालय

२०७१ फागुन १६ गते १२:०३

काठमाण्डु,१६ फागुन– देशमा औद्योगिक वातावरण तयार गरी वैदेशी लगानी आकर्षित गर्ने उद्देश्यका साथ सरकारले दोस्रो चरणको नीतिगत सुधारलाई तीव्रता दिएको छ । उद्योग मन्त्रालयले आर्थिक समृद्धिलाई विशेष प्राथमिकता दिँदै विदेशी लगानीसम्बन्धी नयाँ नीति तयार गरेर पारितका लागि प्रक्रियागत रुपमा अगाडि बढाएको उद्योग मन्त्रीको सचिवालयले...

डिआइजी अधिकारी भन्छन्, ‘घुमुवा प्रहरीले आतंक बढाए’

२०७१ फागुन १६ गते ११:३२

शरद रेग्मी/दाङ, १६ फागुन– मध्यपश्चिम प्रहरी प्रमुख तथा डिआइजी केशब अधिकारीले घुमुवा प्रहरीले आतंक बढाएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अधिकारिले देशका विभिन्न स्थानमा घुमुवाहरुले प्रहरीहरुको छविमा प्रश्न चिन्ह खडा गरेको भन्दैे त्यसलाई तत्काल...

मानेन पूर्वगृहमन्त्रीको आग्रह प्रहरीले, बर्सायो लाठी र अश्रुग्यास

२०७१ फागुन १६ गते ११:३०

काठमाण्डु, १६ फागुन– एनेकपा माओवादीका महासचिव तथा पूर्वगृहमन्त्रीसमेत रहेका कृष्णबहादुर महराले शनिबार विहानै काठमाण्डु प्रहरी प्रमुखलाई फोन गरी ३० दलीय मोर्चाको आन्दोलन शान्तिपूर्ण हुने भएकाले हस्तक्षेप नगर्न आग्रह गरेका थिए । तर, उनको आग्रहलाई प्रहरीले बेवास्ता गर्दै मार्चाको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको छ ।...

मौरीपालन व्यवसायबाट लाखौँ आम्दानी

२०७१ फागुन १६ गते ११:२५

सल्यान,१६ फागुन– जिल्लाको कालिमाटी गाविसका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित भएका छन् । कम लगानी धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसायबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको कालिमाटी–३ सिमलकुनाका कुलप्रसाद भण्डारीको भनाइ छ । “मौरीपालन व्यवसायबाट वार्षिक दुई...

अधिकारका लागि संविधानसभाभित्र लड्न तयार छौँः गच्छदार

२०७१ फागुन १६ गते ११:१७

काठमाण्डु, १६ फागुन– मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजय कुमार गच्छेदारले हजारौँले रगत बगााएर आएको संविधानसभालाई का्रग्रेस, एमालेले एक्लौटी बनाउन खोजेको आरोप लगाएका छन् । एमाओवादीसहित ३० दलीय मोर्चाले काठमाण्डुको खुल्लामञ्चमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले आफूहरु अधिकारका लागि संविधानसभामा लड्नसमेत तयार भएको बताए...

जनता लड्न तयार छन्, नेताहरु खुट्टा नकमाउनुस्ः यादव

२०७१ फागुन १६ गते ११:१५

काठमाण्डु, १६ फागुन– मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजाति लगायतका आन्दोलनहरुमा भएका सम्झौताहरुमा टेकेर संविधान जारी गर्नुपर्ने बताएका छन् । शनिबार एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।...

देशका सबै रङ नदेख्ने कांग्रेस–एमालेले आँखाको अप्रेसन गर्नुपर्छ : भट्टराई

२०७१ फागुन १६ गते ११:०१

काठमाण्डु, १६ फागुन– एमाओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल संप्तरंगी देश भएका कारण यहाँ सबै रंगको पहिचान हुनुपर्ने बताएका छन् । एमाओवादी मोर्चाले काठमाण्डुको खुल्लामञ्चमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले सप्तरंगी नेपालमा एउटामात्र रंग देख्ने कांग्रेस–एमालेका आखाको अप्रेसन गर्नुपर्ने बताएका छन् ।...

कारगारमा स्वाइन फ्लुको उच्च सतर्कता

२०७१ फागुन १६ गते १०:४३

चितवन,१६ फागुन– चितवनमा पनि स्वाइन फ्लुका बिरामी भेटिएपछि जिल्ला कारागार भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागारमा कैदी बन्दीको चाप बढी भएको भन्दै सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको जिल्ला कारागार भरतपुरका चोलाकान्त पोखरेलले जानकारी दिए । कारागारमा रहेका कैदी बन्दीलाई भेट गर्न आउने आफन्तहरुबाट...

संविधानलाई प्रतिगमनको औजार बन्न दिईन्न: राई

२०७१ फागुन १६ गते १०:४०

काठमाण्डु,१६ फागुन– संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले संविधानलाई प्रतिगमनको औजार बन्न नदिने बताएका छन् । एमाओवादी सहितको ३० दलीय मोर्चाले खुलामंचमा गरेको जनसभामा बोल्दै राईले काँग्रेस र एमालेले उल्टो गति र मति लिएकाले त्यसलाई रोक्न आफूहरुले आन्दोलन गर्नु परेको बताए । यो आन्दोलनले...

काँग्रेस–एमालेले जनतामा झुठको खेती गरिरहेका छन्ः महतो

२०७१ फागुन १६ गते १०:३२

काठमाण्डु, १६ फागुन– नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले काँग्रेस र एमालेले नेपाली जनताको लागि झुठको खेती गरेको बताएका छन् । शनिबार एमाओवादी नेतृत्वको ३० दलीस्य मोर्चाद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । जनयुद्ध, ०६२, ०६३ को आन्दोलन, मधेश आन्दोलन...

कांग्रेस, एमालेले अरुको काम खोस्न खोजेः हृदयस त्रिपाठी

२०७१ फागुन १६ गते १०:३१

काठमाण्डु, १६ फागुन– तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष हृदयस त्रिपाठीले मधेसी समुदाय यूपी र विहारबाट जआएको बताएका छन् । एमाओवादीसहित ३० दलीय मोर्चाले काठमाण्डुको खुल्लामञ्चमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले आन्दोलन आफूहरुको रहर नभएर बाध्यता भएको र आन्दोलन निर्णायक बिन्दुमा नपुग्दासम्म जारी रहने...

कांग्रेस–एमालेलाई मुद्दा हाल्नु पर्छ : शरदसिंह भण्डारी

२०७१ फागुन १६ गते १०:२१

काठमाण्डु, १६ फागुन– तराई मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले कांग्रेस–एमालेलाई अब मुद्दा हाल्नु पर्ने बताएका छन् । एमाओवादी मोर्चाले शनिबार  खुल्लामञ्चमा आयोजना गरेको सभामा बोल्दै उनले कांग्रेस एमालेलाई राज्यविरुद्धको मुद्दा, अपहरणको मुद्दालगायतका मुद्दा हाल्नुपर्ने बताएका हुन् । उनले अगाडि भने, ‘हामी सबैखाले विभेदको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us