संविधानलाई प्रतिगमनको औजार बन्न दिईन्न: राई

काठमाण्डु टुडे २०७१ फागुन १६ गते १०:४० मा प्रकाशित

ashok rai

काठमाण्डु,१६ फागुन– संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले संविधानलाई प्रतिगमनको औजार बन्न नदिने बताएका छन् । एमाओवादी सहितको ३० दलीय मोर्चाले खुलामंचमा गरेको जनसभामा बोल्दै राईले काँग्रेस र एमालेले उल्टो गति र मति लिएकाले त्यसलाई रोक्न आफूहरुले आन्दोलन गर्नु परेको बताए ।
यो आन्दोलनले पहिचान सहितको संघियताको पनि सुनिश्चित गर्ने उनले बताए । राईले भने–‘नेपालको राष्ट्रीयता सुदृढ गर्न र समाजिक सद्भाव बलियो पार्नका लागि हामीले अगाडी सारेको १० प्रदेशको खाका नै उपयुक्त छ । पहिचानसहितको संघियता नेपालीको चाहाना हो, त्यसवाट नै नेपालको राष्ट्रीयता खँदिलो बन्छ, रसिलो बन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us