समाचार

असन्तुष्टलाई कारवाही गर्ने राप्रपा नेपालको तयारी

२०७० पुष १९ गते ५:३१

काठमाण्डु, १९ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टी बिभाजन गर्न खोजेको भन्दै तीनजना केन्द्रीय सदस्यहरुलाई कारवाही गर्ने तयारी गरेको छ । केन्द्रीय सदस्य मोहन श्रेष्ठले पार्टीले दिएको समयसीमा भित्र पनि नफर्किएकाहरुलाई शुक्रबारको केन्द्रीय समिति बैठकले कारवाहीको निर्णय गर्ने जानकारी दिए । ...

भद्रपुर बजारमा आगलागी, लाखौँको क्षति

२०७० पुष १९ गते ४:०७

भद्रपुर, १९ पुस – झापाको भद्रपुरमा शुक्रबार बिहान साढे सात बजेतिर आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ । भद्रपुर बजारका घुसरु हलुवाइको घरमा रहेका बिनाका टेलर्सबाट विद्युत् सर्ट भई सुरु भएको आगोले उनको १० लाख बराबरको सामान र नजिकको घर तथा...

‘भट्टराईले पार्टी फुटाउन ४० प्रतिशत मागे’

२०७० पुष १९ गते ३:४७

काठमाण्डु, १९ पुस– एकीकृत नेकपा माओवादीका नेता गोपाल किराँतीले डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पार्टी फुटाउने उद्देश्यले ४० प्रतिशत सभासद मागेको आरोप लगाएका छन् । पार्टी फुटाउन ४० प्रतिशत सभासद चाहिने भएकाले त्यही आधार बनाउन भट्टराई र श्रेष्ठले त्यत्ति नै भाग खोजेको उनको...

अल्पसङ्ख्यक सन्थाल जातिको प्रतिनिधि संविधानसभामा

२०७० पुष १९ गते ३:४४

दमक, १९ पुस – संविधानसभामा सन्थाल जातिको प्रतिनिधित्व एकजना सभासदले गर्ने मौका पाएका छन् । झापा हल्दीबारी–७ का ३५ वर्षीय मोहन टुडु सन्थाल समुदायको एक मात्र सभासद् बनेका हुन् । एकीकृत नेकपा माओवादीले टुडुलाई अल्पसंख्यकको कोटाबाट समानुपातिक सभासद बनाएको हो । टुडु २०५० सालमा...

तलब बढाउन माग गर्दै विद्यालय बन्द

२०७० पुष १९ गते २:१९

चितवन, १९ पुस–सरकारी सेवा सुविधा सरह तलब बृद्धिको माग गर्दै नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन (नेपाल ईष्टु) चितवनले शुक्रबारदेखि चितवनका सबै संस्थागत विद्यालयहरु अनिश्चितकालीन बन्द आह्वान गरेको छ । विगतमा प्याब्सनसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईष्टुले विद्यालय बन्द आह्वान गरेको हो । ईष्टुको...

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

२०७० पुष १९ गते २:१८

काठमाण्डु, १९ पुस– दाङ र चितवनमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दाङको तुल्सीपुरमा डोजरको ठक्करबाट सहचालकको घटनास्थमै मृत्यु भएको छ । ...

पदयात्रा र अवलोकनको गन्तव्य बन्दै चोभार

२०७० पुष १९ गते २:०८

कीर्तिपुर, १९ पुस–काठमाण्डुको कीर्तिपुर नगरपालिका–१४ स्थित चोभार क्षेत्र पदयात्रा एवम् अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । पर्यटकीय रुपमा अवलोकनका साथै चोभारको आदिनाथ डाँडासम्म पदयात्राका लागि दैनिक सयौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् । विशेषगरी सार्वजनिक बिदाका दिनहरुमा काठमाण्डु, ललितपुर...

रविन्द्रप्रताप शाहलाई अध्यक्षले प्रस्ताव गर्नुभएको हो : नारायणकाजी श्रेष्ठ

२०७० पुष १८ गते १५:२५

काठमाण्डु, १८ पुस–एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले पूर्वप्रहरी प्रमुख रविन्द्रप्रताप शाहलाई सभासद बनाउने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बताएका छन् । श्रेष्ठले पार्टीले समानुपातिक सभासदको बन्द सूची बुझाउने बेलामै अध्यक्ष प्रचण्डले सेना प्रहरीका कोही साथीहरुलाई पनि समावेश गरौं भनेर शाहको नाम प्रस्ताव गरेको...

निर्वाचनको सम्पूर्ण परिणाम शितल निवासमा

२०७० पुष १८ गते १३:३५

काठमाण्डु, १८ पुस – निर्वाचन आयोगले ५ सय ७५ सभासदको नामावलीसहित संविधानसभाको दोस्रो निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति डा. रामवरण यादवलाई बुझाएको छ । प्रमुख तिर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले विहीबार साँझ शितल निवास पुगेर सभासदको नामावलीसहितको सम्पूर्ण परिणामा बुझाएका हुन् । प्रत्यक्षतर्फ निर्वाचित २ सय...

बाबुरामले भने‘पार्टी फुटाउनु अपराध हुन्छ’

२०७० पुष १८ गते १३:२२

काठमाण्डु, १८ पुस – एमाओवादी नेता डा. बाबुराम भट्टराईले पूर्व आइजीपी रविन्द्रप्रताप शाहलाई आफ्नै प्रस्तावमा समानुपातिक उम्मेदवार बनाइएको बताएका छन् । आफ्नै निवासमा अनलाइन चौतारीसँग कुराकानी गर्दै उनले शाहलाई समानुपातिक उम्मेदवार बनाउन आफूले प्रस्ताव गरेको तर, अब सभासद बनाउन नहुने बताएका हुन् । ‘३...

सूची नसच्चिनु गम्भीर त्रुटी : भट्टराई

२०७० पुष १८ गते १३:२०

काठमाण्डु, १८ पुस – एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले समानुपातिक सभासदको सूची नसच्याउनुलाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । भट्टराईले सूची सच्याउने अपेक्षामा आफू भएपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नसच्याएको भन्दै यसले आफूलाई गम्भीर बनाएको बताएका छन् ।  ‘हामी सूची सच्चिने अपेक्षामा...

संविधानसभाको बैठक सरकार प्रमुखले बोलाउनु पर्ने भन्दै रिट

२०७० पुष १८ गते १२:५७

काठमाण्डु, १८ पुस –  संविधानबमोजिम अन्तरिम मन्त्रिपरिषद्का अध्यक्षले नै संविधानसभाको बैठक आह्वान गर्नुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । राष्ट्रपतिले नै संविधानसभा र व्यवस्थापिका–संसद्को बैठक आह्वान गर्नुपर्ने माग गर्दै दायर रिट निवेदन विचाराधीन रहेकै अवस्थामा अर्काे रिट दायर भएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us