गोरखा, १८ फागुन– अविरल वर्षासँगै बढेको चिसोले गोरखामा एकजनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गतको गोरखा नगरपालिका–७ आहालेस्थित रानीस्वाँरा उपस्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहायक ४२ वर्षीय तिलकबहादुर बस्नेतको गएराति मृत्यु भएको हो । गोरखा नगरपालिका–७ आहालेस्थित ठाडो बाटोमा मृत अवस्थामा बस्नेतको शव स्थानीयले...
चितवन, १८ फागुन– सरकारको जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा चितवनका १ सय ५० चेपाङ परिवारलाई नयाँ घर बनाइदिने भएको छ । घर निर्माण हुने कुरा सुनेपछि शक्तिखोर–७ भोर्लाघारीकी पार्वती चेपाङ निक्कै खुसी छिन् । “झुप्रोमा बसे थ्यो, अब घर पाउने भो, राम्रो ला’छ”–पार्वतीले...
इलाम, १८ फागुन– उपप्रधान मन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले निःसर्त वार्तामा आउन आन्दोलनरत दललाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन इलाम शाखाले सोमबार बिहान इलाममा आयोजना गरेको पत्रकारसम्मेलनमा उपप्रधान मन्त्री सिंहले दोस्रो संविधानसभाले पनि संविधान जारी गर्न नसक्दा मुलुक नै असफल हुने...
काठमाण्डु, १८ फागुन–इलामबाट प्रत्यक्षतर्फ संविधानसभामा प्रतिनिधित्व गर्ने तीनजना सभासद्ले रु तीन करोड ४५ लाख बजेटको विकास योजना बाँडफाँड गरेका छन् । प्रत्यक्षतर्फका सभासद् नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, सभामुख सुवास नेम्वाङ र नेपाली काँग्रेसका केशव थापाले संसद् विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट...
कञ्चनपुर, १८ फागुन – निरक्षरता उन्मूलनका लागि कञ्चनपुरमा ‘एक विद्यार्थी एक निरक्षर’ कार्यक्रम सुरु गरिएको छ । यहाँका २९ विद्यालयका कक्षा ९ मा अध्ययनरत दुई हजार विद्यार्थीलाई निरक्षरता उन्मूलनका लागि परिचालन गरिएको छ । एक विद्यार्थीले एक निरक्षरलाई अनिवार्य रुपमा साक्षर गराउनुपर्ने लक्ष्य...
इलाम, १८ फागुन – इलामबाट प्रत्यक्षतर्फ संविधानसभामा प्रतिनिधित्व गर्ने तीनजना सभासद्ले रु तीन करोड ४५ लाख बजेटको विकास योजना बाँडफाँड गरेका छन् । प्रत्यक्षतर्फका सभासद् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, सभामुख सुवास नेम्वाङ र नेपाली काँग्रेसका केशव थापाले संसद् विकास कोष र निर्वाचन...
म्याग्दी, १८ फागुन –म्याग्दीका उच्च पहाडी क्षेत्रमा आइतबार दिउँसोदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका गुर्जा, मुदी, लुलाङलगायत क्षेत्रमा बिहानैदेखि पानी परेको र पानीसँगै हिमपात पनि भएपछि जनजीवन प्रभावित बनेको मुदीकी सामाजिक परिचालिका एजिना रोकाले बताईन। म्याग्दीलगायत धौलागिरि अञ्चलका चारवटै जिल्लामा आइतबार विहानदेखि वर्षा...
विराटनगर, १८ फागुन – सन् २०२० सम्ममा हात्तीपाइले रोगलाई मुलुकबाट नै उन्मूलन गर्ने उद्देश्यले मोरङमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्यको तयारी अन्तिम चरणमा पुगेको छ । मुलुकको ६१ जिल्लामा राष्ट्रिय कार्यक्रमअन्तर्गत सञ्चालित यो कार्यक्रम अन्तर्गत मोरङमा चौथो वर्ष औषधि खुवाउन लागिएको हो ।...
काठमाडौँ, १८ फागुन– बाग्मती नदीलाई दीर्घकालीन रुपमा स्वच्छ राख्ने उद्देश्यले जोरपाटीदेखि गुह्येश्वरीसम्मको नदी किनारमा पार्क निर्माण भएको छ । हप्तामा एक दिन मात्र सरसफाइ गरेर बाग्मती सफाइको अभियानलाई निष्कर्षमा पु¥याउन समय लाग्ने देखिएकाले वृक्षारोपण गरी पार्क निर्माण गरेर सफाइ अभियानलाई तीव्रता दिन लागिएको हो...
चितवन, १८ फागुन – मोबाइल चोरी बढेसँगै प्रहरीले सक्रियता बढाएपछि यहाँबाट हराएका तथा चोरी भएका मोबाइल फेला पर्न थालेको छ । महँगो मूल्यका मोबाइल हराएर वा चोरी भएर निराश भएका व्यक्तिहरुमा यसले राहत मिलेको छ । चितवन जिल्लाबाट हराएका तथा चोरी भएका मोबाइल...
काठमाण्डु, १७ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण लगायत राजनीतिक समस्या वार्ताबाटै समाधान हुनेमा आफ्नो अटुट विश्वास रहेको बताएका छन् । नेपाल पत्रकार महासंघको टोलीसँग आइतबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले सहमतिबाटै मुलुकलाई निकास दिन सकिने विश्वास व्यक्त गरे । उनले विपक्षी मोर्चालाई आन्दोलन छाडेर...
शरद रेग्मी दाङ, १७ फागुन– तुल्सिपुर नगरपालिकाको वटलपुरस्थित मायालु सामुदायीक वनमा मृत अवस्थामा भेटिएका दुई युवतीका परिवारले घटना बारे अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । गत माघ २३ गते एकैसाथ मृत अवस्थामा फेला परेका ती युवतीका अविभावकले आफ्नी छोरीहरुको आत्महत्या नभई...