समाचार

शीतलहरका कारण जनजीवन कष्टकर, हवाई उडान प्रभावित

२०७० पुष १९ गते ९:३५

नेपालगन्ज, १९ पुस– शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनअघि हिउँदे झरीपछि एक्कासी शीतलहर र बाक्लो कुहिरोले आकाश ढाकेपछि तराईका जिल्लामा घाम लाग्न सकेको छैन । चिसोसँगै बग्ने सिरेटोले पनि यस क्षेत्रका कमजोर घरसंरचना भएका...

पराजित उम्मेदवारले खर्च विवरण बुझाएनन्

२०७० पुष १९ गते ९:२३

काठमाण्डु, १९ पुस – मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनअन्तर्गत काठमाण्डु जिल्लाका सबै विजयी उम्मेदवारहरुले आफ्नो निर्वाचनको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाए पनि पराजित केही उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । कार्यालयले विजयी सबै उम्मेदवारको खर्च विवरण निर्वाचन आयोगले तोकेको मापदण्डभित्रमै आएको तर,...

खुना समुदायको प्रतिनिधि संविधानसभामा

२०७० पुष १९ गते ८:०२

कञ्चनपुर, १९ पुस – अल्पसंख्यकका खुना समुदायका प्रतिनिधिले पहिलो पटक संविधानसभामा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । दैजी गाविस– ६ धर्मपुरकी ३८ वर्षीया दुर्गा खुना खुना समुदायबाट पहिलो सभासद् बनेकी हुन् । एकीकृत नेकपा (माओवादी)ले निर्वाचन आयोगमा गत सोमबार बुझाएको समानुपातिकको सूचीमा उनको नाम...

द्वन्द्वपीडितको एक करोड एक्लै झ्वाम

२०७० पुष १९ गते ७:५२

पाँचथर, १९ पुस – पाँचथरको दक्षिणी गाविस माङ्जाबुङ र सराङडाँडामा स्थापित फक्ताङ्लुङ चिया उत्पादक कम्पनी प्रालिको सेयर सदस्यहरुको नाममा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट निकासा भएको एक करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कम्पनीका सेयरधनीहरुको नाममा कागजात पेस...

खुला दिसामुक्त क्षेत्रमै ‘खुलादिसा’

२०७० पुष १९ गते ७:१५

सुर्खेत, १९ पुस – खुलादिसामुक्त क्षेत्र घोषणा गरिएका यहाँका विभिन्न गाविसमा सो घोषणा कार्यान्वयन नभएको पाइएको छ । खुलादिसामुक्त घोषणा गरिएका सुर्खेतको पश्चिमी भेगका विभिन्न गाविसको अनुगमन गर्दा खुलादिसामुक्त घोषणा कार्यान्वयन नभएको पाइएको हो । अनुगमन गरिएका पश्चिमका सालकोट, बाबियाचौर र विद्यापुर गाविसका विभिन्न...

मुलुकका ३३ विमानस्थलमात्र सञ्चालनमा

२०७० पुष १९ गते ६:५८

काठमाण्डु, १९ पुस – मुलुकका विभिन्न भागमा ५४ वटा विमानस्थल भएपनि ३३ वटामा मात्र नियमित उडान भइरहेको पाइएको छ । उनान्चासवटा विमानस्थल सञ्चालनयोग्य भएपनि विविध कारणले उपयोगमा आउन सकेका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाञ्चल विकास क्षेत्रमा १४, मध्यमाञ्चलमा ८, पश्चिमाञ्चलमा ७,...

संविधानसभा बैठक बोलाउन पाउनुपर्ने राष्ट्रपतिको माग

२०७० पुष १९ गते ६:११

काठमाण्डु, १९ पुस – राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम संविधान संशोधन गरी राष्ट्रपतिबाटै संविधानसभाको बैठक आह्वान गर्ने व्यवस्था मिलाउन दलहरुलाई दवाव दिएका छन् । अन्तरिम संविधानमा सरकार प्रमुखले बैठक आह्वान गर्ने उल्लेख भए पनि विश्वमा चल्दै आएको परम्पराअनुसार राष्ट्रप्रमुखको हैसियतमा आफूले नै बैठक आह्वान...

असन्तुष्टलाई कारवाही गर्ने राप्रपा नेपालको तयारी

२०७० पुष १९ गते ५:३१

काठमाण्डु, १९ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टी बिभाजन गर्न खोजेको भन्दै तीनजना केन्द्रीय सदस्यहरुलाई कारवाही गर्ने तयारी गरेको छ । केन्द्रीय सदस्य मोहन श्रेष्ठले पार्टीले दिएको समयसीमा भित्र पनि नफर्किएकाहरुलाई शुक्रबारको केन्द्रीय समिति बैठकले कारवाहीको निर्णय गर्ने जानकारी दिए । ...

भद्रपुर बजारमा आगलागी, लाखौँको क्षति

२०७० पुष १९ गते ४:०७

भद्रपुर, १९ पुस – झापाको भद्रपुरमा शुक्रबार बिहान साढे सात बजेतिर आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ । भद्रपुर बजारका घुसरु हलुवाइको घरमा रहेका बिनाका टेलर्सबाट विद्युत् सर्ट भई सुरु भएको आगोले उनको १० लाख बराबरको सामान र नजिकको घर तथा...

‘भट्टराईले पार्टी फुटाउन ४० प्रतिशत मागे’

२०७० पुष १९ गते ३:४७

काठमाण्डु, १९ पुस– एकीकृत नेकपा माओवादीका नेता गोपाल किराँतीले डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पार्टी फुटाउने उद्देश्यले ४० प्रतिशत सभासद मागेको आरोप लगाएका छन् । पार्टी फुटाउन ४० प्रतिशत सभासद चाहिने भएकाले त्यही आधार बनाउन भट्टराई र श्रेष्ठले त्यत्ति नै भाग खोजेको उनको...

अल्पसङ्ख्यक सन्थाल जातिको प्रतिनिधि संविधानसभामा

२०७० पुष १९ गते ३:४४

दमक, १९ पुस – संविधानसभामा सन्थाल जातिको प्रतिनिधित्व एकजना सभासदले गर्ने मौका पाएका छन् । झापा हल्दीबारी–७ का ३५ वर्षीय मोहन टुडु सन्थाल समुदायको एक मात्र सभासद् बनेका हुन् । एकीकृत नेकपा माओवादीले टुडुलाई अल्पसंख्यकको कोटाबाट समानुपातिक सभासद बनाएको हो । टुडु २०५० सालमा...

तलब बढाउन माग गर्दै विद्यालय बन्द

२०७० पुष १९ गते २:१९

चितवन, १९ पुस–सरकारी सेवा सुविधा सरह तलब बृद्धिको माग गर्दै नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन (नेपाल ईष्टु) चितवनले शुक्रबारदेखि चितवनका सबै संस्थागत विद्यालयहरु अनिश्चितकालीन बन्द आह्वान गरेको छ । विगतमा प्याब्सनसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईष्टुले विद्यालय बन्द आह्वान गरेको हो । ईष्टुको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us