जनकपुरधाम, २० पुस– राजस्व भन्सार गस्ती सुरक्षा गुल्म जलेश्वरले शुक्रबार राति ४३ किलो लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरी नायब उपरीक्षक गगन श्रेष्ठको नेतृत्वमा गएको गस्ती टोलीले महोत्तरी जिल्लाको नैनी गाविस ७ बाट उक्त गाँजा बरामद गरेको हो । चारजना तस्करले चारवटा पोका...
काठमाण्डु, २० पुस– एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले पार्टीको नेतृत्व र नीति असफल भएकोले अब नेतृत्व परिवर्तन गर्नु पर्ने बताएका छन् । रपोटर्स क्लबले गरेको साक्षात्कारमा पौडेलले संविधानसभा निर्वाचनको परिणामले नेतृत्वलाई असफल देखाएकाले अब पार्टी भित्र नेतृत्व परिवर्तनको मुद्दा औपचारिक रुपमै प्रवेश गरेको...
काठमाण्डु, २० पुस– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् । कपनमा भएको कार्यक्रममा नेपालले विद्यालयलाई शान्ति र राजनीतिरहित क्षेत्रमा रुपान्तरण गर्न अन्य दलका नेताहरूसँग परामर्श गर्ने बताए । शैक्षिक प्रतिष्ठानलाई राजनीतिबाट मुक्त पार्न सबै...
काठमाण्डु, २० पुस – नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले अन्तर्राष्ट्रिय प्रचलनअनुसार संविधानसभाको बैठक राष्ट्रपतिले बोलाउनु नै उचित हुने बताएका छन् । बुद्धनगर युथ कमिटीले राजधानीमा आयोजना गरेको ‘बधाई तथा भेटघाट’ कार्यक्रममा बोल्दै सिंहले उच्चस्तरीय राजनीतिक समितिले सुझाव दिएपछि राष्ट्रपतिले संविधानसभा बैठक बोलाउने बताए ।...
पोखरा, २० पुस – गीतकार विनोद गौचनको ५८ वर्षको उमेरमा निधन भएको छ। छाति र पिशाब सम्बन्धी समस्याबाट पीडित उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शनिबार बिहान निधन भएको हो। गौचनको शव पोखराको शिवालयचोकस्थित घरमा राखिएको छ। शनिबार घरमा राखेर आइतबार मात्रै अन्तिम संस्कार गरिने पारिवारीक...
कञ्चनपुर, २० पुस – माइती नेपाल कञ्चनपुरले ११ वर्षको अवधिमा ४३ जनाबिरुद्ध मुद्दा दायर गरेको छ । सन् २००३ बाट कञ्चनपुरलाई कार्यक्षेत्र बनाएको माइती नेपालले २०१३ को अन्त्यसम्म ४३ जनामाथि मानव बेचबिखनबिरुद्ध र जबरजस्ती करणी मुद्दा चलाएको हो । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी...
चितवन, २० पुस – आगामी वर्षका लागि विपद् व्यवस्थापनको नयाँ राष्ट्रिय रणनीति तय गर्न देशभरका रेडक्रसकर्मीहरु चितवनको सौराहामा भेला भएका छन् । तीनदिने भेलामा देशभरका १६० रेडक्रसकर्मीको सहभागिता रहेको छ । आइतबार नयाँ रणनीति तय गर्दै सकिने भेलामा अहिलेसम्म गरेका व्यवस्थापनका कार्य, आइपरेका समस्या,...
वीरगन्ज, २० पुस – प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एकजना भारतीयलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी मुरत शर्मा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सीमावर्ती भारतीय सहर रक्सौलबाट ता“गामा चढेर...
चितवन, २० पुस – पश्चिम चितवनको जगतपुरमा गएराति दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । जगतपुरको बसपार्क नजिकै ग्रामीण सडकमा विपरीत दिशाबाट आइरहेका मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो । ना १५ प...
काठमाण्डु, २० पुस – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा. बाबुराम भट्टराईबीच शनिबार बिहान छलफल भएको छ । अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफलमा समानुपातिक सभासद चयनपछि देखिएको अशन्तुष्टिको सम्बोधन र विवाद समाधानका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । पार्टी अध्यक्षले...
काठमाण्डु, २० पुस – संविधानसभाको बैठक कसले आह्वान गर्ने भन्ने विषयको टुंगो लगाउन दलहरुले छलफलको तयारी गरेका छन् । अन्तरिम संविधानमा सरकार प्रमुखले संविधानसभाको बैठक आह्वान गर्ने व्यवस्था भएपनि अन्तराष्ट्रिय मान्यता राष्ट्रप्रमुखले आह्वान गर्नुपर्ने भएकाले दलहरुले छलफलबाटै यस विषयको टुंगो लगाउने तयारी गरेका हुन्...
कञ्चनपुर, २० पुस – महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा सञ्चालन हँुदै आएको एक्सरे सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । एक महिनादेखि एक्सरे मेसिन बिग्रिएपछि सेवा बन्द भएको हो । तालिम प्राप्त जनशक्तिको अभावमा अस्पतालका चिकित्सकहरूले नै एक्सरे मेसिन सञ्चालन गर्दै आएको भए पनि...