समाचार

लगातार हिमपातका कारण जनजीवन कष्टकर

२०७१ फागुन १८ गते ८:२९

हुम्ला,१८ फागुन– आइतबारदेखि हुम्लामा लगातार हिउँ परिरहेको छ । हिउँ जमेर सोमबार करिब चार फिट भएको छ । हिउँ परेर असाध्यै चिसोि बढेपछि जिल्लाका अधिकांश कार्यालयमा सेवाग्राहीहरु पुगेका छैनन् । उत्तरी भेगमा पर्ने लिमेलगायत तिब्बतसँग सीमा जोडिएका गाविसका जनता सदरमुकाम आउनसकेका छैनन् । स्थानीय...

भाडा नघटाउने यातायात व्यवसायीमाथि कारबाही गर्ने सरकारको तयारी

२०७१ फागुन १८ गते ८:२२

काठमाण्डु,१८ फागुन– सरकारले सार्वजनिक सवारी साधनमा भाडा घटाएको तेस्रो साता बित्दा पनि व्यवसायीले त्यसलाई कार्यान्वयनमा नल्याएपछि यातायात व्यवस्था विभाग कानुनअनुसार कारबाहीको प्रक्रियामा अघि बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले माघ २६ गते २।०३ प्रतिशत भाडा घटाएको थियो । व्यवसायीले अहिलेसम्म त्यसअनुरुपको भाडा...

स्वाइन फ्लु सङ्क्रमणप्रति उच्च सतर्कता अप्नाउदै सरकार

२०७१ फागुन १८ गते ८:१२

काठमाण्डु,१८ फागुन– स्वाइन फ्लुको सङ्क्रमणका कारण राजधानीमा एक महिलाको निधन भएपछि सरकारले उच्च सतर्कता अप्नाउने भएको छ । सोही सिलसिलमा सोमबार स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वाइन फ्लुको सङ्क्रमण भएका बिरामीको प्रभावकारी उपचार गर्न र प्रगति विवरणबारे आफूलाई दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् ।...

प्रचण्डदेखि विप्लव र खुमबहादुरदेखि सिके राउतसम्म परे सुरक्षा चुनौतीको सूचीमा

२०७१ फागुन १८ गते ८:००

काठमाण्डु, १८ फागुन– गृहमन्त्री वामदेव गौतमले संसदको राज्य व्यवस्था समितिको बैठकमा लिखितरुपमा सुरक्षा चुनौती र समस्या पेश गरेका छन्।   उनले पेश गरेको सुरक्षा चुनौतीको सूचीमा एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका पुष्प कमल दाहाल ‘प्रचण्ड’, मधेसी दलका नेता, नेकपा माओवादीका विप्लव, नेकपा–माओवादीका वैद्य, सनातन...

दलहरुबीच सहमति भए तीन महिनामै संविधानः रिजाल

२०७१ फागुन १८ गते ७:३८

विराटनगर,१८ फागुन– सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले राजनीतिक दलहरुबीचमा सहमति भएमा तीन महिनामै संविधान जारी गर्न सकिने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै मन्त्री रिजालले सो कुरा बताएका हुन् । मन्त्री रिजालले दलहरुबीच सहमति भए जेठ १५ गतेसम्ममा संविधान जारी...

कलम थापाले भने,‘सर्वदलीय बैठक बोलाऊ’

२०७१ फागुन १८ गते ७:२९

विराटनगर,१८ फागुन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभामा रहेका दलहरुबीच सर्वदलीय बैठक आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले विधि,प्रक्रियालाई स्थगित गरी सर्वदलीय बैठकबाट प्राप्त सुझावका आधारमा संविधान निर्माणका लागि नयाँ कार्यतालिका बनाएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।...

सरकार मधेसलाई पुलिसको बलमा चलाउन खोजेको छ : अमरेश

२०७१ फागुन १८ गते ७:२९

काठमाण्डु, १८ फागुन–कांग्रेसका प्रभावशाली नेता तथा सभासद अमरेशकुमार सिंहले सरकारले मधेसलाई लाठीको भरमा चलाउन खोजेको आरोप लगाएका छन् । सरकार मधेसलाई पुलिस प्रशासनको आडमा लाठी र बन्दुकले चलाउन खोजेको उनको आरोप थियो । सोमाबर संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सभासद् सिंहले भारतले जम्मू...

मौनाघाटमा जिप दुर्घटना, नौ घाइते

२०७१ फागुन १८ गते ७:२०

परासी,१८ फागुन– नवलपरासीको पहाडी गाविस मौनाघाटमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । जिल्लाको अरुणखोलाबाट हुप्सीकोटतर्फ जाँदै गरेको लु१ज २१३४ नम्बरको जिप वर्षाका कारण गएराति अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा सो दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटना गएराति भएको...

विस्थापित माझी परिवार अस्थाई टहरामा बस्न बाध्य

२०७१ फागुन १८ गते ७:१३

बागलुङ,१८ फागुन– सडकले विस्थापित बनेका सीमान्तकृत माझी समुदाय कष्टकर जीवन बिताउन बाध्य छन् । बागलुङ–पोखरा सडक खन्ने क्रममा २०४६ सालमा थातथलो गुमाएका माझीहरु अस्थायी घर–टहरामा दैनिकी गुजार्न बाध्य भएका हुन् । बागलुङ नगरपालिकाले दशकअघि माझी समुदायलाई व्यवस्थापन गर्न बनाएको कार्यक्रम नै अलपत्र परेको छ...

जलवायु परिवर्तनको संकट समाधानका लागि खाद्यान्न सहकारी

२०७१ फागुन १८ गते ७:०४

धनगढी,१८ फागुन– जलवायु परिवर्तनबाट जोखिममा रहेका परिवारलाई जोगाउन कैलाली जिल्लामा खाद्यान्न सहकारी स्थापना गरिएको छ । जिल्लास्थित मध्यक्षेत्रमा रहेको साविक भजनी गाविस र लालबोझी गाविसमा खाद्यान्न सहकारी स्थापना गरिएको हो । सहकारी स्थापनाले जलवायु परिवर्तनबाट उत्पन्न हुने खाद्यान्न सङ्कटको समस्या समाधानमा टेवा पुग्ने जलवायु...

एमाले बैठक आज पनि, कार्यविभाजन महाभारत

२०७१ फागुन १८ गते ६:२४

  काठमाण्डु, १८– एमाले स्थायी समितिको बैठक पछिल्लो समयमा दिनहुँ जस्तै बस्दै आएको छ । प्रत्येक बैठकमा नेताहरुको कार्यविभाजनको एजेण्डा प्रस्तुत भईरहेको छ । तर, जति प्रयास गर्दा पनि नेताहरुको कार्यविभाजन महाभारत बन्दै गएको छ । मनोनित बैकल्पिक सदस्यहरुको मनोनयन र कार्यविभाजनकै एजेण्डामा छलफल...

स्वाइन फ्लु सन्त्रासले अनिश्चितकालका लागि विद्यालय बन्द

२०७१ फागुन १८ गते ६:१५

गोरखा, १८ फागुन– एकपछि अर्को विद्यार्थी छटपटाएर ढल्न थालेपछि गोरखाको बिरेञ्चोकमा रहेको रत्नराज्य उमाविको पठनपाठन बन्द गरिएको छ । आइतबार बिहान १० बजे प्रार्थना सभा सकेर कक्षा कोठाभित्र पढ्न पुगेका छात्रछात्रा छट्पटाएर ढलेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थीको गोरखा जिल्ला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us