समाचार

चितवनमा स्वाइन फ्लु संक्रमितको संख्या ६ पुग्यो

२०७१ फागुन १८ गते १०:४८

चितवन,१८ फागुन– चितवनस्थित भरतपुर अस्पतालमा परीक्षण गराइरहेका थप दुईजनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । दुई दिनअघि १४ जना बिरामीको नमुना परीक्षणका लागि काठमाण्डु पठाइएकामा थप दुईजनामा स्वाइन फ्लुको सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले सोमबार जानकारी दिएको हो । योसँगै अहिलेसम्म...

दोषीमाथि तुरुन्त कारबाही गरः अन्तरपार्टी महिला सञ्जाल

२०७१ फागुन १८ गते १०:२७

काठमाण्डु,१८ फागुन– राजधानीको बसन्तपुरस्थित ट्युसन सेन्टरमा प्रवेशिका परीक्षाको तयारीमा जुटिरहेका छात्रा सीमा बस्नेत र सङ्गीता मगरमाथि एसिड आक्रमण भएको एकहप्ता भइसक्दा पनि अपराधी पक्राउ नपरेको घटनाप्रति अन्तर पार्टी महिला सञ्जालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणको घोर...

करेन्ट लागेका युवाको बाटोमै निधन

२०७१ फागुन १८ गते १०:१९

बनेपा,१८ फागुन– काभ्रेपलाञ्चोक जिल्लामा सोमबार एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको च्यासिङखर्क–१ निवासी २७ वर्षीय फुलमान तामाङको करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै...

कुनै सञ्चारकर्मीलाई मुद्दा दायर गरिएको छैनः अख्तियार

२०७१ फागुन १८ गते १०:१०

काठमाण्डु,१८ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनैपनि सञ्चारकर्मीलाई मुद्दा दायर गर्न निर्देशन नदिएको सोमबार एक विज्ञप्ति प्रकाशित गरी स्पष्ट पारेको छ । आयोगले सञ्चारकर्मी र पत्रकारिता क्षेत्रलाई सधैँ सम्मान गरेको र बाँके जिल्लामा घुससहित एकजना प्रहरी नायब निरीक्षक सुमन खरेल सेवाग्राहीसँग घुस लिँदालिँदै थलोमा...

मैनाली र सुब्बालाई एमालेले सपथ खुवाउँदै

२०७१ फागुन १८ गते १०:१०

काठमाण्डु, १८ फागुन–एमालेले स्थायी समिति को आइतवारको बैठकबाट केन्द्रिय कमिटीमा मनोनित भएका नेताद्धय राधाकृष्ण मैनाली र बिजय सुब्बालाई सोमवार दिउँसो ४ बजे सपथ खुवाउँदै छ । सोमवारै बसेको सचिवालय बैठकको निर्णय अनुसार सपथ खुवाउन लागिएको एमालेले जनाएको छ । अध्यक्ष केपी ओलीले उनीहरुलाई पार्टी...

श्रीमानले काट्दै गरेको रुख ढल्दा श्रीमतीको मृत्यु

२०७१ फागुन १८ गते १०:०२

झापा,१८ फागुन– झापाको शान्तिनगरमा रुखले किचेर सोमबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर–१ निवासी ६५ वर्षीया रुपमणि चापागार्इं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई घरनजिकै आफ्नै श्रीमान् देवीप्रसाद चापागार्इंले काट्दै गरेको रुख ढलेर किचेको बताइएको छ । रुखले किचेर...

स्वास्थ्यमन्त्री भन्छन्, ‘स्वाइन फ्लुका लागि डेढ महिना पुग्ने औषधि छ’

२०७१ फागुन १८ गते ९:५०

काठमाण्डु, १८ फागुन– स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले स्वाईन फ्लुको उपचारको लागि डेढ महिनालाई पुग्ने औषधी स्टोकमा रहेको बताए छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘अहिले हामीसँग साढे सात हजार ट्याब्लेट छ, केही दिनमै १० हजार पुग्छ ।...

स्वाइन फ्लुको निगारानीका लागि हेल्थ डेस्क राखिदै

२०७१ फागुन १८ गते ९:३३

लहान,१८ फागुन– छिमेकी मुलुक भारतमा महामारी झै स्वाइन फ्लु फैलिन थालेपछि भारतीय नाकासँग जोडिएको सिरहाको विभिन्न तीन स्थानमा हेल्थ डेस्क स्थापना गर्न लागिएको छ । स्वाइन फ्लुका लक्षण,फैलिने तरिका,त्यसबाट हुने क्षति र जोगिने विधिबारे जनचेतनामूलक लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले...

जाजरकोट–डोल्पा सडक खण्डको ९२ किमी सडक निर्माण पूरा

२०७१ फागुन १८ गते ९:१२

जाजरकोट,१८ फागुन– जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गतको सडक निर्माण कार्यमा उल्लेख्य प्रगति भएको जनाइएको छ । सो सडक खण्ड अन्तर्गत ९२ किलोमिटर बाटो समेत खोलिसकिएको निर्माण पक्षले बताएको छ । कुल ११७ किलोमिटर लम्बाइमध्ये ९२ किलोमिटरमा बाटो खोलिएको निर्माण कार्यदलका प्रमुख इन्जिनियर विश्वबन्धु पहाडीले जानकारी दिए...

लगातार वर्षाका कारण यातायात सेवा अवरुद्ध

२०७१ फागुन १८ गते ८:५४

खोटाङ,१८ फागुन– आइतबारदेखि लगातार रुपमा भएको वर्षाका कारण खोटाङमा यातायात सेवा अवरुद्ध भएको छ । लगातार परेको वर्षाका कारण दिक्तेल–हलेसी,दिक्तेल–फोक्सिङटार,दिक्तेल–जालपा,दिक्तेल–लामीडाँडा,दिक्तेल–पाथेकालगायतका सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको हो । वर्षाको पानीले कच्ची सडक हिलाम्मे बनेपछि र सवारीसाधन सडकमै भासिन थालेपछि यातायात सेवा अवरुद्ध भएको यातायात व्यवसायी...

दिउँसै एसिड हान्नेलाई समाउन नसकेकोे भन्दै आलोचना

२०७१ फागुन १८ गते ८:५४

गृहमन्त्री भन्छन्, ‘पीडितले सहयोग गरेनन्’ काठमाण्डु, १८ फागुन– काठमाण्डुको बसन्तपुरमा ट्युसन पढ्दै गरेका छात्रामाथि भएको एसिड आक्रमणको घटनाका बारेमा गृहमन्त्री वामदेव गौतम तथा सुरक्षा प्रमुखसँग सोधपुछ गरिएको छ । संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठकमा उपस्थित गौतमले एसिड आक्रमणको घटनामा संलग्नलाई छिट्टै कारवाही...

विस्थापित हुँदै बलात्कृत किशोरीको परिवार

२०७१ फागुन १८ गते ८:३८

बनेपा,१८ फागुन– काभ्रेपलाञ्चोकको पाँचखालमा बलात्कृत एक किशोरीको परिवार गाउँबाट विस्थापित हुँदैछ । पीडितका परिवारले खास कारण नखोले पनि छोरीलाई भारतको देहरादुन पढाउने र आफूहरु चितवनको टाँडीमा बसाइँसराइ गर्न लागेको जनाएको छ । सो परिवारले पाँचखालमा रहेको आधा रोपनी जग्गा र सोही जग्गामा बनेको घर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us