गौशाला,१९ फागुन– महोत्तरीमा दुर्लभ वन्यजन्तुको रुपमा रहेका ६० भन्दा बढी निलगाई फेला परेका छन् । जिल्लाको दक्षिण पश्चिम सिमा नाकामा अवस्थित इटहर्वाकट्टि र मनरा गाविसमा एक्कैसाथ ती गाई फेला परेका हुन् । एक्कासी देखापरेका ती वन्यजन्तु ठूलो सानो विभिन्न आकारका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा...
काठमाण्डु, १९ फागुन– प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति सुशील कोइराला र प्रमुख प्रतिपक्ष दल एमाओवादीका अध्यक्ष प्रचण्ड आज एउटै मञ्चमा प्रस्तुत हुँदैछन् । चितवनको शिवनगरस्थित नारायणी उच्च माविको स्वर्ण महोत्सवमा सहभागी हुन प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्ड एउटै मञ्चमा उपस्थित हुन लागेका...
सलिम अन्सारी/दाङ, १९ फागुन– दाङको भालुवाङ्ग–प्यूठान सडक खण्डको लालमटिया—३ बगासोतीमा रहेको शिव मन्दिरमा केही दिन पहिले फेला परेको नाग हेर्न आउनेको भिड बढ्न थालेको छ । गत फागुन ५ गते शिवरात्रीका दिन एकाएक करिब बिहान ८ बजे मन्दिर छेउमा नाग फेला परेको थियो ।...
काठमाण्डु, १९ फागुन– उपप्रधान मन्त्री एवं एमाले उपाध्यक्ष वामदेव गौतमले मुख्य प्रतिद्वन्द्वी दलहरु एउटै सरकारमा बस्ने काम गठन र उपयुक्त नभएको बताएका छन् । एमालेको मुखपत्र ‘नवयुग’मा एकवर्षे सत्ता सहयात्राको विस्तृत समीक्षा गर्ने क्रममा गृहमन्त्री गौतमले कांग्रेसँगको सत्तायात्रा अत्यन्तै कष्टकर रहेको र प्रधानमन्त्री सुशील...
काठमाण्डु, १९ फागुन– अनुसन्धान सम्बन्धि विश्वविद्यालयस्तरीय दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपालको त्रिभुवन विश्व विद्यालय र इटालीको पोदोभा विश्व विद्यालयले काठमाण्डुमा आयोजना गरेको ‘नेपाल–इटाली संयुक्त अनुसन्धान विगत, वर्तमान र भविष्य’ विषयको सम्मेलन सम्पन्न गरेका हुन् । परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले उद्घाटन...
इलाम, १९ फागुन–उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सकेसम्म पर्ण सहमतिमा नभए अधिकतम सहमतिमा संविधान जारी गर्ने बताएका छन् । नेपाली काँग्रेस इलामद्वारा मंगलबार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सिंहले आन्दोलन छाडेर वार्ताको माध्यमबाट समस्याको समाधान गर्न विपक्षी दलहरुलाई आग्रह गरे ।...
काठमाण्डु, १९ फागुन– तीन दिनसम्म लगातार परेको वर्षात रोकिएसँगै मुलुकको मौसममा सुधार देखिएको छ । मध्याह्नपछि देशको मध्य तथा पूर्वी भागमा घाम लाग्ने र दिउँसोबाट पश्चिम क्षेत्रको मौसममा समेत क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार न्यूनचापीय प्रणाली...
चितवन, १९ फागुन– चितवनको भरतपुरमा बसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । धरानबाट काठमाण्डुतर्फ आउँदै गरेको ना ५ ख २७० नम्बरको बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो । अन्दाजी ७५ वर्षका मृतकको पहिचान खुल्न सकेको छैन । वृद्धलाई भरतपुर उपमहानगरपालिका-१० विशालचोकमा...
काठमाण्डु, १९ फागुन– संविधान निर्माण, विपक्षी मोर्चाको आन्दोलनलगायत विषयमा छलफल गर्न सत्तारुढ काँग्रेस र एमालेका शीर्ष नेताको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेपछि बस्ने एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए । एमालेले सरकारको नेतृत्व गरेको काँग्रेस संविधान निर्माणमा गम्भीर...
चरिकोट, १९ फागुन – माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विस्थापित लामाबगर गाविस–४ का नौ परिवारले घर पाएका छन् । स्थानीय आफैँले बनाएको घरलाई आयोजनाले प्राविधिक मूल्याङ्कन गरी रकम भुक्तानी गरेको हो । स्थानीय दुई परिवारले पुरानै स्थानमा घर निर्माण गरेका छन् । आयोजनाले आफूलाई...
इटहरी, १९ फागुन – सुनसरीको सुन्दरदुलारी नगरपालिकाले आर्थिक वर्ष २०७२-७३ का लागि रु छ करोड सात लाखको बजेट पारित गर्दै नगरपालिकाभित्रको भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । सोमबार आयोजित कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले बजेट सार्वजनिक गरे। भर्खरै नगरपालिका घोषणा भएको...
रौतहट, १९ फागुन – रौतहट जिल्लामा बालविवाह न्यूनीकरण अझै चुनौतीपूर्ण रहेको पाइएको छ । बालअधिकारको क्षेत्रमा क्रियाशील सामाजिक सङ्घसंस्थाले रौतहटमा बालविवाहविरुद्ध विभिन्न कायक्रम गर्दै आए पनि बालविवाह भने रोकिएको छैन । एकसय जनाको विवाह हुँदा रौतहमा ३९ प्रतिशत बालविवाह हुने गरेको एक तथ्याङ्कले...