समाचार

दलहरुलाई के भने राष्ट्रपतिले चियापानमा ?

२०७० पुष २३ गते १२:४७

काठमाण्डु, २३ पुस – राष्ट्रपति डा. रामवरण यादवले एक वर्ष भित्रै संविधान जारी गर्ने भनेर जनतासामू व्यक्त प्रतिबद्धता पूरा गर्न दलहरूलाई आग्रह गरेका छन्। मंगलबार शीतल निवासमा आयोजित चियापान कार्यक्रममा लिखित संवोधन गर्दै उनले एक वर्षभित्र संविधान निर्माण र ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन...

प्रहरी नै लागू औषध कारोबारी !

२०७० पुष २३ गते १२:२९

काठमाण्डु, २३ पुस- चितवनमा लागू औषधको कारोबारमा संलग्न एक प्रहरी जवान सहित आठ जना पक्राउ परेका छन् । धनुषाको इटरुवा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान दिवाकर राई सहित आठ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । प्रहरी जवान राईलाई पुस २० गते भरतपुरको क्याम्पाचौरबाट...

संविधानसभा बैठक आव्हान सबन्धी मुद्दा विशेष इजलासमा

२०७० पुष २३ गते ११:४५

काठमाण्डु, २३ पुस – मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले नै संविधानसभा बैठक आहृवान गर्नु पर्ने माग गर्दै दायर रिट सर्वोच्च अदालतले विशेष इजलासमा पठाएको छ । यस्तै अन्तरिम आदेश जारी किन नगर्ने भन्दै २९ गतेभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ ओदश जारी...

स्वाइन फ्लूका कारण योजना आयोगका सहसचिवको मृत्यु

२०७० पुष २३ गते ११:०३

काठमाण्डु, २३ पुस – राष्ट्रिय योजना आयोगका सह–सचिव भवकृष्ण भट्टराईको स्वाइन फ्लूका कारण मृत्यु भएको छ । अमेरिका भ्रमणका क्रममा विरामी परेका भट्टराईको नर्भिक अस्पताल काठमाण्डुमा उपचारका क्रममा मृत्यु भएको हो। स्वास्थमा थप समस्या आएपछि अमेरिकाबाट फर्किए लगतै उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो...

श्रीमानलाई मारेर तरुल खनेको खाल्टोमा पुरेपछि

२०७० पुष २३ गते १०:२२

काठमाण्डु, २३ पुस – पतिलाई मारेर खाल्टोमा पुर्ने काठमाण्डु मातातीर्थकी पूर्णलक्ष्मी तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान शाखा हनुमानढोकाले मंगलबार पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न स्थानीय विशाल तामाङलाई समेत पक्राउ गरेको जनाएको छ । अभियुक्तद्वयले मातातीर्थ गाविस...

दुर्घटनामा विद्यार्थीको मृत्यु

२०७० पुष २३ गते १०:१९

जनकपुरधाम, २३ पुस– जनकपुर नगरपालिका वडा नं १५ कुवा रामपुरमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । ज १ त ४७५५ नम्बरको ट्याक्टरमा माटो ढुवानी गरिरहेको अवस्थामा ट्याक्टरको टेलर पल्टिँदा १४ वर्षीय शशिलाल दासको माटोले पुरिएर मृत्यु भएको हो । सोही दुर्घटनामा...

८ किलोको ट्युमर निकालियो

२०७० पुष २३ गते १०:१४

दाङ, २३ पुस– गोर्खा सामुदायिक अस्पताल घोराहीमा एक महिलाको पाठेघरबाट आठ किलोको ट्युमर निकालिएको छ । रोल्पा–१ डुब्रिङकी सुन्तली पुनको पाठेघरको ओभरीमा रहेको ट्युमर शल्यक्रिया गरेर फालिएको अस्पतालले जनाएको छ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा कार्यरत सर्जन डा जनार्दन पन्थीको नेतृत्वको नौ जना चिकित्सकको...

होटलबाट कमलरी बालिकाको उद्दार

२०७० पुष २३ गते ९:१४

कञ्चनपुर, २३ पुस– सदरमुकाम महेन्द्रनगरमा रहेको बरुण होटेलबाट मंगलबार कमलरीका रुपमा कार्यरत एक १२ वर्षीया बालिकाको उद्दार गरिएको छ । कमलरीको क्षेत्रमा क्रियाशील संस्था एनएनएसडब्लुएको पहलमा दैजीकी रविना रानाको उद्दार गरिएको हो । उद्धार गरिएकी बालिका सात महिनादेखि होटेल सञ्चालकको घरमा घरेलु कामदारका रुपमा...

असई लामिछानेविरुद्ध विशेष अदालतमा मुद्दा

२०७० पुष २३ गते ८:११

काठमाण्डु, २३ पुस – महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक अन्जु लामिछाने विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । बढुवा प्रयोजन र लाभ तथा सुविधा लिने उद्देश्यले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी भ्रष्टाचारजन्य कसुर गरेकोले लामिछानेविरुद्ध आरोपत्र...

७९ वर्षको उमेरमा नागरिकता

२०७० पुष २३ गते ८:०५

जाजरकोट, २३ पुस – जाजरकोट नायकवाडा गाउँ विकास समिति वडा नं ३ का ७९ वर्षीय मैदन बोहराले मंगलबार नागरिकता पाएका छन् । उनले छोरा देवराज बोहराको पहलमा ७९ वर्षको उमेरमा नागरिकता पाएका हुन् । बुढ्यौली उमेरले लथ्रक्क थला परेका बहोरा यो अवस्थामा नागकिता पाएपछि...

जाडोले कैदी बन्दीको बिजोग

२०७० पुष २३ गते ८:००

बर्दिवास, २३ पुस – जलेश्वरस्थित महोत्तरी कारागारमा बढ्दो जाडोले कैदी थुनुवाको बिजोग भएको छ । खचाखच भरिएको कारागारमा बस्ने, खाने र  सुत्ने ठाउँको अभावसँगै लुगासमेत नहुँदा मुटु कमाउने जाडोमा कैदी थुनुवाको बिजोग भएको हो । जम्मा १३५ जना कैदी थुनुवा राख्ने क्षमताको कारागारमा अहिले...

आफैँले गोली हानी आक्रमणको नाटक गर्ने पक्राउ

२०७० पुष २३ गते ६:५३

सुर्खेत, २३ पुस – आफूले आफैँलाई गोली हानी आपराधिक समूहको आक्रमणमा परेको नाटक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजना ऐनअनुसार मुद्दा चलाएको छ । आफ्नै पाखुरामा पेस्तोलले गोली हानेर आक्रमणको नाटक गर्ने लाटिकोइली–९ बस्ने भुपेन्द्र विसीलाई प्रहरीले पक्राउ गरेको हो । उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us