दरवार् र दलबीच भएको सहमति ईमान्दारितापूर्वक पालना गरः कमल थापा

काठमाण्डु टुडे २०७१ फागुन १९ गते १०:४२ मा प्रकाशित

काठमाण्डु, १९ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते निकालेको विज्ञप्ति स्वभाविक भएको भन्दै त्यो बेला दरवार र दलहरुबीच भएको सहमति ईमान्दारितापूर्वक पालना गरिए मुलुकले निकास पाउने दावी गरेका छन् ।

Kamal-Thapa
उनले दरवार र दलहरुवीच छलफल भएर आन्दोलन बैशाख ११ गते सम्झौतामा टुङगिएको दावी गर्दै राजाले त्यसबेला गरेको शाही घोषणा नै गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा मस्यौदा भएको बताए ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सरकार परिवर्तनको एजेण्डा आफ्नो पार्टीको नभएको भन्दै अहिलेसम्म आफूहरुलाई कसैले सरकार ढाल्न र बनाउने खेलमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन् ।

साक्षात्कारमा थापाले पुसभित्रै आब्हान हुनु पर्ने ब्यवस्थापिका संसदको हिउँदे अधिवेशन अहिलेसम्म बोलाउन सुरसार नदेखाएको भन्दै तत्काल अधिवेशन बोलाउन माग गरे ।
उनले भने, ‘देशमा राष्ट्रियता, प्रजातन्त्र, जनजिविकाको सवाल र शान्ति सुरक्षाको मुद्दा प्रमुख बनेका छन । यस विषयमा संसदमा छलफल गर्न आवश्यक छ । कैयौ विधेयकहरु अलपत्र भएर बसेका छन । त्यसैले सरकारले तुरुन्तै अधिवेशन आब्हान गर्नु पर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us